२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

आज ११४ जना कोरोना संक्रमित थपिए संगै,नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

बुधवार , जेठ १४, २०७७

१४ जेठ,काठमाडौं । आज ११४ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् । बुधबारसम्म एक सय ८३ जना निको भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाकै कारण चार जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ७९६ जना पुरुष छन् भने ९० जना महिला रहेका छन् ।