हालै सम्पन्न अन्टुफको आठौं महाधिवेशनद्धारा निर्वाचित केन्द्रिय समितिलाई प्रमुख अतिथि प्रधानमन्त्री प्रचणडले सपथ ग्रहण गराउनुभयो ।
सपथ ग्रहण तथा पदस्थापन समारोहको प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विशेष अतिथि अन्टुफ इन्चार्ज जयपुरी घर्ति हुनुहुन्थ्यो भने समारोहको सभापतित्व नबनिर्वाचित अध्यक्ष जगत सिम्खडाले गर्नुभएको थियो । कार्यक्रमको संयोजन तथा उद्घोषण बरिष्ठ उपाध्यक्ष धनबहादुर बिकले गर्नु भएको थियो ।
अन्टुफ उपाध्यक्षहरु जय कार्की, उषा देवबोटा, कोषाध्यक्ष घनश्याम ठकुरी, किरण रेग्मी लगायतलाई बिदाई कदर प्रमाणपत्र प्रमुख अतिथि तथा प्रधानमन्त्रीले प्रदान गर्नुभएको थियो ।
त्यसको लगतै नबनिर्वाचित केन्द्रिय समितिलाई प्रधानमन्त्रीले शपथ ग्रहण गराउनुभएको थियो । अध्यक्ष जगत सिम्खडालाई अध्यक्ष पदको प्रमाण पत्र हस्तान्तरण गर्दै सम्पूर्ण प्रमाणपत्रहरु वितरण गर्न सुझाव दिनुभएको थियो ।
सो प्रमाणपत्र महाधिबेशनले व्यवस्था गरेको तथा विधानमा ब्यवस्था भए बमोजि अध्यक्ष मण्डलको अध्यक्ष तथा निर्वाचन आयुक्त जय कार्की र अन्टुफ इन्चार्ज तथा विशेष अतिथि जयपुरी घर्तिले निकै रमाइलो उत्सवकासाथ शुभकामना तथा बधाई सन्देशकासाथ प्रदान गर्नुभएको थियो ।
त्यसरी प्रमाणपत्र ग्रहण गर्नेहरुमध्ये बरिष्ठ उपाध्यक्ष धनबहादुुर बिक, उपाध्यक्ष एसबी थापा, बिष्णुु थापा, सोम तामाङ, राजकुमार लामा... लगायत पदाधिकारीको २५ जनाको टिम रहेको थियो ।
त्यसको लगतै केन्द्रिय सदस्यहरुलाई खादा र प्रमाणपत्र पालैपालो प्रदान गरिएको थियो । तस्बिरमा बाँकी गतिविधिहरु हेर्न अनुरोध छ ।
आठौं महाधिवेशनबाट अन्टुफ केन्द्रिय समितिबाट बिदा लिनु भएको
आठौं महाधिवेशनबाट अन्टुफ केन्द्रिय समितिबाट बिदा लिनु भएको
आठौं महाधिवेशनबाट अन्टुफ केन्द्रिय समितिबाट बिदा लिनु भएको
आठौं महाधिवेशनबाट अन्टुफ केन्द्रिय समितिबाट बिदा लिनु भएको
तस्बिरमा बाँकी गतिविधिहरु