२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

मेलिना राई तथा प्रशान्त पौडेलको स्वरमा प्रशान्तले ल्याए पियारी (भिडियो सहित)

बुधवार , बैशाख ११, २०७६

नेपाली आधुनिक गायनको क्षेत्रमा एकछत्र रुपमा राज गर्न सफल गायिका मेलिना राई र गायक, सर्जक तथा संगीतकार प्रशान्त पौडेलको आवाजमा सजिएको ‘पियारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीतमा माया प्रेमको भावलाई गीतमा समेटिएको छ । गीतमा विदेशिएका नेपाली युवा युवतीको प्रेम विछोडको दुःख भावलाई झल्काउन खोजिएको छ । टाढा हुँदा या भनौं एक अर्काबाट टाढा हुँदा कस्तो पीडा हुन्छ भन्ने कुरालाई गीतमा सरल तथा मिठास भावमा शब्दमाला गाँसिएको गायक प्रशान्त पौडेलले बताए । विशाल निरौलाको एरेन्ज रहेको गीतमा अजय रेग्मीको छायाँकन, प्रविण भट्टको सम्पादन तथा प्रविण भट्ट र प्रशान्त पौडेलको निर्देशनमा भिडियो तयार गरिएको हो । ‘पियारी’ गीतको भिडियोमा सुमन खतिवडा र शिल्पा पोखरेलको दमदार अभिनय रहेको छ ।  BP Films Nepal को पोष्ट प्रोडक्सन रहेको गीतलाई गोरेटो इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो । यस गीतलाई गोरेटो इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।   भिडियो हेर्नुहोसः https://www.youtube.com/watch?v=dhbvBcKNbJ0