२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

पर्यावरण संरक्षणविद नोबेल शान्ति पुरस्कार विजेता वाङ्गगारी माथाईले देखाएको बाटो- जय कार्की

वाङ्गगारी माथाई

सोमवार , मंसिर २०, २०७८

  • नोवेल शान्ति पुरस्कार विजेता-पर्यावरण संरक्षणविद वाङ्गगारी माथाई

२०१४ को नोबेल पुरस्कारको धमाधम घोषणा भैरहेको छ । यस वर्ष ट्युनिसियाकी आन्दोलनकारी महिलाले नोबेल पुरस्कार प्राप्त गरेकी छन् । उनको अन्तरवार्ता सुन्दा यसतो लाग्छ ट्युनिसियाको निरंकुश सत्तालाई समाप्त गर्न खेलेको महत्वपूर्ण भूमिकाको लागि प्रदान गरिएको हो । उनले प्राप्त गरेको यो पुरस्कार देशकैलागि गर्वको विषय भएको छ, सम्पूर्ण आन्दोलनकारी एवं शहीदहरुप्रति समर्पित छ र ट्युनिसियाका महिलाहरुको सम्मान जाहेर गरेको छ । तर सन २०११ मा तीन जना महिलाहरुले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकै वर्ष अर्की एक जना नोबेल पुरस्कार विजेता महान प्रकृति संरणविद तथा महिला अधिकार अभियन्ताको देहान्त भएको थियो । पुरस्कारको सार्थक अर्थ यिनै विरङ्गनामा मात्र खोज्न सकिन्छ । शान्ति र भोकमारीका विरुद्धमा यिनको जस्तो देन अरुको देखिएन । सबैभन्दा वढि मान्छेको हत्या गर्ने, देशको सार्वभौमकितालाई धुलिसात पार्ने, युद्ध पिपासु, शान्ति र जनविरोधी कृयाकलापमा सरिक रहेका अमेरिकी राष्ट्रपति ओबामालाई शान्ति पुरस्कारले सम्मान गर्दा साह«ै घृणा लागेको थियो शान्ति पुरस्कारसित । यस्ता कैयौंं उदाहरण छन् नोबेल शान्ति पुरस्कार जो पुरस्कार हैन पश्चिमाको दलाली गरेबापत दिइने भत्ता जस्तो छर्लङ्ग देखिन्छ । तर वाङ्गारी माथाईले यो पुरस्कारको सार्थक अर्थ लगाइन् । यसपटक शान्ति पुरस्कार प्राप्त गर्ने महिलामध्ये दुई जना विवादस्पद छन् राष्ट्रपति सिरले लाइबेरिया र यमनकी आन्दोलनकारी महिला । नोबेल शान्ति पुरस्कार २००४ बाट सम्मानित ग्रिन बेल्ट मुभमेन्टकी नायिका प्रोफेसर वाङगारी मुता माथाईको सन २०११ को सेप्टेम्बर महनिामा ७१ बर्षको उमेरमा देहान्त भएको थियो । हरित क्रान्तिको लागि उनी अफ्रिकामा मात्रै हैन संसारभरी प्रसिद्ध रहेकी छन । उनको मुख्य देन भनेको भोकमरीको बिरुद्धको आन्दोलन, पानीमाथिको पहुँच, महिला शसक्तिकरण र ४५ मिलियन रुखहरु हुर्काएकोले उनलाई साँचो मानवीय बीरङ्गना भनिन्छ ।

  • वाङ्गारी माथाई

वाङ्गारी माथाईको जन्म सन १९४० मा नेरी जिल्लामा भएको थियो । यो जिल्ला केन्याको केन्द्रीय उच्च भागमा पर्दछ । उनीले केन्या र अमेरिकामा अध्ययन गरेकी थिइन । र, उनी केन्द्रीय पूर्वी अफ्रिकाबाट महिला डाक्टरेटको उपाधि नैरोबी विश्व विद्यालयबाट प्राप्त गर्ने पहिलो महिला थिइन । उनले डक्टरेट उपाधि सन १९६१ मा प्राप्त गरेकी थिइन । सन २००२ मा केन्याको नवौं संसदीय निर्वाचनमा ९८ प्रतिशत मतसहित निर्वाचित भई वातावरण तथा प्राकृतिक सम्पदा तथा बन्यजन्तु मन्त्रालयको सहायकमन्त्रीमा समेत नियुक्त भएकी थिइन् । वातावरणीय अभियन्ता, दरिद्रता विरुद्धको अभियन्ता, महिला अधिकारको अभियन्ताले महिलाहरुलाई शसक्तिकरण एबम् पानीको उपलब्धताकी अभियन्ता, केन्यामा ग्रिनबेल्ट मुभमेन्टको संस्थापिकाले केन्याका ग्रामिण महिला समुदायहरुमा रुख रोप्ने लगायत जीवन स्तर बृद्धिमा सहयोग गरेकी थिइन । थुप्रै नर्सरीहरु र वृक्षारोपण लगायत खानेपानीको पहुँच बढाएको, रुख रोपेपछि इकोसिष्टमको आधारमा पानीको बृद्धि भएको र जङ्गल फडानीको बिरुद्धमा लडिरहिन् । त्यतिमात्र होईन, स्थानीय जनतालाई खाना पकाउनको लागि प्रशस्त मात्रामा दाउरा उपलब्ध गराएकी थिईन । उनी त्यस्ती वातावरणविद प्रथम अफ्रिकी महिला हुन जसले सन २००४ मा संसारको सबैभन्दा ठूलो र मूल्यवान नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित भएकी थिईन । ग्रिन बेल्ट मुभमेन्टको स्थापनाले अफ्रिकामा लगभग ४५ मिलियन रुखहरु रोप्ने काम भएको थियो भने ९ लाख महिलाहरुलाई रुख विरुवाको नर्सरी निर्माण गर्न सहयोग गरेकी थिईन । माथाई यु.एन. वातावरण कार्यक्रम युनेप (UNEP) को संरक्षक थिइन । उनकै उत्साहाका कारण युनेपले अरवौं विरुवा रोप्ने अभियान चलाएको थियो । जसले संसारभरिका जनतालाई उनीहरुको समुदायको फाइदाको लागि रुख रोप्न साहस पैदा गराउन हौसला दिएको थियो । उनी यद्यपि यु.एन.को शान्तिदुतको रुपमा सेवारत थिइन भने मिलेनियम डेभलोपमेन्ट गोल्स एडभोकेसी ग्रुप एमडिजिएजी( MDGAG) को सदस्यमा पनि नियुक्त भएकी थिइन । यो एमडिजिएजी संयुक्त राष्ट्र संघले सन २०१५ सम्ममा शहस्राब्दीको लक्ष्य भोकमरी, दरिद्रता र रोग घटाउने र शिक्षाको पहुँचमा वृद्धि गर्ने, महिला शसक्तिकरण र मानवअधिकारको विकासलाई पु¥याउने उदेश्यले गठन गरेको थियो । उनको देहान्तप्रति संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन, यु.एन.फोरम अन फरेष्टका डाइरेक्टर जान म्याकालपाइन तथा यु.ने.प.का एम्जेक्युटिभ डाइरेक्टर अचिम रुट्करले गहिरो दुःख व्यक्त गर्दै माथाईले गरेको मानवअधिकार, दरिद्रता अन्त्य, वातावरणीय संरक्षण र सुरक्षामा कलात्मक ढंगले जोड्ने क्षमताका प्रसंसा गरेका थिए । वाङगारी माथाईले यु.एन.को थुप्रै कार्यक्रमहरुमा सहभागी हुने र विचार राख्ने मौका पाएकी थिइन । ग्रीन बेल्ट आन्दोलनका कारण नोबेल शान्ति पुरस्कार २००४ मा प्राप्त गर्नु अघि दि सोफी पुरस्कार, दि पेट्रा केली पुरस्कार, दि कन्जरभेशन वैज्ञानिक पुरस्कार, जे स्टर्लिङ्ग मोर्टन पुरस्कार, वाङ्गो वातावरण, आउटस्टाडिङ्ग भिजन एण्ड कमिटमेन्ट पुरस्कार, दि ओम्यान आफ दि वल्डर्, बेटर वल्र्ड सोसाइटी पुरस्कार, एक्सलेन्स अवार्ड फ्रम दि केन्यान कम्युनिटी अब्रोड, गोल्ड आर्क पुरस्कार लगायत तीन दर्जनभन्दा बढी महत्वपूर्ण एवं प्रसिद्ध पुरस्कारद्वारा सम्मानति भएकी थिइन । माथाई युनेपको ग्लोबल ५०० हल अफ फेमभित्र अंकित प्रोफेसर थिइन भने १०० जना महिला हिरोइन (विरंगना) भित्र पर्दछिन । प्रो. माथाईले अमेरिकाको चर्चित विश्व विद्यालय विलियम्स कलेज, होवार्ट एण्ड विलियम स्मिथ कलेज, नर्वे यूनिभरसिटी र याल यूनिभरसिटीबाट डाक्टरेटको उपाधिद्वारा सम्मानित भएकी थिइन । प्रोफेसर माथाईलाई दि ग्रिन वेल्ट आन्दोलन सम्वन्धी थुप्रै प्रकाशनहरु: दि ग्रिन बेल्ट मुभमेन्टः शेयरिङ्ग दि अप्रोच, स्पिक ट्रथ टु पावर, ओमेन पायोनियर फर दि इन्भायरनमेन्ट, होप्स इज दि नेक्सट डाइट फर ए स्माल प्लानेट लगायतको शीर्षकहरुमा पुस्तकहरु प्रकाशित भएका छन् । अंग्रेजी वाहेक फ्रेन्च, जर्मन, स्ेपनिस लगायतका भाषाहरुमा समेत प्रकाशित भएका छन् ।  

  • नोवेल शान्ति पुरस्कार विजेता-पर्यावरण संरक्षणविद वाङ्गगारी माथाई

केन्याको ब्रिटिश उपनिवेशभित्र रहेको इहिते किकुयु परिवारमा जन्मेकी माथाईको पिता एकजना किसान थिए । उनी गोराहरुको जमीनमा काम गर्थे । उब्जनीको सबैभाग गोराहरुले तोकेको भाउमा विक्री गर्न वाध्ये हुन्थे । माथाईलाई उनको दाजुको सल्लाह अनुसार आठ वर्षको उमेरमा विद्यालय पठाइएको थियो । । ग्य्राजुएटमा सर्वोत्कृष्ट भएपछि उनी अमेरिकाको कन्सास राज्यको पिटर्सबर्गमा जीवशास्त्रमा एम.एस्सी. अध्ययनको लागि गईन भने जर्मनीमा समेत अध्ययन पुरागरि केन्याको नैरोबी विश्वविद्यालयबाट पि.एच.डी. गरेकी थिइन । अध्ययन पुरा गरेपछि उनको योग्यता अनुसार दर्जाको काम दिनु पर्नेमा त्यो मौका उनले पाईनन्, केन्या उपनिवेशबाट मुक्त भएपनि महिलनाप्रति गरिने भेदभाव कायम नै थियो । त्यसैले उनलाई नैरोवी यूनिभरसिटीको सहायक अनुसन्धानकर्ताको रुपमा जुलोजी (जीवशास्त्री) मा नियुक्ति दिएको भए तापनि सो पद क्यानाडामा अध्यन गर्दै गरेको अर्को पुरुषलाई दिएर उनको नियुक्तिपत्र बदर गरिएको थियो । सन १९८६ मा स्थापना गरिएको पान अफ्रिका ग्रीन बेल्ट आन्दोलनले तान्जानिया, युगाण्डा, मलावी, लेसेथो, इथिओपिया, जिम्बावे लगायतको देशमा महत्वपूर्ण सफलता प्राप्त गरेको थियो । रुखहरु रोप्न महिलाहरुलाई प्रेरित गरेकाले रुख काट्ने र जमिन कब्जा गर्ने लगायतको समस्या मात्र हल भएन २ करोड रुखहरु खेतवारी, स्कुल र चर्चको कम्पाउण्डमा पनि बृक्षारोपण अभियान संचालन गरिएको थियो । नोबेल शान्ति पुरस्कार पाउन् त यसता विश्व चर्चित समाजसेवीहरुले पो त । माथाईको महत्वपूर्ण ग्रीनबेल्ट अभियान हाम्रो देशको बन फडानीलाई रोक्न र नयाँ विरुवा रोप्ने अभियानका लागि निकै महत्वपूर्ण सावित हुन सकोस ।

  • जय कार्की, अन्टुफ उपाध्यक्ष

सन्दर्भ सामग्रीहरु प्राभ्दा रु, टिमोथी बाांक्राफ्ट हिन्चे –२८–०१–२०११ इकोनोमिस्ट, टायम मागाजिन, न्यूज विक र डेमोक्रयसी नाउ रेडियो तथा अनलाईन.कम १२ अक्टोबर २०१५