भारतीजी विश्वभाषा क्याम्पसकाे प्राध्यापक हुनुहुन्छ ।
तिजले उठाएका केही प्रश्नहरूमाथिकाे वहस परिवर्तन कसरी आउँछ भन्ने विषयमा वहस गराैं।के यसरी वियर खाएर शरीरभरि सुनैसुनले ढपक्कै ढाकिएर ,नयाँ राताे साडीमा सजिएर नाचेपछि समाजवाद आउने हाे कि? या त गरिब दिदीबहिनीका अगाडि बढी सान देखाएर स्वतन्त्रता आउने हाे?यसबारेमा छलफल गर्न चाहन्छु म।विगतदेखि नै अवश्य पनि हामीले नै महिला स्वतन्त्रताको आवाज सबैभन्दा बढी उठाइरहेका छाैं र संविधानमा महिलाका अनेकौं हकहितको लिपिवद्व पनि गरेका छाैं।यी नाच्नेहरूले हैन ,स्वतन्त्रताको प्रत्याभूति हामीले गुरिल्ला युद्ध गरेर ल्याएका हाैं।
आज महिला राष्ट्रपति भएकाे कसकाे बलमा हाे? महिला प्रधानन्यायाधीश भएकाे ,सभामुख भएको कस्ले गर्दा हाे? गाउँगाउँमा जनप्रतिनिधिका रुपमा अनिवार्य महिला सिटकाे व्यवस्था भएको छ।लाेकसेवामा महिलाको सिट सुरक्षित गरिएको छ।के यी सबै सुविधा यसरी नै तिजमा वियर खाएर नाचेकाहरूले ल्याएका हुन्?कुन समाजमा महिलाले यसरी नाचगानमा स्वतन्त्रता प्राप्त गरेका भरमा समाज रुपान्तरण भएको छ?खाली हरेक विषयमा विज्ञता प्रदर्शन गर्ने नाममा खाेखला ढाेल बन्ने काम मात्रै भएको देख्छु केही "बुद्धिजीवी" तथा "रेसनलवादी"हरूकाे।हामीले त्यसकारण महिलाहरू छाडा भए भनेर विराेध गरिरहेका छैनौं महत्त्वपूर्ण विषयमा समाज पछाडि परेकाले चिन्ता प्रकट गरेका हाैं।
भारतलगायतका महिलाहरू यस्तै चुडिया पहिरेर लिपिस्टिक,पाउडरमा पैसा उडाइरहेका छन् यिनीहरू कसैलाई पनि समाज परिवर्तनको कुनै चासो छैन।त्यसकारण तिजका नाममा अहिले जुन उत्पात मच्चाउने खेल सुरु भएको छ यसले कुनै महिलाको स्वतन्त्रता प्रत्याभूति गर्दैन। पाश्चात्य देशका महिलाहरू पुरुषसँग बराबर काममा नारिएका पनि छन् ,आफ्नो हकहित के हाे त्यसप्रति पनि सचेत छन् ,त्यतातिरकाे पनि समाजको उदाहरण हेर्ने बानी गराैं न! खाली स्वतन्त्रताका नाममा हुने महिलावाद हाम्रालागि स्वीकार्य छैन।हामी महिला पुरुष दुवैको समान अधिकारकाे कुरा गर्छौ तर लाेग्ने लंगाैटीका भरमा दिनभर घाम खाएर काममा जाेतिएकाे छ तर श्रीमती लाेग्नेकाे पसिनामाथि माेज गरिरहेको छ।
यहीँ व्यवस्था चलिरहेको खण्डमा भ्रष्टाचारकाे मूल पुरुष हैन यिनै विलासी महिला हुनेछन् र यिनले नै लाेग्नेलाई खराब काम गरेर पनि पैसा कमाउन वाध्य पार्नेछन्।अधिकांश महिलाले आफ्नो पैसामा गहना किनेर माेज गरून् त ल हेराैं? त्यसै महिला स्वतन्त्रताको टपर्टुइया सिद्धान्त छाटेर लाटो देशको गाँडाे तन्नेरी बन्न खाेज्ने "बुद्धिजीवी" लाई सुधारिन विशेष आग्रह र अनुरोध पनि गर्न चाहन्छु।समाजवादको सिद्धान्त भजाउने अनि ताताे न छाराेकाे महिला स्वतन्त्रताको कुरा गर्ने ?एकखाले महिलावादीहरु छन् जाे ठूलठूला तारे हाेटलमा महिला हिंसाको विराेधमा सेमिनार गर्छन् र घर झगडा मात्रै पार्छन्।हामी भन्छाैं हरेक आन्दोलन महिला पुरुष मिलेर नै गर्नुपर्छ तर पुरुष विराेधी महिलावादीहरूले जहिल्यै आन्दोलन भाँड्ने काम गरेका छन् ।
हिजो राेल्पा,रुकुम ,जाजरकोट ,कालिकोट ,जुम्ला ,हुम्लालगायत देशका कुनाकाप्चाका उत्पीडित महिलाले पिठ्युँमा बच्चा बाेकेर झाेलामा ग्रिनेड,बम र बारुद बाेकेर सामन्तवादकाे टाउके राजतन्त्रमाथि प्रहार गरे,घरवारविहीन भएर,घरधन्धा छाडेर आन्दोलनमा भाग लिए र न आज यति ठूलो परिवर्तन भयो ।लाै त हेराैं महिलावादी एनजीओ आइएनजिओहरूले परिवर्तन गरेर देखाउन् त ?
बेकारका फेमिनिष्टहरू हुन् यी सबै।अनि यस्तैकाे स्वतन्त्रताको नारा दिने वास्तविक उत्पीडनकाे पक्षमा गीत पनि नगाउने,नाच पनि नदेखाउनेहरूलाई हामीले स्यावासी दिनुपर्ने ?अनि यिनलाई छाडा नभनेर कसलाई भन्ने त?यस्तो कामलाई विकृति नभनेर कस्तो कामलाई विकृति भन्ने त?अनि यस्तै विकृतिलाई महान् परिवर्तन देख्ने "बुद्धिजीवी"लाई पूँजीवादका प्यादा नभनेर के भन्ने त?