२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

नेपाल कम्युनिस्ट पार्टी माओवादी केंद्रको स्थायी समिति बैठकले पारित गरेका निर्णयहरु

सोमवार , भाद्र ६, २०७९

  • नेपाल कम्युनिस्ट पार्टी माओवादी केंद्रको स्थायी समिति बैठकले पारित गरेका निर्णयहरु यसप्रकार छनः-
१.पार्टी र सरकारको तर्फबाट सहिद र वेपत्ता परिवार तथा घाइते अपांग योद्धालाई संगठित र व्यवस्थापन गर्न स्थानीय, प्रदेश र केन्द्रले आ-आफ्नो स्थानमा जिम्मेवारी लिने।
२. तपसिल अनुसार प्रदेशस्तरिय कार्यक्रम सम्पन्न गर्ने:
१. भाद्र ७ गते मधेस प्रदेश
२. भाद्र ९ गते गण्डकी प्रदेश
३. भाद्र १० गते प्रदेश न. १
४. भाद्र ११ गते लुम्बिनी प्रदेश
५. भाद्र १२ गते वाग्मती प्रदेश
६. भाद्र १३ गते उपत्यका विशेष
७. भाद्र १५ गते सम्पर्क समन्वय
८. भाद्र १६ गते कर्णाली प्रदेश
९. भाद्र १७ गते सुदुरपश्चिम प्रदेश
३. १७ सदस्यीय निर्वाचन घोषणा पत्र निर्माण समिति गठन:
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन भएको छ। सदस्यहरुमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल,गणेश साह, परशुराम तामाङ, अमृता थापा, पर्शुराम रम्तेल, जगत सिम्खडा, जाकिर हुसेन, हरि रोका, मिनबहादुर श्रेष्ठ, मिरा ढुंगाना र कृष्ण चौधरी रहनु भएको छ।
४. विद्यार्थी संगठनको समस्या समाधानको लागि कार्यदलले दिएको रिपोर्ट अनुसार नै पार्टीको तर्फबाट अध्यक्षले निर्देशन गरि समाधान गर्ने।
५. पार्टीका केन्द्रीय बिभागहरुका रिक्त प्रमुख र सदस्यहरुलाई विभाग प्रमुखहरुको आवस्यक परामर्शसहित कार्यालयले टुंगो लगाउने।
६. आयोगका रिक्त सदस्य पुर्ती गर्न आयोगको सिफारिसमा केन्द्रीय कार्यालयले टुंगो लगाउने।
७. केन्द्रीय समितिका सदस्यहरुले यथासिघ्र सम्पत्ति विवरण फारम भरी केन्द्रीय कार्यालयमा पेश गर्ने
८. संगठन सम्बन्धीः-
(क) पार्टी केन्द्रीय पदाधिकारीबारे:
अध्यक्ष कमरेड प्रचण्डले बैठकमा केन्द्रीय पदाधिकारी सम्बन्धि प्रस्ताव पेश गर्नु भयो। आवस्यक छलफल सहित उक्त प्रस्ताव पारित गरिएको छ।
१. अध्यक्ष : पुष्पकमल दाहाल प्रचण्ड
२. वरिष्ठ उपाध्यक्ष: नारायणकाजी श्रेष्ठ
३. उपाध्यक्ष: कृष्णबहादुर महरा
४. महासचिव: देवप्रसाद गुरुङ
५. उपमहासचिवहरु: गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव
६. सचीवहरु: दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की
७. कोषाध्यक्ष: श्रीराम ढकाल
(ख) स्थायी समितिबारे: अध्यक्ष कमरेडद्वारा बैठकमा प्रस्तुत ४३ जनाको स्थायी समितिको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरियो।
(ग) पोलिटब्युरो गठन: अध्यक्षद्वारा बैठकमा पेश भएको १२५ पुर्ण र ७२ वैकल्पिक सहित १९७ जनाको पोलिटब्युरो गठन भएको छ।
- सूर्य किरणबाट