हिजो जगदम्बा स्टिल सिमरामा फरनेश आयल भएको ट्याङ्कीमा चरम लापरबाहीले वल्डिङ गर्दा गराउदां २ जना भारतिय नागरिकको शब फेला परेकोछ। ४ जना घाईतेमध्ये १ को बिरगन्जमा २ जना तराई सिमरा हस्पिटल उपचार गराई रहेको र १ जना उपचारपछि डिस्चार्ज भएकाछन् । घाइते ३जना नेपाली १ भारतीय छन्। घाईतेको भनाई अनुसार १ जना हराएको हुँदा ट्याङ्कीमा खसेको हो की भन्ने शंकास्पद रहेको छ। त्यसोहुदा मृतक संख्या ३ हुनसक्छ।
यो जानाकारी बिरगन्जबाट अखिल नेपाल औद्योगिक मजदुर संघका उपाध्यक्ष बेनीप्रसाद तिमिल्सिनाले गराएका हुन ।