अप्रिल २८ देखि कोलम्यिाली मध्यम वर्ग निम्न बर्गको जनताबाट थप कर असुल गर्ने उदेश्यले नयाँ कर प्रणाली लागू गर्ने तयारी गरेपछि कोलम्बियाका मजदुर संगठनहरु र आदिवासी जनता त्यसको उग्र विरोध गर्दै सडक संघर्षमा उत्रिएका छन् । राष्ट्रपति इभान डकले प्रहरी र सैनिक परिचालन गरी संघर्षलाई दमन गर्दा आठ जनाको मृत्यु भएको छ भने आठ सयभन्दा बढि घाईते भएका छन् ।
यो संघर्षको आयोजना नेस्नल स्ट्राईक कमिटी, सिजिटी र कट()लगायतका मजदुर संगठनहरुले आयोजना गरेका थिए । सन २०२२ मा हुन गैरहेको संसदको निर्वाचनमा एक जुट भएर उठ्ने भनि ऐतिहासिक निर्णय गरी बाम पार्टीहरुले मोर्चा निर्माण गरेसंगै हलचल मच्चिन थालेको छ ।
व्यापक जनधनको नोक्सान भएकोले बाध्ये भएर कर बृद्धिको घोषणालाई फिर्ता लिन बाध्ये भएको छ सरकार । तर संघर्ष भने जारी नै छ ।
यो आन्दा्ेलनलाई दमन गर्न फार्क विद्रोहीहरुको आतंकवादी गतिविधि भनि षडयन्त्रको तानाबाना बर्तमान राष्ट्रपति र दक्षिणपन्थी पूर्व राष्ट्रपति अल्भारो उरुबेले बुनिरहेकोले अरु हिंसा हुनसक्ने बताईएको छ ।
https://twitter.com/i/status/1388625710227537922