२०८३, कार्तिक ४ गते

२०८३, कार्तिक ४ गते

काठमाडौं उपत्यकामा २३२ जनासहित देशैभरी ८५५ जना कोरोना संक्रमित

मंगलवार , भाद्र ९, २०७७

९ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २३२ जनासहित देशैभरी ८५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ५, मोरङमा ४३, सुनसरीमा १६, सोलुखुम्बुमा २ जना संक्रमित थपिएका हुन् । प्रदेश २ को धनुषामा ४२, पर्सामा ४, बारामा १७, महोत्तरीमा १७, रौतहटमा ४४, सप्तरीमा ३, सर्लाहीमा ५८ र सिराहामा ३ जना संक्रमित थपिएका छन् । बागमती प्रदेशको काठमाडौंमा १९९, काभ्रेमा ५, चितवनमा ३७, दोलखामा ३, धादिङमा ८, भक्तपुरमा १४, नुवाकोटमा १, मकवानपुरमा २, रामेछापमा १, ललितपुरमा १९ र सिन्धुपाल्चोकमा २ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशको कास्कीमा १३, गोर्खामा २, तनहुँमा ६, नवलपरासीपूर्वमा ४, पर्वतमा २, लम्जुङमा १ र बाग्लुङमा १ जना संक्रमित थपिएका छन् । त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा २३, गुल्मीमा २, दाङमा १८, नवलपरासीमा ८, पाल्पामा ४, प्युठानमा ४, बर्दियामा ६, बाँकेमा १५, रुपन्देहीमा ६९ र रोल्पामा ३ जनामा संक्रमण पु्ष्टि भएको छ । कर्णाली प्रदेशको जुम्लामा कालिकोटा ५, जुम्लामा १, दैलेखमका ४, मुगुमा १, सल्यानमा ४ र सुर्खेतमा ५ जना संक्रमित थपिएका हुन् । सुदूरपश्चिम प्रदेशको अछाममा १९, कन्चनपुरमा १२, कैलालीमा १६ र डडेल्धुरामा २, डोटीमा ४५, बझाङमा ९ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी ८५५ जना संक्रमित थपिएका छन् । उनीहरुमा २७१ महिला र ५८४ पुरुष रहेका छन् । आज थपिएका जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । आज काठमाडौं उपत्यकाका २२४ सहित ७४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२,६३८ पुग्यो