यही जेष्ठ २२ गतेका दिन अखिल नेपाल ट्रेड युनियन महासंघको बैठक स्थानीय निर्वाचन सकिए लगतै पदाधिकारीको बैठक इन्चार्ज नेकपा माओवादी केन्द्रकी नेतृ तथा सांसद जयपुरी घर्तिको उपस्थितिमा र अन्टुफ अध्यक्ष जगत सिम्खडाको अध्यक्षतामा बसी सम्पूर्ण संगठनात्मक गतिविधिलाई नयाँ गति र उर्जाकासाथ अघि बढाउने निर्णय गरेको छ ।

पदाधिकारीको सो बैठकले स्थानीय निर्वाचनका कारण स्थगित भएको पेसागत संघहरु र त्यसको लगतै महासंघको महाधिवेशन गर्ने र विधान एक महिनाभित्रमा संशोधन गरी पारित गर्ने, लेभिलाई अनिवार्य शर्त बनाउँने, सामाजिक सुरक्षा, बेतन बृद्धि, सरकारले तोकेको न्यूनतम अनौपचारिक क्षेत्र तथा आउट सोर्सिङ क्षेत्र, लगायतका अस्तित्वमा देखा परेका विभिन्न पेसागत समश्याहरुलाई उठाई प्रदेश र पेसागत संघहरुले संघर्षका नियमित कार्यक्रम गर्नुपर्ने लगायत बारे छलफल भएको थियो ।

सबैभन्दा गंभिररुपमा स्वरोजगारको ऋण भुक्तानी र मजदुर सहकारीको हिसाबकिताब र संचालनमा देखा परेको गडबडिका बारेमा छलफल भएको थियो । अधिकाँशले जस्ले खाएको हो, दुरुपयोग गरेको हो, अनियमितता गरेको हो उसैबाट सो रकमको प्रचलित नियम कानुन अनुसार उठाउँनु पर्ने ताकेता गरिहाल्नु पर्ने र कुनै निर्दोष ब्यक्ति वा सदस्यलाई सजायको भागीदार बनाउँन नहुने र त्यसो गर्न नदिने भनि छलफल भएको छ ।
यस्कालागि तत्कालै कदम चाल्ने निर्णय पनि भएको छ । सम्भवत यसै बिषयका आधारमा यही जेष्ठ २७ गतेका दिन अन्टुफ सचिवालयको बैठक बस्ने निर्णय गरी पदाधिकारीको बैठक सम्पन्न भएको छ ।
पेसागत संघहरुको राष्ट्रिय सम्मेलनहरु संघ र प्रदेशको संसदीय निर्वाचन भन्दा अघि गरिसक्नेगरी निर्णयार्थ सचिवालयको बैठकमा प्रस्तुत हुन्छ ।