२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

बरिष्ठ पत्रकार भवानी बरालको फरकधारको "नो नट अगेन" आन्दोलनका नाराहरु!

बुधवार , कार्तिक २३, २०७९

‘नो नट अगेन’ आन्दोलनमा बरालको फरक धार
बरिष्ठ पत्रकार भवानी बरालले ‘नो नट अगेन’ आन्दोलनलाई फरक धारमा लैजान सामाजिक सञ्जाललाई उपयोग गरेका छन् । ‘नो नट अगेन’ आन्दोलनले अराजनैतिक कुरालाई अतरिञ्जीत गरेको छ । र, वर्तमानको परिवर्तनलाई आत्मसाथ गर्न सकेको छैन । त्यसमाथि पनि व्यंग्य बाँण गर्न थालेपछि नारा कै रुपमा वर्तमानको उपलब्धिको इतिहासलाई सम्झाउने प्रयत्न बरालले गरेका छन् ।
संगसंगै वर्तमानको भ्रष्टाचार बेथितिलाई पनि सम्झाउने कोशीस गरेका छन् । कतै कसैको नामै नलिई बुझिने भाकामा उनले कसलाई भोट दिने कसलाई नदिने कुरोको खुटखबर पस्कने प्रयास गरेका छन् ।
वर्तमानको उपलब्धि संघीयता लोकतन्त्र गणतन्त्र धर्म निरपेक्षताको मर्म र भावनालाई नारामा उद्देलित गरेका छन । परिवर्तनको लागि इतिहासमा भएका कोतपर्वहरु राजनैतिक स्वतन्त्रताका निम्ति निरंकुश राजतन्त्रले गरेका काण्डहरु आजको पुस्तालाई सम्झना गराएका छन् ।
बरालको फरकधारको नो नट अगेन आन्दोलनका नाराहरु :
खुल्लम खुल्ला जबाफ ः नो नट अगेन
(१)
नो नट अगेन - राजतन्त्र
नो नट अगेन - एकात्मक
नो नट अगेन - धर्म सापेक्ष
नो नट अगेन - निरंकुशता
नो नट अगेन - एक नश्लियता
नो नट अगेन - लुटतन्त्र
खुल्लम खुल्ला जबाफ ः नो नट अगेन
(२)
नो नट अगेन - निर्दल
नो नट अगेन - पश्चगमन
नो नट अगेन - प्रतिगमन
नो नट अगेन - संसद विघटन
नो नट अगेन - उत्पीडन
नो नट अगेन - उखान
खुल्लम खुल्ला जबाफ ः नो नट अगेन
(३)
नो नट अगेन - पानी टंकी
नो नट अगेन - एती होल्डिङ्स
नो नट अगेन - ओम्नी
नो नट अगेन - सत्तरी करोड
नो नट अगेन - बालुवाटार बस्ती
नो नट अगेन - चियाबगान बेचबिखन
नो नट अगेन - वाइड बडी
नो नट अगेन - बतास
नो नट अगेन - बैगुनी
खुल्लम खुल्ला जबाफ ः नो नट अगेन
(४)
नो नट अगेन - टिम्बुर बोटे
नो नट अगेन - हर्रेबर्रे
नो नट अगेन - सुखानी
नो नट अगेन - छिन्ताङ्
नो नट अगेन - पिस्कर
नो नट अगेन - दोरोम्बा
खुल्लम खुल्ला जबाफ ः नो नट अगेन
(५)
नो नट अगेन - कोत पर्व
नो नट अगेन - पुषे पर्व (०१७ पुष १)
नो नट अगेन - दाश ढुङ्गा (०५० जेठ ३)
नो नट अगेन - नारायणहिटी पर्व (०५८ जेठ १९)
नो नट अगेन - असोजतन्त्र (०५९ असोज)
नो नट अगेन - मकरतन्त्र (०५९ माघ)
नो नट अगेन - ज्ञानेन्द्र पथ ।