ल्याटिन अमेरिकी देश पेरुमा भएको जनयुद्धका शिल्पकार तथा साइनिङपाथका संस्थापक करमेड अबिमायल गुजमान गोन्जालोको ८६ बर्षको उमेरमा मृत्युको भएको छ ।
जसले उहाँलाई जेल जीवन तोकेर पेरुमा चलिरहेको जनयुद्धलाई असफल पारेको थियो । त्यसको नाम हो कुख्यात हत्यारा, भ्रष्ट र साम्राज्यवादी अमेरिकाको दलाल फुजीमोरी, जो अहिले आजीवन जेल जीवन बिताईरहेको छ ।
यसै तथ्यबाट प्रष्ट हुन्छ गोन्जालोले संचालन गरेको उज्यालो बाटोको जनयुद्ध कति सही थियो र जतिबेला संसारबाट कम्युनिष्टको अन्त्य भयो भनि साम्राराज्यवादीहरुले डंका पिटिरहेका थिए , ठीक,त्यसैबेला गोन्जालोले श्रमजीवि बर्गलाई उज्यालो बाटो देखाउँदै जनयुद्धको महान अभियान शुरु गरेका थिए । त्यसले नेपाल लगायत कैयौं देशमा चलिरहेको जनयुद्धको भ्रुण र समाजवादी आन्दोलनलाई हुर्काउन ठूलो उत्साह थपेको थियो ।
कमरेड गोन्जालोको अत्यन्तै गरुङ्गो र विश्वलाई तरंगित पार्ने दुःखदायी निधनप्रति कसले कसरी स्मरण गरे र श्रद्धान्जलि ब्यक्त गरे, यसको ऐतिहासिक महत्व रहेकोले यो सामाग्री फेसबुक, सामाजिक संजालबाट साभार गरि कम्युनिष्ट अनलाइनमा पोष्ट गरेको छु । कमरेड गोन्जालोप्रति हार्दिक श्रद्धा सुमनसहित ।
धन्यवाद
Narendra Jung Peter
अन्तिम लालसलाम- क. गाेञ्जालाे (प्रो.अबिमायल गुँजमैन) । विचार सहितको मान्छे कति शक्तशाली हुँदो रहेछ ? तिनदशक जेलमा राख्दा पनि गल्दो रहेनछ र दुश्मनहरू अशक्त शरीरसंग कति डराइरहँदा रहेछन ..। विचारको शक्ति र अातंकको मनोविज्ञान कस्तो हुँदो रहेछ ? त्यसैलाइ अाधार मान्दै मित्र र दुश्मन छुटिँदा रहेछन ।मरेर पनि जिँउदै रहने प्रेरक रहने व्यक्ति विचारसहितको मान्छे नै हो ।
Kumar Paudel
अन्तत: अमेरिकी साम्राज्यवादका फासिष्ट दलालहरुले पेरु कम्युनिस्ट पार्टी ( साइनिङ पाथ ) का नेता नेता कमरेड गोन्जालो लाई २९ बर्ष जेल राखेर हत्या गरि छाडे।भाबपुर्ण श्रध्दान्जली।सर्वहारा अन्तर्राष्ट्रियताबाद जिन्दाबाद।मालेमा वाद जिन्दाबाद।अमेरिकी साम्राज्यवाद लगायत सबै खाले प्रतिकृयाबाद मुर्दाबाद।
Lekhnath Neupane
क. गाेञ्जालाेप्रति सम्मानकाे लालसलाम !
पेरुकाे जनयुद्ध प्रत्याक्रमणकाे चरणमा विकास भएकाे अबस्थामा पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष क. गाेञ्जालाे सन् 1992 मा राजधानी लिमाबाट गिरफ्तारीमा परे । त्यपछि उनलाई त्यहाँकाे प्रतिक्रियावादी सत्ताले आजीवन कारागारकाे सजाय सुनाइएकाे थियाे । दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गाेञ्जालाे विगत 29 वर्षदेखि बन्दी जीवन बिताइरहेका थिए । उनकाे आज जेलमै मृत्युु भएकाे खबरले निकै नमिठाे अनुभूति भयाे । उनलाई विगत केही वर्षदेखि छालाकाे क्यान्सरले आक्रमण गरेकाे थियाे ।
क. गाेञ्जालाेप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित लालसलाम !
Manahari Timalsina
सांस्कृतिक क्रान्तिको पराजय र सोभियत संघको विघटनपछि विश्वक्रान्तिको आकाशमा उदाएको चम्किलो तारा हुनुहुन्थ्यो कमरेड गोञ्जालो। केन्द्रीय सत्तामाथि विजयको नजिकै पुगे पनि १९९२ मा फुजिमोरी सरकारले गिरफ्तार गरेपछि पेरूको प्रतिक्रियावादी अदालतले उहाँलाई आजीवन काराबासको सजाय सुनाएको थियो। ३० वर्ष लामो जेल जीवन व्यतीत गर्दैगर्दा आज विश्वकान्तिका नायक डा. गोञ्जालोको जेलभित्रै निधन भएको दुखद् खबर पढ्दैछु। हार्दिक श्रद्धाञ्जलि कमरेड गोञ्जालो। तपाईंको क्रान्तिप्रतिको संकल्प विश्वक्रान्तिका निम्ति झिल्को बन्नेछ। तपाईका प्रेरणा र शिक्षा अविस्मरणीय र अनुकरणीय रहनेछन्। तपाईंको त्याग र बलिदानीको सगरमाथाबाट विश्वक्रान्तिको झण्डा फेरि फर्फराउनेछ। अलविदा कमरेड गोञ्जालो !
Devi khadka
तिम्रो जिवन संघर्षकाे प्रेरणाले हामिले नेपालमा १० वर्ष लामाे जनयुद्ध गर्याै, तर तिमि बिगत २९ बर्ष देखि जेलकाे चारदिबार भित्र थियाै, अाज त्याहि तिम्राे मृत्युु भयाे भन्ने सुन्दा, दुई थाेपा अासुका साथ श्रद्धाञ्जली भन्न बाहेक केहि गर्न नसकेकाेमा दुखका साथ , अल विदा कमरेड गाेण्जालाे ।
Rajkaji Gurung
क.अबिमाइल गुजमान(गोन्जालो) पेरु क्रान्तीका नायक प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु।वहाँ ले अबलम्बन गरेको तरिका वा पेरु को क्रान्ती ले किन अन्तिम समय मा धक्का खायो प्रश्नहरु अझै अनुतरित नै छन र खोज्दै जाउला पनि तर माओको निधन पश्चात बिश्वब्यापी रुपमा क्रान्तिकारी हरु मा निराश छाएको बेला साम्राज्यवाद को नाकै मुनि क्रान्तिको झन्डा बोक्न सक्ने नायक को मृत्युको खबरले हामिलाइ दुखी बनाएको छ।
Bandhudev pandey
चीनका माअो पछि पेरुमा जनवादी क्रान्ति पुरा गर्ने अभियानमा लागेका युगनायक क. गोञ्जालो (अभिमायल गुजमान)को ८६ वर्षको उमेरमा मृत्यु भएको खवरले हामीलाई स्तब्ध बनाएको छ । उहाँ १९९० मा अमेरिकी साम्राज्यवादका कठपुतली फुजिमोरी सरकारको षडयन्त्रमा लिमा नजिकैबाट गिरफ्तार गरी आजिवन काराबास पठाइयो । जसको नेतृत्वमा पेरुका ८५ प्रतिशत भूभाग उहाँको नेतृत्वमा साइनिङ पाथले जितिसकेको थियो । आफ्नो स्वार्थको लागि उहाँ कहिल्यै साम्राज्यवादका सामु झुक्ने काम गर्नुभएन । उहाँले गरेको क्रान्ति प्रति इमान्दारिता को हामी सदा स्मरण गरौँ भन्दै अमेरिकी साम्राज्यवाद प्रति घोर भत्सर्ना गर्दै सच्चा क्रान्तिकारी क. गोञ्जालो प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण!!! क.गोञ्जालो सदा अमर रहुन् ! अमर रहुन् !! अमर रहुन् !!!
Debendra Timla
पेरुभियाली क्रान्तिका नायक तथा विश्व सर्वहारा वर्गका आदर्श पुरुष क. गोञ्जालोको निधनको खबरले सम्पूर्ण मुक्तिकामी श्रमजीववी वर्गमा शोक छाएको छ । क. गोञ्जालोको निधन हो वा हत्या ? त्यो त समयक्रमसँगै खुल्दै जाला । ८७ वर्षीय वृद्ध तथा अनेकौं रोगहरुले जिर्ण एउटा क्रान्तिकारीलाई अमेरिकाको कठपुतली पेरु सरकारले जुन हदको अमानवीय तवरले जेलमा राखेको थियो, त्यसलाई मध्यनजर गर्दा उहाँको मृत्यु कुनै पनि कोणबाट हत्या नै हुन आउँछ । आफ्नो विचारबाट नगल्ने क्रान्तिकारीहरुसँग प्रतिक्रियावादी सरकारहरु कति भयभित र त्रसित हुन्छन् भन्ने कुराको एउटा ज्वलन्त दृष्टिान्त हो यो ।
अलबिदा क. गोञ्जालो ! अन्तिम श्रद्धाञ्जली !
जनार्दन थापा ( Janardan Thapa)
Red Salute Comrade Guzman Gonzalo 

- False accusation of American Imperialists -
Mr. Guzmán, a stocky former philosophy professor known to his zealous followers as Chairman Gonzalo, launched one of Latin America’s most violent civil wars in 1980 to install a totalitarian state just as Peru returned to democracy after military rule. His rigid ideology and brutal tactics once led a top U.S. State Department official to warn of a “third genocide of the 20th century.
Rakesh Kumar
" Fear? I believe that fear and lack of fear form a contradiction. The point is to take up our ideology, and unleash the courage within us. It is our ideology that makes us brave, that gives us courage. In my opinion, no one is born brave. It is society, the class struggle, that makes people and communists courageous--the class struggle, the proletariat, the Party, and our ideology. What could the greatest fear be? Death? As a materialist I know that life will end some day. What is most important to me is to be an optimist, with the conviction that others will continue the work to which I am committed, and will carry it forward until they reach our final goal, communism. Because the fear that I could have is that no one would carry on, but that fear disappears when one has faith in the masses. I think that the worst fear, in the end, is not to have faith in the masses, to believethat you're indispensable, the center of the world. I think that's the worst fear and if you are forged by the Party, in proletarian ideology, in Maoism principally, you understand that the masses are the makers of history, that the Party makes revolution, that the advance of history is certain, that revolution is the main trend, and then your fear vanishes. What remains is the satisfaction of contributing together with others to laying the foundation so that some day communism may shine and illuminate the entire earth."
Source -Interview with Chairman Gonzalo (1988)
Gauri Joshi
अमेरिकी साम्राज्यवादको नाकैमुनि जनयुद्ध थालनी गरेर सफलता पुर्वक प्रत्याक्रमणमा पुर्याएका र १९९२ देखी तत्कालीन फुजिमोरी सरकारले आजिवन नजरबन्द मा राखेको पेरु कम्युनिष्ट पार्टी साइनिङ पाथका अध्यक्ष डा.अबिमायल गुज्मन (का. गोन्जालो) प्रति भावपूर्ण श्रद्धाञ्जली
Indra Raut
पेरु कम्युनिस्ट पार्टी साइनिङपाथ (सेनडेरो लुमिनोसो) का अध्यक्ष कमरेड गोन्जालो गिरफ्तारी र आजीवन काराबासको यही सेप्टेम्बर १२ अर्थात् आज २९ वर्ष पुग्दै थियाे। छाला क्यान्सरका बिरामी ८६ वर्षीय गोन्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेकोे कालाओ जेलको पिँजडाघरमा सेप्टेम्बर १२, १९९२ देखि कैदी नम्बर १५०९ को बन्दी बनाएर राखिएको थियाे । विश्वभरिका कम्युनिस्टहरु खासगरी माओवादीहरुले उहाँकाे जीवन रक्षा र शिघ्र रिहाईका लागि विश्वव्यापी अभियाननै चलाएका थिए । हामीले पनि ऐक्यबद्धता जाहेर गरेका थियौं । अन्ततः उहाँकाे सेप्टेम्बर ११ अर्थात् शनिबार दुःखद् निधन भयाे । क.गाेन्जालाेले बरु मृत्यु राेज्नु भयाे, चरम फासिवादी यातना भाेग्नु भयाे तर जीवनकाे भिख माग्नु भएन । आत्मसमर्पण गर्नु भएन । अमेरिकी साम्राज्यवाद र उसकाे कठ्पुतली पेरुकाे प्रतिक्रियावादी शासकहरुसँग कहिल्यै झुक्नु भएन । विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरुका लागि उर्जा र उत्प्रेरणा बनिरहनु भयाे र बनिरहनु हुनेछ । उच्च सम्मानसहित क. गाेन्जालाेप्रति हार्दिक श्रद्धाञ्जली ।
Shri Krishna Adhikari Bibek
पेरूभियाली जनक्रान्तिका नेता पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष कमरेड गाेञ्जालालाई पेरूको प्रतिक्रियावादी फुजिमोरी सत्ताले आजीवन कारागारकाे सजाय सुनाएर जेलमा राखेको थियो।रणनैतिक प्रत्याक्रमणमा प्रबेस गरेको पेरूको जनयुध्द कमरेड अभिमायलगुन्जयमायन गोन्जालोको गिरफ्तारी पछि तहस नहस भयो । नेपाली जनयुध्दको तयारिमा प्रेरणका स्रोत पेरूको जनयुध्दका सर्बोच कमाण्डर, दर्शनशास्त्रका प्राध्यापक गाेञ्जालाेले २९ वर्षदेखि बन्दी जीवन यापन गरिरहेकैअवस्थामा जेलमा मृत्युु भएकाे दु:खद खवर सुनियो । वाहा केही वर्षदेखि छालाकाे क्यान्सर रोगवाट पिडित हुनुहुन्यो भन्ने खवर सुनिएको थियो । वहाको मृत्युको खवरले भावुक बनायो क.गाेञ्जालाेप्रति भावपूर्ण श्रद्धाञ्जली !!! अलविदा कमरेड गोन्जालो !!
Khem thapaliya
“पेरुका जनताको सशस्त्र जनक्रान्तिको सन्दर्भमा पेरु कम्युनिस्ट पार्टी र मेरा कार्यहरूको मूल्याङ्कन इतिहासले गर्नेछ । जनक्रान्तिको दिशालाई इतिहासले सरहाउनेछ । मुट्ठीभर प्रतिक्रान्तिकारीहरूको अदालत तथा प्रचारयन्त्रले इतिहास बदलिँदैन । विश्व जनक्रान्तिका एक अभिन्न अङ्ग पेरुको सशस्त्र जनसङ्घर्षको यौटा सिपाही बन्न पाएकोमा मलाई गौरव लागेको छ ।” – क. गोन्जालो
माओ पूर्वको चम्किलो तारा हुनुहुन्थ्यो भने गोन्जालोकाे रूची थियाे पश्चिमी आकाशको चम्किलो तारा बन्ने । चीन जानुहुँदा प्रत्यक्ष भेट नभए पनि उहाँले माओलाई टाढाबाट एक झल्को देख्नुभयो । ‘डढेलोका लागि एक झिल्काे आगो नै काफी हुन्छ’ भनेझैँ पेरुको साइनिङपाथका नेता अबिमाइल गुजम्यान ‘गोन्जालो’ लाई पेरूभियन जनक्रान्तिकाे नेतृत्व गर्न त्यही एक झिल्काे काफी भयाे । उनै गाेन्जालाेकाे ८६ वर्षको उमेरमा प्रतिक्रियावादी जेलमै निधन भएको समाचार छ । उहाँ पेरुमा जनयुद्ध सन्चालन गरेबापत २९ वर्षदेखि जेलमा हुनुहुन्थ्यो । पेरुको प्रतिक्रियावादी अदालतले पेरुभियाली कम्युनिस्ट पार्टीका अध्यक्ष गोन्जालोलाई आजीवन कारावासको कठोर सजाय दिएको थियो । सन् १९९२ मा पेरुको लिमाबाट अत्यन्त नाटकीय रूपमा गिरफ्तार हुनुभएका कमरेड गोन्जालो विश्वक्रान्तिको अभिन्न अङ्गको रूपमा अगाडि बढिरहेको पेरुभियाली जनयुद्धका नायक हुनुहुन्थ्यो । अन्तिम बिदाइको राताे सलाम कमरेड गोन्जालो !
Sanath Upreti
प्रतिक्रियावादी राज्यसत्ताले पेरूका कम्युनिष्ट पार्टीका अध्यक्ष कमरेड गोन्जालो लाई आजिवन जेल सजाय सुनाएको थियो र आज 29 बर्ष जेल बसाई भित्र नै उहाँको निधन भएको छ माहान नेता कमरेड गोन्जालो प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।
Omar Tareq Chaudhary
Fauzi Belhaz Belhaz
Sadly, we receive the news of the passing of President Konzalo who gave his life to the revolution and nothing else!
Glory be to you kneels.... Death to reactionary and imperialism...
Rajendra Kirati
पेरुभियालि शाइनिङ पाथका नेता कमरेड गोन्जालोको निधन भएको खबर सुन्दा असाध्यै मर्महात भएकोछु । ल्याटिन अमेरिकि उत्पिडित जनताका प्रिय नेताको आजिबन काराबाशकैक्रममा निधन हुनुले झनै दुखी बनाएकोछ । आदरणिय क्रान्तिनायक कमरेड गोन्जालो प्रती भावपुर्ण श्रद्धाञ्जली साथै शोकसन्तप्त जनहरुमा गहिरो समबेदना ब्यक्त गर्दछु ।
Bharat Sigdel
विश्व सर्वहारावर्गका आदर्श नायक, दर्शनशास्त्रका प्राध्यापक डाक्टर अबिमायल गुजमान (कमरेड गोन्जालो)प्रति भावपूर्ण श्रद्धासुमन !
Mahadip Pokharel
भर्खरै चे ग्वेभाराको जीबनीमा आधारित "द मोटरसाइकल डाएरिज" हेरिसके पछि फेसबूकमा आँखा लगाएको थिए ,एउटा पृय मान्छेको मृत्युको खबर पाइयो।यो तिम्रो स्वाभाविक मृत्यु होइन,हत्या हो र हत्यारा हो- अमेरिकी साम्राज्यवाद !!
श्रद्धाञ्जली ,श्रद्धाञ्जली ,श्रद्धाञ्जली !!!
क गोन्जालो ( पेरु)
Shabhu Paneru
दक्षिण अमेरिकि देश पेरुमा क्रान्तिको माध्यमबाट सता कब्जा गर्ने तहमा पुगेको साइनिङ पाथका नेता क गोन्जालो 28 बर्स अगाडि समातिनु भयो ।दक्षिण अमेरिकाभर क्रान्ति फैलाउछ भनेर उहालाइ कडा निगरानिमा राखियो ।हाल जेलैमा उहाको मृत्यु भयो।जसको प्रेरणाले हजारौ क्रान्तिकारि र सयौ पार्टि बने ।सम्राज्यबादि अमेरिकालाइ थर्कमान बनाउने र बिश्व मा क्रान्तिको पुनर्जागरण गर्ने क गोन्जालो प्रति हार्दिक श्रदासुमन ।
Bivak Sharma
पेरूभियाली जनक्रान्तिका नेता पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष कमरेड गाेञ्जालालाई पेरूको प्रतिक्रियावादी फुजिमोरी सत्ताले १९९२ मा गरफ्तारगरि आजीवन कारागार वासकाे सजाय सुनाएर जेलमा राखेको थियो। रणनैतिक प्रत्याक्रमणमा प्रबेस गरेको पेरूको जनयुध्द कमरेड अभिमायलगुन्जयमायन गोन्जालोको गिरफ्तारी पछि तहस नहस भयो । नेपाली जनयुध्दको तयारिमा प्रेरणका स्रोत बनेको पेरूको जनयुध्दका सर्बोच कमाण्डर, दर्शनशास्त्रका प्राध्यापक गाेञ्जालाेले २९ वर्षदेखि बन्दी जीवन यापन गरिरहेकैअवस्थामा जेलमा मृत्युु भएकाे दु:खद खवर सुनियो । वाहा केही वर्षदेखि छालाकाे क्यान्सर रोगवाट पिडित हुनुहुन्यो भन्ने खवर सुनिएको थियो । वहाको मृत्युको खवरले भावुक बनायो क.गाेञ्जालाेप्रति भावपूर्ण श्रद्धाञ्जली !!! लालसलाम !! अलविदा कमरेड गोन्जालो !!
Purna GM
दक्षिण अमेरिकी जेलमा आजिवन जेल सजाय सुनाइयका 1509 नं. बन्दी।पेरुभियन क्रान्तिका योद्धा,साइनिङ पाथ का अध्यक्ष कमरेड गोञ्जालो ( डा. अबिमायल गुजमान रेनेसो) १९९२ मा फुजिमोरी सरकारले गिरफ्तार गरेपछि पेरूको प्रतिक्रियावादी अदालतले उहाँलाई आजीवन काराबासको सजाय सुनाएको थियो। ३० वर्ष लामो जेल जीवन पछि जेलभित्रै निधन भएको दुखद् खबर विभिन्न सामाजिक सन्जाल हरुमा आइरहेको छ। कमेड गोन्जालो प्रती भावपुर्ण श्रद्धाञ्जली !!!
Dinesh Rai
पेरुका सर्वहारा वर्गको मुक्ति अभियानता कमरेड गाेञ्जालाे २९ वर्षकाे जेल जीवनमा नै मृत्युु भएकाे खवरले स्तब्ध बनाएकाे छ । कमरेड गाेञ्जालाे प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
TR OLi
विस्व क्रान्ति नायक पेरू सर्वहारा वर्गको महान नेता कमरेड गोन्जालोको दु:खद निधन भएको छ । २८ वर्ष लामो जेल जिवन बिताउनु भएका क. गोन्जालो प्रति हार्दिक भावपुर्ण श्रद्धाञ्जली !
Dan Bahadur Oli
पेरु कम्युनिस्ट पार्टी ( साईनिङ पाथ) का अध्यक्ष कमरेड गोन्जालो प्रति हार्दिक श्रद्धाञ्जली !
Ganesh Baniya
विश्व कम्युनिष्ट आन्दोलनका आदर्श व्यक्तित्व पेरुभियन साईनिङ पाथका नेता गोञ्जालो (अविमाईल गुजमान) को २९ बर्षको जेल जीवन पछि ८६ बर्षमा मृत्यु भएको छ । अमेरीकी साम्राज्यवाद विरोधि दृढ खम्बा मानिएका गोञ्जालो प्रति हार्दिक श्रद्धाञ्जली !
DP Dhakal
पेरुका क्रान्तिकारी नेता गोन्जालोले शाहदत प्राप्त गर्नु भएको छ । उहाँलाई १२, सेप्टेम्बर १९९२ देखि बन्दी बनाएर राखिएको थियो । उहाँ असल बिद्रोहि नेता र माओवादका एक कुशल ब्याख्याताको रुपमा र क्रान्तिकारी कम्युनिस्ट नेताको रूपमा युग युग सम्म अमर रहनु हुनेछ । हार्दिक श्रद्धाञ्जली सहित लाल सलाम !
Dambar Thami ANUpam
अमेरिकी साम्राज्यवादलाई दुत्कार्दै शाईनिङ पाथका चम्किलो तारा अस्ताए । हार्दिक श्रद्धाञ्जली क. गोन्जालोप्रति !!!
Motilal Tamang
विश्व कम्युनिस्ट जनक्रान्तिका एक जिउँदो योद्धा क. गोन्जालो को निधन भएकोमा उहाँप्रति भावपुर्ण श्रदान्जली।अभिमाइन गुजमान(गोन्जालो) को ८६ वर्षको उमेरमा हिजो दक्षिण अमेरीका पेरुको सैन्य जेलमा मृत्यु भएको हो।
Prem Darnal
"सेन्देरो लुमिनोसो" (साईनिङपाथ) पेरूका महान नेता क. गोन्जालोको ८६ वर्षको उमेरमा रहस्यमय दु:खद निधन भएको खबरले विश्वभरका श्रमजीवी जनतालाई स्तब्ध र आक्रोशित बनाएको छ । झण्डै ३० वर्ष देखि लामो जेल जीवन संघर्ष गरिरहनु भएका मालेमावादी सच्चा कम्युनिष्ट नेता क. गोन्जालो प्रति हार्दिक भावपुर्ण श्रद्धाञ्जली !
Basudev Pokharel
पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष कमरेड गाेञ्जालाे विगत २९ वर्षदेखि बन्दी जीवन बिताइरहनु भएको थियाे र जेलमै दु:खद निधन भएकोखबर छ ।क्रान्तिकारी नेता गाेञ्जालाेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
BHesharaj Dahal
सेप्टेम्बर ११ , अ्मेरिकि साम्राज्यवाद को धज्जि उडेकै दिन अ्मेरिकि फुजिमोरि सैनिक हिरासतमा पेरुमा फरफराएको सर्बहारा बर्गको रातो झण्डालाइ ढालिएको छ ।
Nahendra Khadka
The revolutionary hero of Peru, a veteran communist leader, Manuel Rubén Abimael Guzmán Reinoso, popularly known as Chairman Gonzalo, has passed away yesterday. We shall always remember your contributions to the global revolutionary and communist movement.
Bimjwala Rai
पेरू कम्युनिष्ट पार्टी, साइनिङपाथका नेता, पेरू सशस्त्र विद्रोहका कमाण्डर, कमरेड 'गोन्जालो' सम्मानका साथ लिइने नाम हो।
पार्टी, नेतृत्व र जनयुद्ध परिचालनको संकटले पेरूको करिव सबै भूभाग कब्जा गरेर राजधानी लिमा समेत कब्जा उन्मुख रहेको सशस्त्र युद्ध ध्वस्त भयो, त्यहाँको कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो, नेतृत्व कलह र घुसपैठका कारण कमरेड गोन्जालो फासिवादी सरकारको गिरफ्तारीमा पर्नुभयो ।
२९ वर्ष जेलजीवन काट्नु भयो र, जेलमै अन्तिम सास लिनु भयो । क्रान्ति र क्रान्तिकारी इतिहासको वियोगान्त अवसान भएको छ ।
तर, अचम्म लाग्दो कुरा के छ भने, यो २९ वर्षमा संसारका साम्यवादीहरूले गोन्जालोको न्यायका लागि फासिवादको विरूद्ध विद्रोह ओकलेको देखिएन । मानवतावादीहरूले कहिँकतै बोलेको सुनिएन ।
गोन्जालो, भावपूर्ण श्रध्दाञ्जली
ऐतिहासिक महत्व रहेकोले यो सामाग्री फेसबुक, सामाजिक संजालबाट साभार गरिएको हो