२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

मंगलवार , जेठ २७, २०७७

२७ जेठ,काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या चार हजार ८५ पुगेको हो। मंगलबार दुई सय ९२ पुरुष र ३१ महिला महिलामा कोरोना पुष्टि भएको हो। कोरोनाका कारण नेपालमा १४ जनाको मृत्यु भइसकेको छ। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्।