२०८३, कार्तिक ४ गते

२०८३, कार्तिक ४ गते

पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

शुक्रवार , भाद्र १९, २०७७

१९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना भाइरसको संक्रमणबाट आज १४ जनाको मृ’त्यु पुष्टि भएको छ । आज मृ’त्यु हुनेहरुमा ४ महिला र १० पुरुष छन् । आजको मृतक संख्यासँगै कुल संख्या २ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज काठमाडौंका तीनजना महिलाको मृ’त्यु पुष्टि भएको छ । आज मृत्यु भएकासँगै अहिलेसम्म देशभर एक सय ९७ पुरुष र ७४ महिलाको मृ’त्यु भइसकेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।