२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

गोर्कीले लेनिनको पोट्र्रेट यसरी खिच्नु भयो ...

शुक्रवार , माघ १२, २०८०

३) गोर्कीले लेनिनको पोट्र्रेट यसरी खिच्नु भयो
मक्सिम गोर्कीले लेनिनको यो पोट्र्रेट यसरी खिच्नु भयोः “कहिले कहिं लाग्थ्यो उहाँको अदम्य आंतरिक उर्जा आँखाबाट झिल्काहरु बनेर बर्षिरहेको छ र त्यसले संतृप्त शब्द बायुमण्डलमा चम्किरहेको छ ।” यो आन्तरिक उर्जा, तेज, बिष्फोटक शक्तिको जुन एक व्यक्तिदेखी हजारौं मानिसहरुको सभालाई पनि सम्मोहित गर्नसक्तथ्यो, के यो श्रोत लेनिनको स्वभावको परस्पर विरोधी विशेषताहरुका पूर्ण एवम् आश्चर्यजनक सामंजस्यता त थिएनन् ? उहाँलाई शोषणसित घोर घृणा थियो, तर साथसाथै उहाँको स्वभावमा एउटा स्थायी प्रफुल्लता र अकृत्रिमता थियो । उहाँको दैनिक जीवन अत्यन्तै सिधासाधा थियो, तर अर्को पाटो,उहाँ सामाजिक जीवनलाई बदल्ने सपना देख्न र कल्पनाको उडान उड्न पनि जान्नु हुन्थ्यो । जो मानिस उहाँको साथमा थिए, तिनीहरुको साथमा काम गर्नुहुन्थ्यो, उहाँहरुको हरेक किसिमले हेरविचार राख्नु उहाँको स्वभाव थियो, तर यसै स्वभावका आर्को पाटो आफ्ना वैचारिक विरोधीहरुसित अटल संघर्ष गरिरहनुु पनि थियो । उहाँ परिश्रम गरेर थाक्नु हुँदैन थियो, तर उहाँ सक्रियरुपले आराम गर्न तथा शक्तिलाई तेजले बहाल गर्न पनि जान्नु हुन्थ्यो । यो तुलना अगाडि पनि कायमै राख्न सकिन्थ्यो । लेनिनको स्वभावको विशेषताहरु जस्तै कि एक अर्कासित टकराउँथे र मिल्दै एक अविभाज्य र सधैं नै उर्जाले भरिपूर्ण समष्टिको निर्माण गर्दथ्यो । लेनिनलाई आराम गर्नु पर्ने हुन्थ्यो (यद्यपि यसको लागि मौका कहिले कहीं मिल्न सक्थ्यो) भने यसलाई पनि उहाँ निक्कै गंभिरताकासाथ लिनु हुन्थ्यो । सन १९२२ मा उहाँले लामो आराम गर्नुभयो, सोची र ककेशिया गाइड पुस्तिका आद्योपान्त पढ्नु भयो । पहिलो पटक जब गोर्की गाउँ जानु भैरहेको थियो ती सबै बाटोको नक्सा विस्तृतपूर्वक लेख्नु भएको थियो । ..रुसी प्रकृति जस्तै नै मन आकर्षित गर्ने यी चट्टान, घाँटीहरु र मैदानहरुको वीच उभिएका रुखहरुको झुण्ड, अग्रभागको खम्बा जसरी लहरै र दायाँ बायाँ दुई उपभवनसहित यो भवन अब संधैकोलागि लेनिनको साथमा नै जोडिइरहन्छ । गोर्कीको छायाँदार उपबन यस्कारण टाढाटाढासम्म जान्छ किनकि यो गोरेटोको किनारामा च्याउहरु उम्रिन्थे, त्यसलाई लेनिनले टिप्नु हुन्थ्यो । र, यी दुबैतिरका बृक्षका पंक्तिहरुले घेरिएका गोरेटो अरुभन्दा भिन्न यसकारण छन् । शिकार खेल्न जाँदा लेनिन यतै भएर जानु हुन्थ्यो । यहाँ त्यो रुसी खेल गोरोद्की खेलिने गरिन्थ्यो । यहाँ जब कुनै परिचित भेटिन्थ्यो भने सोध्नु हुन्थ्योः “पढ्नु भयो, हाम्रो फौजले सफेद गार्ड (प्रतिक्रृयावादी सेना) लाई कस्तरी किचिपिची पारिरहेका छन? अँह पढेको छैन, “केही छैन, केही बेर पर्खिनुस, म अहिले नै तपाईंलाई खबरपत्र ल्याएर दिन्छु ।” यो टेरेसबाट उहाँलाई दूरबीनले हेर्न मन पथ्र्यो । र, जब उहाँ कुनै विषयलाई लिएर उत्तेजित हुनुहुन्थ्यो र निद्रा नलागेको बेलामा रातमा पनि अबेरसम्म टहलिरहनु हुन्थ्यो, कहिले रोकिनु हुन्थ्यो तर पनि फेरी तेज गतिले हिड्नु हुन्थ्यो । धेरै पिंढीकोलागि र इतिहासको लागि पनि गोर्की सँधैको लागि गोर्की–लेनिन्स्कीय बन्यो । यदि सबै दिनहरु र हप्ताहरुलाई जोडिदिने हो भने लेनिन कुल मिलाएर त्यस्तै तीन वर्ष गोर्कीमा बस्नु भयो । यहाँ जब उहाँ त्यतिबेला आउनुहुन्थ्यो, जब काम गर्ने शक्ति शरीरमा फिटिक्कै रहँदैन थियो । त्यो अवस्थालाई उहाँले कहिले कहिं स्वीकार पनि गर्नुहुन्थ्योः “आज फिर्ता भैरहेको छुु । गएको दिनहरुमा कामको बोझ कम गर्नलाई र आरामको लागि समय बढाउनुको वावजुद झुरपटास अनिद्राले ज्यादै नै हैरान पार्यो ।” सन १९२० मा उहाँ गोर्कीमा १७ दिन बस्नु भयो, त्यो बेला घटिमा पनि ६ पटक मास्को जानु पर्यो–कहिले पोलिटब्यूरो त कहिले जन–कमिशार परिषदको बैठकहरुमा भाग लिनको लागि । सन १९२२ को गर्मीमा जब उहाँ निक्कै बिरामी पर्नु भयो । र, डाक्टरहरुले बल्लबल्ल उहाँलाई पढ्ने अनुमति दिए, डेढ महिनामा उहाँले एक हजारभन्दा धेरै पुस्तकहरु मगाउनु भयो ... यसै पनि, उहाँले कहिल्यै निसन्देह भएर आराम गर्नुभएको थियो र ? क्रुप्स्काया सम्झनु हुन्छ यसतो धेरै पटक भएको छ, जब कुनै एकाएक भनेका कुराले देखायो, घुमफिर गर्दा पनि लेनिन एकाग्र भएर कुनै विषयको बारेमा सोचिरहेको हुनुहुन्थ्यो । शायद यसकारण लेनिनलाई शारिरीक रुपले यसरी थाक्नु मन पथ्र्यो कि शारीरिक थकानले केही हदसम्म दिमागको तनावलाई कम गर्नसक्थ्यो । जब साँच्चै खाली समय मिल्थ्यो त लेनिन पूरै मज्जाले र शौकले आराम गर्नुहुन्थ्यो । उहाँ च्याउहरु संकलन गर्नुहुन्थ्यो । शिकार खेल्न जानु हुन्थ्यो, घाँस काट्नु हुन्थ्यो, टोकरीहरु बुन्नु हुन्थ्यो, नजिकैको पाखरा नदीमा नुहाउनु हुन्थ्यो–उहाँको बचपन र किशोरजीवन भोल्गा नदीको किनारमा बितेको थियो, यसकारण उहाँ यति तेज गतिले पौडि खेल्नु हुन्थ्यो कि कसैले उहाँको प्रतिष्पर्धा गर्न सक्तैन थिए, र जाडो मौसममा स्कीइंग खेल्न निस्कनु हुन्थ्यो । उहाँको लागि आराम गर्ने सबभन्दा राम्रो उपाय बालबच्चाहरुसित समय बिताउनु थियो । गोर्कीमा उहाँलाई बालबच्चाहरुसित भेट गर्ने, उनीहरुका साथमा फोटो खिचाउँने, उनीहरुसित कुुराकानी गर्ने, खेल्ने इत्यादिकालागि मौका मिल्थ्यो । अन्ततः जाडो मौसममा उल्यानोभ दम्पतिले गोर्कीका बालबच्चाकोलागि नया वर्षको अवसरमा समारोह आयोजना गर्नुभयो । लेनिन आरामकुर्सीमा बस्नु भएको थियो, बालबच्चाहरु साँचोले चल्ने खेलौनाहरु चलाई रहेका थिए र खुशीकासाथ हाँसिरहेका थिए । एक दिन गोर्कीमा बालबच्चाहरुसित खेल्दै गर्दा लेनिनले भन्नु भयोः “यिनीहरुको जीवन हाम्रो भन्दा उत्तम हुनेछ । हामीले जो भोग्यौं, त्यो मध्ये धेरै जसो यिनीहरुले भोग्नु पर्ने छैन, यिनीहरुको जीवन कम कठोरको हुनेछ ।” र, फेरी परको चट्टानहरुमाथि दृष्टिपात गर्दै र विचारहरुमा डुब्दै उहाँले भन्नु भयोः “फेरी पनि मलाई उनीहरुसित इश्र्या छैन । हाम्रो पींढीले जुन काम गरेर देखाएका छन्, त्यो आफ्नो ऐतिहासिक महत्वको दृष्टिले अनुपम छ । परिस्थितिहरुको कारणले हाम्रो जीवनमा जुन कठोरता आएको छ, यस्लाई मानिसले संझिने छन् र उचित ठहर्याउने छन् ।”
  • अनुवाद-जय कार्की माघ ३ गते २०८० साल लेनिन शब्द चित्र, प्रगति प्रकाशन सन १९८७, हिन्दी अनुवाद … बुद्धिप्रसाद भट्ट
  • शीर्षक यसै लेखभित्रबाट छनौट गरिएको हो ।धन्यवाद पोर्टे«ट