२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

के हो अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवस ?- जय कार्की

बिहिवार , बैशाख १४, २०८०

अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवस द्दड अप्रिल अर्थात जोखिम तथा दुर्घटना बिरुद्धको व्यवसायजन्य स्वास्थ्य सुरक्षा दिवस । यसको शुुरुवात सन १९९६ बाट भएको हो । यो दिवस भनेको जोखिमयुक्त व्यवसायजन्य दुर्घटना वा त्यसबाट उत्पन्न भएको रोगबाट मृत्युवरण गरेका श्रमिकहरुको संझनामा तथा हाल कार्यरत कलकारखाना, खानी तथा जोखिमयुक्त तथा विषाक्त, प्रदुषण, विपतयुक्त अनेकौं किसिमका पेसाहरुमा जोडिएका श्रमिकहरुको ब्यवसायजन्य रोग वा दुर्घटनाबाट सुरक्षा प्रदान गर्नको लागि खबरदारीकालागि, चेतना जगाउनकालागि विश्वव्यापीरुपमा मनाईन्छ । मूलत जोखिम अन्त्यको लागि श्रमिक स्मृति दिवस मनाईन्छ । विषाक्त कार्य क्षेत्रको अन्त्य र निर्मलिकरण गरी स्वस्थ र सुरक्षित कार्यस्थलको निर्माणका लागि मनाईन्छ । मूलत यो दिबस मनाउनुको अर्थ सुरक्षित र स्वस्थ कार्यस्थलमा श्रमिकले गर्न पाउँनु पर्दछ भनि माग गर्दछ । अर्को तर्फ आइएलओले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयलाई सामूहिक सौदबाजी गरेर हटाउन सकिंदैन, घटाउँन पाईदैन किनकि यो मौलिक अधिकारभित्र पर्दछ । कसैले पनि जबरजस्ति कुनै पनि श्रमिकलाई विषाक्त र जोखिमयुक्त कार्यथलोमा काम लगाउँन नपाउँने गरी प्रतिबन्ध गरेको छ । आईएलओले अनुमोदन गरेको स्तर निर्धारणलाई हुबहु लागूगर्नु पर्दछ । किनकि जे स्तर निर्धारण गरेको छ त्यो भन्दा कम भयो भने श्रमिकको ज्यान जाने खतरा अधिकतम बढेर जान्छ । त्यसो भएको खण्डमा त्यसले बहुआयामिक नकारात्मक असर गर्दछ । आईएलओको तथ्याँक अनुसार असुरक्षित तथा बिषाक्त कार्यस्थलको कारण जोखिममा परेका प्रत्येक वर्ष तीस लाख कामदारहरूलाई सम्बोधन गर्ने योजना रहेको छ । यसकालागि रोजगारदाता, श्रमिकहरु र सरकार तिनवटै पक्ष सचेत हुनुपर्दछ । श्रमिकहरुको बारेमा संगठनहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन् भने विद्यमान ऐन कानुनलाई कडाईकासाथ लागू गर्नु अरु दुई पक्षको मुख्य जिम्मेवारी हो । हरेक श्रमिक आफैले यो काम गर्दा मेरो स्वास्थ्य तथा परिवार र समाजलाई कस्तो नकारात्मक असर पर्दछ । यो घातक कार्यस्थलमा मैले काम गर्नुहुँदैन भन्ने चेत सबैमा चेतनाको आवश्यक छ । सही सही सुरक्षा उपकरणको पनि झर्को नमानी अनिवार्य प्रयोग गर्नैपर्दछ । अप्रिल २८ लाई अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवसका नाममा संयुक्त राष्ट्रसंघ र आईएलओले अनुमोदन गरेकोले सबैकालागि अनिवार्य बनिसकेको छ । अन्तर्राष्ट्रिय  श्रमिक स्मृति दिवसको शुभकामना ।