विश्व कम्युनिस्ट आन्दोलनमा पहिलोपटक मार्क्सवादको आंशिक प्रयोग सन १८७१ मा पेरिस कम्पुनमा भयो भने सफल प्रयोग सन १९१७ मा भी . आई. लेनिनको नेतृत्वमा रुसमा सम्पन्न समाजवादी क्रान्तिले पुरा गरेको थियो ।
सोभियत समाजवादी व्यवस्था आज इतिहास बनिसकेको छ । यद्यपि रुसी क्रान्ति र सोभियत समाजवादी व्यवस्थाको महत्त्व र उपदेयता आज पनि उत्तिकै सान्दर्भिक , आौचित्यपूर्ण र ऐतिहासिक छ । किनभने महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एक युगान्तकारी परिघटना थियो , जसले विश्वमै पहिलोपटक पुँजीपतिवर्गको हातबाट सत्ता खोसेर सर्वहारा श्रमजीवी वर्गको हातमा सुम्पेको थियो । साथै महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले विश्वमै पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व कायम गरेको थियो ।
यसरी कार्ल मार्क्सको सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सिध्दान्तको व्यवहारिक प्रयोग महान् रुसी अक्टोबर समाजवादी क्रान्तिमा भयो । सन १८७१ मा भएको पेरिस कम्युनको स्थापना र त्यसको अस्थायी धक्काको मुख्य जगमा रुसी समाजवादी क्रान्ति भएको थियो । कार्ल मार्क्सको जीवनकालमा सर्वहारा वर्गले स्थापना गरेको पेरिस कम्युन प्रतिक्रियावादी षड्यन्त्रबाट ७२ दिनमै प्रतिक्रान्तिमा बदलिएको थियो । पेरिस कम्युन कम्युनार्डहरुको नेतृत्वमा भएको थियोे भने रुसी समाजवादी क्रान्ति बोल्सेभिकहरुको नेतृत्वमा सम्पन्न भएको थियो ।
मजदुर वर्ग निर्णायक शक्ति रहेको रुसी क्रान्तिमा किसान वर्ग क्रान्तिको शक्तिशाली सहयोगी बनेको थियो । सन १९०५ मा विद्रोह असफल भए पनि सन १९१४ बाट शुरु भएको पहिलो विश्वयुध्दसंगै अक्टोबर समाजवादी क्रान्तिका आधार खडा भएको थियो । लेनिनले विश्वयुध्दलाई साम्राज्यवादीहरुकाबीचको लडाइँ भएकाले त्यसमा संलग्न नहुन विश्वव्यापी आह्वान गर्नुभएको थियो ।
रुसको सन १९१७ फेब्रुअरीमा सम्पन्न पुँजीवादी प्रजातान्त्रिक क्रान्तिले जारशाहीको अन्त्य गरेको थियोे । लेनिनले पुँजीवादी क्रान्तिले साम्राज्यवादी उत्पीडनबाट जनतालाई मुक्त गर्न सक्दैन , त्यसैले क्रान्तिकारीहरुले त्यसको विरोध गर्नुपर्छ र क्रान्तिलाई निरन्तरता दिन आह्वान गर्नुभएको थियो । त्यसको फलस्वरूप सन १९१७ अक्टोबर २५ ( रुसी नयाँ पात्रो अनुसार सन १९१७ नोम्वर ७ ) तारिखमा लेनिनको नेतृत्वमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो । रुसी अक्टोबर समाजवादी क्रान्तिले क्रान्तिको नयाँ स्वरूप निर्माण गर्नुको साथै क्रान्तिका लागि नवीन चेतनाको विश्वव्यापी सञ्चार गराएको थियो ।
महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले वैज्ञानिक समाजवादको आधारशिला निर्माण गर्दै उत्पादनका साधनमाथि पहिलोपटक सर्वहारा वर्गको हातमा हस्तान्तरण गर्ने आधार तयार गरेको थियो । मानव जातिको इतिहासमा अक्टोबर क्रान्ति नयाँ युगको शुरुवात थियो । यसले सर्वहारा क्रान्तिको मार्गचित्र कोरिदिएको थियो । रुसी अक्टोबर समाजवादी क्रान्तिको सफलता र शिक्षाबाट विश्वका अन्य कैयौं देशहरू जस्तै चीन , भियतनाम , उत्तर कोरिया , कम्बोडिया , क्युवा आदि देशमा क्रान्ति सम्पन्न भएका थिए भने पूर्वी युरोपका २० आौं देशहरूमा र अफगानिस्तान , पूर्वी जर्मनीमा रुसी मोडलको समाजवाद लागू गरिएको थियोे ।
महान् रुसी अक्टोबर समाजवादी क्रान्ति केबल समाजवाद स्थापना गर्ने क्रान्ति मात्र थिएन , त्यो साम्राज्यवाद विरोधी क्रान्ति र नयाँ युगको शंखघोष पनि थियोे ।
रुसी अक्टोबर समाजवादी क्रान्तिपछि संसारभरका न्यायप्रेमी तथा मुक्तिकामी जनसमुदायले उपनिवेश र साम्राज्यवादको घोर विरोध गरेका थिए । ती उपनिवेश र साम्राज्यवादको जाँतोमुनी पिल्सिएका देशहरूले राष्ट्रिय स्वतन्त्रता प्राप्त गरेका थिए । रुसी क्रान्तिले वैज्ञानिक समाजवादी क्रान्ति मात्र होइन , पुँजीवादी जनवादी क्रान्तिको बिगुल फुकेको थियो । पुँजीवादी क्रान्तिले मौलिक तथा प्रजातान्त्रिक अधिकारका लागि विश्वव्यापी रुपमा जागरण पैदा गरेको गराएको थियो ।
रुसी क्रान्तिपछि स्थापित सोभियत संघले विश्व साम्राज्यवादलाई टक्कर दिएको थियो । साम्राज्यवाद र उपनिवेशवादबाट चलाइरहेका पुँजीवादी देशका लागि रुसी क्रान्ति र त्यसले दिएको सन्देश ठूलो चुनौती बनेको थियो । रुसी मोडलको आर्थिक , सामाजिक तथा राजनीतिक मोडल संसारका लागि अनुकरणीय बनेको थियो । शोषणरहित समाज निर्माणको आधार रुसी क्रान्तिले खडा गराएको थियो । पुँजीवादी शोषणको चिहान खन्ने र नौलो समाज र संस्कृति निर्माणमा महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको ऐतिहासिक भूमिका रहेको थियो ।
ठूलो विश्वव्यापी प्रभावका साथ सन १९१७ मा सम्पन्न महान् अक्टोबर क्रान्तिसंगै विश्वमा कम्युनिस्ट पार्टीहरु तीब्र रुपमा निर्माण भएका थिए । सन १९१८ मा जर्मन कम्युनिस्ट पार्टी , १९२१ मा चिनिया कम्युनिस्ट पार्टी र १९२८ मा भारतीय कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियोे । नेपालमा २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे । पेरिस कम्युन निर्माणको ४६ वर्ष पछि र अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्ष पछि नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे ।
अक्टोबर समाजवादी क्रान्तिले वैज्ञानिक समाजवादी आन्दोलनलाई बलप्रयोगको विधिबाट सम्पन्न गर्न सकिने पाठ सिकाएको थियो । परिणामत: विश्वका कम्युनिस्टहरूले सशस्त्र बलप्रयोगको विधि प्रयोग गरेका थिए । अक्टोबर क्रान्तिसंगै विश्वमा वैज्ञानिक समाजवादी क्रान्तिको निर्माण भएको थियो । परिणामत:२० आौं शताब्दी सशस्त्र संघर्षको युग जस्तै भएको थियो । उदाहरणत: चिनिया नयाँ जनवादी क्रान्ति , भियतनामी क्रान्ति , कोरियान क्रान्ति ,कम्बोडियान क्रान्ति , क्युवाली क्रान्तिलाई लिन सकिन्छ । रुस र चीनमा प्रतिक्रान्ति पछि पनि पेरु र नेपालमा दशौं वर्षसम्म सशस्त्र सञ्चालन गरिएको थियो भने भारतमा अहिलेसम्म पनि भाकपा ( माओवादी ) सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको छ ।
पहिलो र दोस्रो विश्वयुध्द र दोस्रो विश्वयुध्दलाई अलग गर्दा पनि विश्वमा अनगिन्ती सशस्त्र संघर्ष भएको इतिहास ताजै छ ।
सन १९५० देखि १९५३ सम्म कोरियाली प्रायदीपको युध्द , सन १९६५ देखि १९७३ सम्मको भियतनामको युध्दजस्ता ठूलो युध्दहरु अक्टोबर क्रान्तिका अर्थात् विश्व कम्युनिस्ट आन्दोलनसंग जोडिएर भएका थिए । पूर्वी युरोप र एशिया क्षेत्रमा महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको प्रभाव बढी परेको थियो । माथि पनि उल्लेख गरिएको छ , विश्वका धेरै देशहरूमा कम्युनिस्ट पार्टीहरुको स्थापना भएका थिए । सन १९४५ मा उत्तरी भियतनाम र उत्तर कोरियान सशस्त्र क्रान्ति सम्पन्न भएका थिए । साथै सन १९४९ मा चिनिया कम्युनिस्ट पार्टी र त्यसका नेता माओ त्सेतुङको नेतृत्वमा महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियोे ।
ती क्रान्तिपछिको साम्यवादी सत्ता सञ्चालनको विषय चर्चायोग्य समेत रह्यो । यस १०६ वर्षको अबधिमा साम्यवादी सत्ताले विश्वलाई के दियो ? के गुमायो ? भनेर हेर्न आवश्यक छ । यो विषय अक्टोबर क्रान्तिको विषयसंगै जोडिन्छ र जोडिन आवशछ ।१०६ वर्षको यो अबधिमा सन १९२२ मा सोभियत सङ्घको निर्माण भएको थियो भने १९९० मा सोभियत सङ्घ विघटन भयो । पहिलो विश्वयुध्दको समाप्ति नहुँदै भएको महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले दोस्रो विश्वयुध्दलाई रोक्न सकेन । केही तानाशाही सत्ताहरु ढले भने राष्ट्रिय स्वाधीनताको आन्दोलन उत्कर्षमा पुग्यो ।
यश १०६ वर्षको अबधिमा प्रायः सबै आौपनिवेशीक देशहरू स्वतन्त्र भए ।सर्वहारा वर्गको सत्ता निर्माण गर्ने नाममा बुर्जुवा तथा नोकरशाही सत्तामाहरुको अगाडि ठूला ठूला चुनौती खडा भयो । महान् रुसी अक्टोबर समाजवादी क्रान्तिलाई आदर्श मान्दै बनेका कम्युनिस्ट पार्टीहरुले सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान गरे ।
विश्व सर्वहारा वर्गको मुक्तिको मार्गदर्शक सिध्दान्तका रुपमा रहेको मार्क्सवादले परिकल्पना गरेको दर्शन र राजनीतिक क्रान्तिको आौचित्य र महत्त्व अहिले पनि त्यत्तिकै सान्दर्भिक र आवश्यक छ भने महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको आधारस्तम्भ बनेको अक्टोबर क्रान्तिको प्रभाव १०६ सम्म पनि घटेको छैन बरु अरु बढेको छ , किनभने आजको युग साम्राज्यवाद र विश्व सर्वहारा क्रान्ति बीचको भीषण संघर्षको युग हो । महान् अक्टोबर समाजवादी क्रान्ति साम्राज्यवाद विरोधी क्रान्ति थियो ।
अर्को कुरा के हो भने महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको युगान्तकारी महत्त्वलाई विश्वका कुनै पनि साम्राज्यवादी र पुँजीवादीहरुले नष्ट गर्न सक्ने छैनन् । किनभने मुक्तिकामी विश्व जनसमुदायको अगाडि कुनै पनि ताकतले विजय प्राप्त गर्न सक्ने छैन । विश्वभरिका श्रमजीवी वर्गको आदर्श बनेर युगौयुग महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले दिशानिर्देश गरिरहने छ ।
समकालीन विश्वमा संशोधनवाद , पुँजीवाद र साम्राज्यवादको एकसाथ चिहान नखनी विश्व सर्वहारा वर्गले सफलता पाउन सक्दैन । नेपाल लगायत विश्वभर कम्युनिस्ट पार्टीको लाल झण्डा बोकेका नवसंशोधनवादीहरु र साम्राज्यवादी पुँजीवादी लुटेराहरुलाई एकसाथ चिहानमा नपुरेसम्म विश्व सर्वहारा वर्गले मुक्ति प्राप्त गर्न सक्ने छैन । यो ऐतिहासिक कार्यभार पुरा गर्न विश्व सर्वहारा वर्गले आफूलाई मार्क्सवाद - लेनिनवाद - माओवादको वैचारिक उचाइमा पुर्याउन जरुरी छ । यसका लागि कम्युनिस्ट अन्तर्राष्ट्रियको आवश्यकतालाई पूर्णता दिन विश्व सर्वहारा वर्गले कदम चाल्न र तयारी गर्न अनिवार्य सर्त बनेको छ । क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी र त्यसै अनुरुपको क्रान्तिकारी संगठन आवश्यक पर्छ भन्ने कुरालाई पनि सर्वहारा वर्गले आत्मसात गर्न जरुरी छ । १०६ पहिले महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले दिएको सन्देश पनि यही नै हो ।
( लेखक : वरिष्ठ मार्क्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।