२०८३, कार्तिक ४ गते

२०८३, कार्तिक ४ गते

थप पाँच हजार ७४३ जनामा कोरोना पुष्टि, कूल संक्रमित एक लाख ४४ हजार ८७२ पुगे

बुधवार , कार्तिक ५, २०७७

५ कार्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा पाँच हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गएको चौबीस घण्टामा पाँच हजार ७४३ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ । यस्तै हाल आइसोलेसनमा ४४ हजार ४७६ जना र क्वारेन्टाइनमा ४ हजार ६५ जना रहेको उनले बताए । प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा दुई हजार ९९६ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ९९ हजार ६०५ जना पुगेको जानकारी दिए । यस्तै उनले थप २६ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ७९१ पुगेको छ ।