विश्वको सवैभन्दा लामो शसस्त्र आन्दोलन लडिरहेको फार्क (क्रान्तिकारी शसस्त्र समूह) का सर्वोच्च नेता कमरेड अल्फोन्सो कानोको सन २०११ को नोभेम्बर ५ सनिवारका दिन कोलम्बियाको काउका प्राप्तमा सरकारी फौजसितको भिडन्तमा मृत्यु भएको थियो ।
सुप्रिम कमण्डर कामरेड अल्फोन्सो कानो कोलम्बिया सरकार र अमेरिकी सरकारको संयुक्त कार्वाहीको अभियानमा मारिएका हुन् । झण्डै ५००० भन्दा बढि इफान्ट्री सैनिक डफ्फा र आकाशबाट ब्ल्याकहक हेकिप्टरमार्फत कैयौं दिनको लामो आक्रमणका क्रममा मारिएका हुन् आल्फोन्सो कानो । उनि काउका प्रान्तको १४००० फिट अग्लो एण्डियन पर्वत सृंखलाको भित्री जंगलमा मारिएका थिए । कानोसंगै शुरक्षाको घेराबन्दी संभालेर बसेका फार्कका धेरै विद्रोहीहरु मारिएको आशंका गरिएको छ ।
कानोको हत्यापछि राष्ट्रपति हुँवा म्यानुअल सान्तोसले फार्क अब बिघटन र समाप्तितिर गएको घोषणा गर्दै बाँकी बचेका लडाकुहरुलाई आत्मसमर्पण गर्न चेतावनी दिएको छ । यदि उनिहरुले आत्मासमर्पण नगरे मारेर सिध्याउने घोषणा पनि गरेको छ । श्रमजीविवर्गको राज्यसत्ता स्थापनाका लागि निरन्तर आन्दोलनरत सुप्रिम कमाण्डर अल्फोन्सो मारिएकोमा सरकारद्वारा खुशियालीका समारोहहरुको आयोजना गरेर अब फार्क समाप्ति तिर गएको शन्देस जनताकामाझ र विश्वभरि प्रचार गरिरहेको छ ।
त्यतिमात्र हैन सुप्रिम कमाण्डर कानोको सेल्टरबाट १ लाख डलर, कम्प्युटर, मेमोरी स्टीक, हार्ड डिस्कहरु बरामद गरेको सरकारले प्रचार गरिरहेको छ । रक्षामन्त्री हुवाँ कार्लोस पिन्जनले कानो सैनिक भिडन्तमा मारिएको निश्चित हो भनि सनाखतपछिको प्रतिवेदनहरुको वितरण गर्दै सहादतप्राप्त नेताको तस्वीर सार्वजनिक गरेको छ ।
सरकारले सेप्टेम्वर २०१० मा मोनो हो होए नामका कमाण्डरको त्यसैगरी नृशंस हत्या गरेको थियो भने अर्का नेता रेयसको पनि यसअघि नै त्यसैगरी हत्या गरिसकेको थियो । र, कतिपय छापामार योद्धाहरुलाई सरकारी फौजले गिरफ्तार गरेर जेलमा सडाई रहेको छ । कतिपय योद्धाहरुलाई भने आत्मासमर्पण गर्न बाध्ये पारेको छ ।
कमाण्डर मोनो हो होए
फार्कलाई समाप्त गर्न साम्राज्यवादी अमेरिकाले कोलम्बियालाई ठूलो सहयोग उपलब्ध गराईरहेको छ । अरबौ डलरको आर्थिक सहयोग, गुप्तचर संस्थाहरुको ब्यापक संचालन र तालिम, लडाकु ब्ल्याकहक हेलिकप्टरहरु तथा सैनिक परिचालनमा समेत थेगेको छ । माक्र्सवादी फार्कलाई साम्राज्यवादी अमेरिका र युरोपियन युनियनले आतंकबादी संगठनको कालो सूचीमा दर्ज गरेको छ ।
फार्कलाई सिध्याउनको लागि सरकारले कुलीनवर्ग, सामन्त तथा पुँजिपतिहरुसंग साठगांठ गरेर दक्षिणपंथी पारामिलिटरी गैरसरकारी फौजको धेरै बर्षसम्म संचालन ग¥यो । तर सरकारको यो गैरकानुनी कदमको सर्वत्र विरोध भएपछि पारामिलिटरीलाई आम माफी दिने घोषणा गर्दै एकीकृत फौजको निर्माण गरी फार्क बिरुद्ध पुनः संचालन गर्दै आएको छ । फार्कलाई सरकारले हत्या र दमन गरेरै सिध्याउने षडयन्त्र गरिरहेको छ । फार्कद्धारा पटक पटक वार्ताको प्रस्ताव राखेपनि सरकारले ठाडै अस्वीकार गरेको छ । पुर्णत निशस्त्र भएर माफी नमागेसम्म वार्ता नगर्ने शर्त सरकारले राखेपछि वार्ताको सवै ढोकाहरु बन्द भएका हुन् । माक्र्सवादी सत्ता स्थापनाको लागि फार्कद्धारा संचालित शसस्त्र संघर्ष बिगत ५० वर्षदेखि जारी नै छ ।
अल्फोन्सोको हत्यापछिको फार्कको प्रतिकृया— आन्दोलन निरन्तर गरिरहने घोषणा
आफ्ना प्रिय सुप्रिम कमाण्डरको हत्या लगत्तै राष्ट्रपति सान्तोसको विजयको जोशमा फार्क बिरुद्ध ओकलेको उत्तेजक गालि वेइज्जति र घोषणाका बिरुद्ध फार्क झनै क्रुद्ध बनेको छ । फार्कले तत्कालै सर्वसम्मतवाट नयाँ नेताको चयन पनि गरिसकेको छ उनको नाम हो तोमाशेन्को.। अल्फोन्सो कानो मारिंदैमा युद्ध समाप्त हुंदैन अझ जोडदारले युद्धलाई अघि बढाउने छौं । कसैले आन्दोलनकारीको हत्या गर्दैमा कोलम्बियाली आन्दोलन मर्दैन, एउटा ढल्छ अर्कोले कमान संभाल्छ भन्दै २०११ को ६ नोभेम्वरका दिन एक वक्तव्य जारी गर्दै भनेको छ
“गुरिल्लाहरुलाई क्षत विक्षत पार्दैमा कोलम्बियामा शान्ति जन्मिदैन, जुन कारणले विद्रोहको प्रारम्भ भएको थियो । त्यसको निराकरण बिना संभव छैन । हामी हाम्रो प्रयत्नलाई अझ दोब्बर पारी छाड्छौं .." भनिएको छ ।
पmार्कको स्थापना सन १९६४ मा कोलम्बियाको मध्यवर्ती क्षेत्र टोलीमामा भएको थियो । चालीस वर्षसम्म फार्कका संस्थापक म्यानुअल मारुलान्दाले यसको नेतृत्व गरेका थिए भने उनको देहान्त २००८ को मार्च महिनामा हृदयघातबाट हुनु अघि देखि नै समूहलाई एक पछि आर्को धक्का लाग्दै आएको थियो भने कानोको हत्यापछि यसको अवस्था झनै क्षिण भएर गएको भएपनि उनिहरुले हिम्मत हारेका छैनन् र थप विश्लेषणको आवश्यकता पनि महशुस गरेका छैनन् ।
स्मरण रहोस सन १९४८ मा जन्मेका अल्फोन्सो कानोको सहि नाम गिलेर्मो लिओं सायन्ज हो उनि सन् १९७० को दशकमा राजधानी बोगोटाको राष्ट्रिय बिश्व विद्यालयमा अध्ययनरत विद्यार्थी नेता थिए । अध्ययन सकेपछि याेंग कम्युनिष्ट लिग हुंदै उनि प्याट्रिओटिक फ्रन्ट पार्टीमा छापामार समुहको राजनैतिक गतिविधिमा कार्यरत थिए । तर प्रतिगामी प्यारामिलिटरी सैनिक दस्ताले यसको झण्डै २००० पार्टी सदस्यको हत्या गरेपछि कानो भूमिगत कम्युनिष्ट पार्टी कोलम्बियाको प्रमुख बनेका थिए ।
सरकारले फार्कबाट जनतालाई सम्पर्क बिहिन बनाउन अनेकौं किसिमको आर्थिक सहयोग गरिरहेको छ । गुरिल्लाहरुको बढी सम्पर्कमा रहेका ८२३ जना किसान परिवारलाई विस्थापित गरिसकेको छ । त्यतिमात्र नभएर सरकारी सेनाले निर्दोष गाउँलेको हत्या गरी फार्कलाई आरोप लाउने गरेको कुरा मानवअधिकारवादी क्लाउडिया पेनाले तथ्य सार्वजनिक गरेका छन् । आर्थिक सहयोगको अतिरिक्त सकारले ठूला स्कुलहरु स्थापना गरिदिने, कम्प्युटर तालिम, प्राविधिक तालिम किसानलाई बिउ बिजन बितरण र राहतको कार्यक्रम दिने र साइकल समेत पनि बितरण गरिरहेको छ । अनि फार्क बिरुद्ध विभिन्न सामुदायिक समितिहरुको निर्माण गरेर प्रतिकार गर्न लगाएको छ ।
शहरमा पस्न नदिने जनताबाट कटाउने र शहरभन्दा बाहिर दुर्गम क्षेत्रमा सिमित गर्ने र घेराबन्दी गरी मार्ने षड्यन्त्रमा तल्लिन छ सरकार ।
फार्क (क्रान्तिकारी शसस्त्र समूह) का सर्वोच्च नेता कमरेड अल्फोन्सो कानो
फार्कको केन्द्रीय सचिबालय स्टाफद्वारा १७/११/२०११ मा जारी बक्तव्यमा
"कानोको मृत्युप्रति संसारभरीका साम्राज्यवाद बिरोधी आन्दोलनकारीहरु पँुँजीवादको शोषणमा परेका पिडितहरु, विश्व साम्राज्यबादी आन्दोलन संप्रभुताको लागि झण्डा उठाइरहेका प्रजातन्त्र र स्वाभिमानका खातिर लडिरहेका सबै शोकमग्न भएका छन् । यसले यो पृथ्वीका असल मान्छे विशेषतः ल्याटिन अमेरिका, क्यारेबियन मुलुक र कोलम्बियालाई मर्माहत पारेको छ । म्यानुअल, ज्याकोब र अल्फोन्सो सँधै नै हाम्रो आदरणीय महान गुरु थिए र हामीहरु उनीहरुबाट सिकिरहेका थियौं । भविष्यको जितको शुनिश्चितताको लागि उनीहरुको बलिदानीले हामीलाई उत्साह थपिरहेको छ ।
चे ग्वेभाराको हत्यापछि के ल्याटिन अमेरिकाको विद्रोह सिद्धियो ? तिनीहरु सोच्दा होलान् अल्फोन्सो कानोका हत्यापछि विद्रोह सिद्धियो । कानोको हत्यापछि हाम्रो अमेरिकी गौरवलाई दमन गर्न सकिन्छ । सान्दिनिस्ता नेशनल लिबरेशन फ्रन्टका संस्थापक तथा प्रमुख कार्लोस फोन्सेकाको मृत्युपछि पनि निकारागुवाको शसस्त्र बिद्रोहले सफलता पाई छाड्यो । प्रतिकृयावादी अमेरिकी पिठ्ठु समोजाको सत्ताले शर्मानाक हार बेहोर्नै प¥यो । भियनतामका नेता होची मिन्हको मृत्युपछि पनि साम्राज्यवादीहरुले हार बेहोरेर पूर्वी एशियाबाट टाङमुनि पुच्छर हालेर लज्जास्पद पराजयपछि भाग्नुपरेको थियो ।
थुपै्र देशका र समाजका चर्चित नेताहरुको हत्या गर्दैमा आन्दोलनहरु समाप्त भएका छैनन् अझ शक्तिशाली रणनैतिक शक्ति संचयका साथ विजय हासिल गरेका छन् ।
ल्याटिन अमेरिकी महान् नेता सिमोन बोलिभारले संचालन गरेको साम्राज्यवाद र उपनिवेशवाद विरोधी आन्दोलनले दुई शताब्दीपछि सफलता पाएरै छाड्यो । त्यसैगरी टुपाक अमारु र टुपाक कतारीको विषयमा पनि त्यही घटना दोहोरियो । क्युबाको स्वतन्त्रता सेनानी जोसे मार्तिको हत्या गरियो तर देशको मुक्ति आन्दोलन रोकिएन ।
कोलम्बियाको रक्षामन्त्री उरिबेले हजारौं जन्ताको हत्यागरी आन्दोलनलाई दबाउन खोजेको थियो हत्यारो सान्तोस रक्षामन्त्री हुँदा हत्या गरिएको दुई हजार बेपत्ता मान्छेहरुको मृत शरिरका कंकालहरु भरखरै पत्ता लागेका छन् ।
अन्तर्राष्ट्रिय कानूनलाई अबज्ञा गर्दै विगत ७० बर्ष लामो तानाशाही सरकारले चिले, अर्जेन्टिना, पेरु र ग्वाटेमाला सहित यो महादेशलाई सबैभन्दा ठूलो चिहानको महादेश बनाए ।
चे को शरिरलाई हत्या गरी हात काटेर अज्ञात ठाउँमा हत्याराहरुले गाडेका थिए । के सँधै गाडी रहन सके ? यतिखेर अल्फोन्सो कानोको मृत शरिरलाई वेपत्ता पारिएको छ । चे को मृत शरिर जनतालाई बुझाए झैं वुझाउनु पर्ने दिन आउने दिनहरुको गन्तिमा छौं हामीहरु ।
पत्रकार, वुद्धिजीवी, राजनीतिज्ञहरु जो इमान्दारिताका साथ वाकस्वतन्त्रतामा विश्वास गर्दछन् उनीहरु सबैलाई छापामार युद्धको विषयमा सहभागिता जनाई तथ्य सत्य बाहिर ल्याउन आग्रह गर्दछौं ।
गल्ती नगरौं संघर्ष जारी छ । केही पनि समाप्त भएको छैन । एउटा बिन्दुमा पुगेर तिनीहरुले यो अपराधप्रति जवाफदेही हुनुपर्नेछ । निकारागुवाको अनास्तासियो समोजाले आफूलाई शक्तिशाली तेजस्वी र दुर्भेद्य ठान्थ्यो तर पराजित भयो, सिद्धियो र अन्ततः म¥यो" सो बक्तव्यमा भनिएको छ ।
जय कार्की, अन्टुफ उपाध्यक्ष
फार्क यतिखेर शसस्त्र युद्ध र जनसंघर्षलाई जोड्न अनेकौं प्रयत्न गरिरहेको छ । त्यसको प्रत्यक्ष उदाहरण हो कोलम्बिया विश्वबिद्यालयका विद्यार्थीहरुले शिक्षामा भएको व्यापारिकरणको बिरुद्धको आन्दोलन र तेल कम्पनीका मजदुरहरुले तलव वृद्धि र सामाजिक शुरक्षाको माग गर्दै गरेको हड्ताल । तर यी दुवै आन्दोलनलाई फार्कसित सहानुभूति राख्नेहरुको आन्दोलन भनि सरकारले दमन गरेको छ ।
जय कार्की
१२ डिसेम्बर २०११
ललितपुर