२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

मनसुन क्रियसनको प्रस्तुतीमा डान्सिङ गीत ‘पिरतीको बन्धन’ सार्वजनिक

शनिवार , बैशाख २८, २०७६

मनसुन क्रियसनले पछिल्लो पटक बजारमा ‘पिरतीको बन्धन’ बोलको लोक पप गीत बजारमा ल्याएको छ । सागर कुमालको शब्द रहेको उक्त गीतमा उदयमान गायक तथा संगीतकार रिजन थापा मगरले संगीत भरेका छन् । यम थापा मगरको एरेन्ज रहेको गीतलाई कृष्ण कुमाल र श्रेया नेपालले सुमधुर आवाज दिएका छन् । एकपछि अर्को धमाकेदार गीत पस्कने क्रममा मनसुन क्रियसनले आफ्नै प्रस्तुतीमा उक्त गीत बजारमा ल्याएको हो । रेकर्डिस्ट सुमन रानाले रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ गरेका छन् भने यो गीतलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियो तर्फ स्मृति बस्नेत तथा विनोद कुमालको धमाकेदार अभिनय रहेको डान्सिङ गीतलाई बासु बरालले छायाँकन गरेका छन् भने मिन रावलले सम्पादन गरेका छन् । यस भिडियोलाई चर्चित कोरियोग्राफर काजिस श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका हुन् । भिडियो हेर्नुसः https://www.youtube.com/watch?v=XzDLijhn_RY&fbclid=IwAR0BymMx16uAs7scmLIGhGyW9IgvDqN_h-QEFDEZl2yyt0ZmT2HK7GE6cRc