२०८३, कार्तिक ४ गते

२०८३, कार्तिक ४ गते

उपत्यकामा ४८१ सहित १०६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०,५२९ पुग्यो

मंगलवार , भाद्र १६, २०७७

१६ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४८१ जनासहित देशैभरी १०६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा २, झापामा १४, पाँचथरमा १, मोरङमा १२ र सुनसरीमा ५६ जना संक्रमित थपिएका हुन् । प्रदेश २ को धनुषामा १, पर्सामा २, बारामा ११, रौतहटमा ५, महोत्तरीमा २, सप्तरीमा १ र सर्लाहीमा १९ जना संक्रमित थपिएका छन् । बागमती प्रदेशको काठमाडौंमा ३९३, काभ्रेपलान्चोकमा ८, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, नुवाकोटमा २, भक्तपुरमा ३०, मकवानपुरमा ६, रसुवामा १ रामेछापमा २, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ६ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशको कास्कीमा ४, गोखरामा ८, तनहुँमा ५, नवलपरासीपूर्वमा १५, पर्वतमा १ र लमजुङमा ३२, जना संक्रमित थपिएका छन् । त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ७, गुल्मीमा १३, दाङमा १३, नवलपरासीमा ४, पाल्पामा १, प्युठानमा १, बर्दियामा ७, बाँकेमा ३३, रुकुमपुर्वमा १ र रुपन्देहीमा ९१ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको जुम्लामा २, दैलेखमा २, सल्यानमा १ र सुर्खेतमा १ जना संक्रमित थपिएका हुन् । सुदूरपश्चिम प्रदेशको अछाममा १३, कन्चनपुरमा ४, कैलालीमा २०, डडेल्धुरामा २, डोटीमा २४, बझाङमा ४० र बैतडीमा १२ जना संक्रमित थपिएसँगै आज देशैभरी १०६९ जना संक्रमित थपिएका छन् । जसमा महिला ३४४ महिला र पुरुष ७२५ जना रहेका छन् । आज थपिएका १०६९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।