२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

सम्पादकीय: ने क पा माओवादी केन्द्रको चालू बैठक र घनिभूत बहश

शुक्रवार , श्रावण १९, २०८०

ने क पा माओवादी केन्द्रको चालू बैठकमा अब्बल दर्जाको क्रान्तिकारी पार्टी निर्माणको बिषयमा घनिभूत बहश भैरहेको छ । बक्ताहरुले खुलेर आफ्ना विचारहरु प्रस्तुत गरिरहनुभएको छ । योजनाहरु प्रस्तुत गरिरहनुभएको छ, प्रस्तुत कार्ययोजनामाथि राम्रा राम्रा सुझावहरु दर्ज गराई रहनुभएको छ । नकारात्मक तरङ्ग पैदा गर्न खोजेको देखिन्छ । बैठकको गरिमालाई घटाई अराजकताको भिड वा अल्छेहरुको अखडा भनि दुस्प्रचार गर्न खोजेको देखिन्छ । बैठकले नयाँ उत्साह थपेको छ । प्रधानमन्त्री प्रचाण्डको नेतृत्वको सरकारले अहिलेसम्मकै उत्कृष्ट काम गरेको भनि अधिकाँश सहभागीहरुले प्रशंसा गरिरहेका छन् र भ्रष्टाचारी जुनसुकै पार्टीको होस् नछोडोस भनि खबरदारी गरिरहेका छन् । पार्टी निर्माणको लागि गाउँ टोल घरघरमा जाने सल्लाह र सुझाव दिईरहेका छन् । त्यस्कालागि मिहिन र ठोस योजनाको माग गरिरहेका छन् । तर बाहिर मिडियाहरुमा लौ माओवादी सिद्धियो, खत्तम, अब झन् कम्जोर भयो भन्ने दुष्प्रचार भैरहेको देख्ता र हलभित्रको माहोल कस्तो थियो र छ भन्ने समेत थाहा नपाएका महानुभावहरुले सामाजिक संन्जालभरि अनर्गल प्रचार गरेको देखिएको छ । नेकपा माओवादी केन्द्र जनजनमा बसेको र ऐतिहासिक कार्यमा संलग्न भैरहेको जग जहेर नै छ । के देश र जनताको लागि सुशासन र समृद्धिको जग बसाल्नुु अपराध हो ?