२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

दहेज कुप्रथा अंत्यबारे-जय कार्की

शनिवार , मंसिर २३, २०८०

- जय कार्की, अंटुफ़ बिज्ञ
अंटुफ़ मधेश प्रदेश अध्यक्ष केदार देवलाई उहाँको उत्सक्सुकताको उत्तर म यसरी प्रस्तुत गर्न चहांछु ।
ख़ास गरी मधेशमा ज़्यानमारा संक्रमण रोग झैं फैलीरहेको दाइजो प्रथा बारे अध्यक्ष देवले निक्कै गम्भीर ढंगले यो विषयलाई उठाऊनु भएक़ो छ । यो दाइजो कुप्रथाबाट लाखौं चेलिहरु, लाखौं केदार देवहरु झुलसिरहेका रहेका छन ।
यो विरासतमा आएको कहाली लाग्दो सामाजिक विकृति हो - दुलहा किन्नु पर्ने र दुलहा बिक्रीका लाग़ि पसल थापिने विडम्बनापूर्ण अवस्थाको अंत्यका लाग़ि लाखौं केदार देवहरुमा जागरणको जोती बल्नुपर्छ ।
लाखौं लाख दुलहिहरुले पसल थापी बसेका विज्ञापन बोर्ड निधारमा झुंड्याएका खसी-बोका झैं बिक्री हुने दुलाहाहरुलाई धुलो चटाउनै पर्छ । त्यसकालाग़ि पहिलो पाइला चाल्न यसो पनि गर्न सकिंछ ।कामरेड देवजी ट्रेड यूनियनको आंदोलनकर्मी हुनुहुंछ उहाँले दाइजो प्रथा विरुद्ध निरंतर गतिविधि गरीरहनु भएक़ो छ । देवजीको लाग़ि यी बुंदाहरु उपयोगी हुने अपेक्षा गरेको छु ।
१. क़ानूनी र सचेतनामूलक अभियान तथा शतप्रतिशत शिक्षा अभियान त्यतिले नि नमाने डांगड़ुंगे अभियान पनि .
२. महिला मुक्ति जागरण र संगठित अभियान संचालन
३. अंधबिश्वास कुसंस्कृति र रूढ़िवादको विरुद्ध ताज़ा अभियान
४. दाइजोरहित बिहे ग़र्ने गराउनेलाई सामाजिक सम्मान र दहेज लिनेलाई सामाजिक बहिष्कार वा जरिवाना ग़र्ने स्थानीय निकाय वा सामाजिक संस्थाहरुले ब्यवस्था गर्नुपर्छ की त केदारजी !
५. सामाजिक संघ संस्था तथा स्थानीय र प्रदेश सरकारले दहेजप्रथालाई निरुत्साहित गर्न सामूहिक बिबाह कार्यक्रम गरी प्रोत्साहित गर्नुपर्दछ !
६. दहेज दुरुत्साहन युवा क्लब तथा साना साना दहेज पीड़ित तथा उन्मूलन समिति स्थापना गरी एकल तथा बेलामौक़ामा संयुक्त जागरण कार्यक्रम संचालन गर्दा अझ प्रभावकारी बन्न सक्छ !
७. अभियानलाई अबिरल यात्रा र अभियानको रुपमा चलाउनु पर्छ र छोरा र छोरीबीचको सम्पूर्ण भेदभावको अंत्य गर्नुपर्छ ।
८. राजधानी, ठूला शहर तथा सहज र पहुँच केंद्रित स्थानमा आयोज़ना गरिने सेमिनार, अंतरक्रियात्मक कार्यक्रम, प्रशिक्षण (महिला तथा बालबालिका हिंसा बिरुद्दको अभियान तथा गोष्ठी) ज़स्ता कार्यक्रम तथा प्रोजेक्ट आधारित योजनाहरुलाई तराई तथा मधेशको पछि परेका ग़ापा-नपा, ज़िल्ला, वाडा,इलाक़ा तथा ग्रामीण बस्तीमा सार्नुपर्छ वा माग गरी लानुपर्छ !र, त्यस्ता क्षेत्रको विशेष अध्ययन र पहिचान गरी सम्बंधित पक्षलाई आधार मानेर सोही अनुरूपको पाठ्यसामग्री बनाई कार्यक्रम गर्नुपर्दछ।
शिक्षाको जोतीले चेतनाको ढोका खोलि दिंछ , चेतनाको सागरले रूढ़िग्रस्त समाज, अंधबिश्वास र कुरीति र परम्परादेखी चली आएको सामाजिक-संस्कृति बनेको महिलाप्रति हिंसा, दमन र बंधनको ज़ंजीरलाई चकनाचूर पार्नेछ ।
- सम्पादकः कम्युनिस्टअनलाइन