२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

सांसद सिम्खडाद्वारा औधोगिक मजदुरहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण

शनिवार , जेठ २९, २०७८

२९ जेठ ०७८, मकवानपुर । बागमती प्रदेशसभा सदस्य जगत सिम्खडाले मकवानपुरका औधोगिक मजदुरहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेका छन् । शुक्रबार सांसद सिम्खडाले मकवानपुरको औधोगिक क्षेत्रमा कार्यरत श्रमजीवी मजदुरहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेका हुन् । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका सांसद सिम्खडाले सातै प्रदेशमा महासंघको अग्रपंक्तिमा क्रियाशील मजदुरहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीसहित खाद्यन्न राहत वितरण गरिने जानकारी दिए । शनिबार प्रदेश नं. २ का फ्रन्टलाइनमा कार्यरत श्रमिकहरुलाई राहतकारुपमा स्वास्थ्य सामग्रीसहित खाद्यन्न प्रदान गरिने पनि उनले बताए ।