२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

क्युबाली छापामार क्यामिलो कस्ता योद्धा थिए ?- जय कार्की

शनिवार , कार्तिक ११, २०८०

"हाम्रो टाउकोमा आकाश खसे पनि क्युबाभरि क्रान्ति जारी रहनेछ ।" क्यामिलो सिएनफुएगोस क्युबाली क्रान्तिका नायक फिडेल कास्त्रो र चेको सहयोद्धा क्यामिलो सिएनफुएगोस ६ फेब्रुअरी सन १९३२ मा मा हवानाको लटन जिल्लामा जन्मनु भएको थियो । क्यामिलो पालनपोषण सन १९३६–३९ को गृहयुद्ध अघि स्पेनबाट बसाइँ सरेको मजदुरवर्गको परिवारमा भएको थियो । उनको बुबा हवानामा एउटा सानो पसलमा काम गर्ने सुजिकार हुनुहुन्थ्यो । क्यामिलो ललितकला अध्ययनको लागि भर्ना भएको भतापनि फिस तिर्न असमर्थ भएकाले अध्यन परित्याग गर्न बाध्ये हुनुभएको थियो । पिताले संभालिरहेको पेशामा लाग्न बाध्ये हुनुभएको थियो । संघर्षको जीवन १६ बर्षे उमेरमा सरकारले बढाएको बस भाडाको बिरोधमा उत्रिएपछि शुरु भएको थियो । उहाँ वामपन्थी राजनीतिक सिद्धान्तमा आस्था राख्नु हुन्थ्यो । यि होनहार क्युबाली क्रान्तिका लडाकुको मृत्यु अक्टोबर २८, १९५९ मा अचानक हवाई जहाज दुर्घटनाका कारण भएको थियो । दुर्घटनाग्रस्त विमान र क्यामिओको शव कहिल्यै भेटिएन । उहाँ आफै पाइलट हुनुहुन्थ्यो । सो हवाईजहाज अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा खसेको भएतापनि कैयौं दिनको खोजबिन पश्चात पनि पत्तो लागेको थिएन । समुद्रको गहिराईमा धसिएको अनुमान गरिएको थियो । तर यो दुर्घटनाले पार्टी नेतृत्वलाई भने एकदम सावधान बनाएको थियो । शुरक्षा मामिलामा कुनै पनि हालतमा हल्का योजना बनाउनु हुँदैन भन्ने चेत खुलाएको थियो ।
  • "शहरमा धेरै क्यामिलोहरु छन्, र क्यामिलोबाट बाँच्न प्रेरित भएका मानिसहरू छन् , आज र सधैंका लागि" -राष्ट्रपति फिडेल कास्त्रो
उहाँको यो मृत्यु अझै पनि रहस्यमय नै बनिरहेको छ । उहाँ सबार भएको बिमानले अनौठो मोड लिएपछि दुर्घटनाग्रस्त भएको थियो । उहाँको क्रान्तिकारी ब्यक्तित्व आजपजि क्युबाली जनताको लागि सबैभन्दा प्रिय र सबैभन्दा सम्मानित रहिआएको छ । हरेक बर्ष उहाँको संझनामा समाजवादी क्युबामा भव्य राजकिय श्रद्धान्जलि सभा गरी उहाँको देनबारे चर्चा हुने गरेको छ । भनिन्छ क्यामिलो फिडेलका प्यारा थिए फिडेल क्यामिलोका विश्वास प्राप्त थिए । उहाँको बारेमा विश्व चर्चित क्युबाली नायक तथा योद्धा चेग्वाभाराले भनेका थिएः “क्यामिलो नै क्यामिलो थिए, अबन्त–गार्डेका स्वामी र पूर्ण योद्धा थिए जसले युद्धलाई आनन्दकोरुपमा लिन्थे र आफूलाई बलियो बनाउन माहिर थिए । उनी निक्कै रमाईला र सबैलाई आनन्द बिभोर गराउँन सारै खप्पिस थिए । उनी क्युबाली क्रान्तिका होनहार योद्धा थिए ।” ६ फेब्रुअरी १९३२ – २८ अक्टोबर १९५९० हवानामा जन्मिएका क्युबाली क्रान्तिकारी हुनुहुन्थ्यो । फिडेल क्यास्ट्रो, चे ग्वेभारा, जुआन अल्मेडा बोस्क, र राउल क्यास्ट्रोको साथमा उहाँ सन १९५६ को क्युबालाई समाजवादी देश बनाउने क्रान्तिकारी ग्रान्मा अभियानको सदस्य हुनुहुन्थ्यो । जसले क्युबाली तानाशाह फुलगेन्सियो बाटिस्टाको सरकार विरुद्ध फिडेल क्यास्ट्रोको सशस्त्र विद्रोह सुरु गर्यो । क्युबाली क्रान्तिको मुख्य लडाइँ जितेर उहाँ फिडेल क्यास्ट्रोका शीर्ष छापामार कमाण्डरहरूमध्ये एक हुनुभयो । उहाँ कास्ट्रोका शीर्ष छापामार कमाण्डरहरूमध्ये एक हुनुभयो, जसलाई “यागुजयको नायक” भनेर चिनिन्छ । "यागुजायको युद्धका नायक" क्यामिलो सिएनफुगोसलाई क्युबाली क्रान्तिको आधारभूत स्तम्भको रूपमा सम्झिने गरेको छ । सन १९५९ मा क्यास्ट्रोको विद्रोही सेनाको विजयको लगत्तै उहाँलाई क्युबाको सशस्त्र सेनाको प्रमुख नियुक्त गरिएको थियो। त्यो वर्ष कामागुएबाट हवानाको लागि राती उडानको क्रममा उहाँले यात्रा गरिरहेको एउटा सानो विमान बेपत्ता हुँदा उहाँको मृत्यु भएको अनुमान गरिएको थियो। उहाँको रहस्यमय हवाई दुर्घटना र बेपत्ताको बारेमा धेरैले अनुमान लगाएका छन् यसमा कुनै ठूलो बाह्य षड्यन्त्रहरू त थिएनन् ? अन्तिम सार्वजनिक भाषणमा क्यामिलोले क्रान्तिप्रति पूर्ण प्रतिबद्ध रहँदै साम्राज्यावादप्रति लक्षित गर्दै घोषणा गर्नुभएको थियोः “यदि हाम्रो टाउकोमा आकाश खस्यो भने पनि क्रान्ति र कृषि सुधारको कार्यक्रम जारी रहने छ।” उहाँलाई क्युबा सरकारले कृषिको आमूचुल सुधारको महत्वपूर्ण जिम्मेवारी पनि प्रदान गरेको थियो । हरेक बर्ष झैं यस बर्ष पनि अर्थात अक्टोबर २८ का दिन क्युबाली जनताले क्यामिलो सिएनफुएगोसको सम्झनामा श्रद्धान्जलि अर्पण गर्दै समुद्रमा फूलहरू अर्पण गरेका छन् । " यागुजयको नायक”-यि होनहार क्युबाली क्रान्तिका लडाकुको मृत्यु अक्टोबर २८, १९५९ मा अचानक हवाई जहाज दुर्घटनाका कारण भएको थियो ।  क्युवाली क्रान्तिका नायक क्यामिलोले क्युबाको यागजुय मोर्चामा क्रान्तिकारी युद्धमा महत्वपूर्ण लडाइँ जिताउनु भएकोले उहाँलाई राष्ट्रपति फिडेल कास्त्रोले ‘यागुजयको नायक” भनेर सम्मान ब्यक्त गर्नु भएको थियो । राष्ट्रपति कास्त्रो उहाँलाई यसरी संझनुहुन्थ्योः “यदि हामीले एउटा नाम आविष्कार गर्नुपर्यो भने, एक असामान्य नाम, एकै समयमा शक्ति र कविताले भरिएको नाम; यदि हामीले पौराणिक पात्रको लागि नाम आविष्कार गर्यौं भने हामी उसलाई क्यामिलो सिएनफुएगोस नाम दिनेछौं ।” क्रान्तिको दुनियामा २७ बर्षकै उमेरमा चर्चित कमाण्डरको स्मरण क्युबाली जनताले झन् झन् संझिन थालेका छन् उनको महत्वलाई अझ बढी फैलाईरहेका छन । झन् झन् अमर अजर बनेका छन् । क्युबाली क्रान्ति जसरी झन् झन् परिपक्व बन्दैछ र स्थायित्व ग्रहण गर्दैछ । यहाँ फेरी पनि राष्ट्रपति फिडेल कास्त्रोको यो उद्धरण उल्लेख गर्न आवश्यक ठान्दछुः "जनताको चरित्र एकै दिनमा बन्दैन, तर शताब्दीयौंदेखिको अधीनता, शोषण र आधिपत्यले पनि बनिसकेपछि यसलाई नष्ट गर्न सकिँदैन।" क्यामिलो सिएनफुएगोसको सम्झनामा श्रद्धान्जलि अर्पण नेपालको कम्युनिष्ट आन्दोलनमा क्युबाली क्रान्तिका विषयमा गहन अध्ययन हुन्छ, व्यापक छलफल हुन्छ । फिडेल र चे को बारेमा र उनीहरुले नेतृत्व गरेको समाजवादी क्रान्तिको विषयमा सकार र नकारको दृष्टिकोणबाट पनि खुबै बहश हुन्छ । तर अचेल नकारको बहशको भने अन्त्य भएको छ । माथि उल्लेख गरिएको दुई प्रमुख नेता, महिला नेतृहरु तथा योद्धाबाहेक, अरु योद्धा तथा नेतृत्वको बिषयमा खासै चर्चा हुने गरेको छैन । क्रान्तिमा हजारौं होनहार योद्धाहरु होमिएका थिए । ती सबैको बारेमा क्युबाली सरकारले उनीहरुको महत्वबारे चर्चा गरिरहेकै हुन्छ । त्यसमध्ये क्यामिलोको बढि नै चर्चामा आइरहनु हुन्छ ।