२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

एकै दिन ५३८ जनामा कोरोना पुष्टी,संक्रमितको संख्या १० हजार नाघ्‍यो

मंगलवार , आषाढ ९, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ५३८ जनामा संक्र मण पुष्टि भएसँगै संक्रमितको १० हजार नाघेको हो। कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८६ हजार तीन सय ६६ र आरडीटी विधिबाट दुई लाख ७१ हजार ५ सय ८४ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना छन् । त्यसैगरी सात हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइाखेको छ । कोरोना जित्नेको संख्या भने दुई हजार २ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।