१. जीवनपथको चयनमा लेनिन १९ औं शताब्दिको अन्तको सिंम्बिस्र्क
त्यो बेला उहाँको आयु सत्र वर्षको थियो ।
हाई स्कलको पढाई प्रथम श्रेणीमा उतिर्ण भएर पूरा गर्नु भएको थियो । अब उच्च शिक्षा अध्ययनको वर्ष बाँकी थियो । ...भला कस्लाई यो लामो र आल्हादपूर्ण लाग्दैन र ! तर भयो केही अरु नै।
स्कूलको फाइनल परीक्षाको एक पेपरमा उहाँले त्यो दिन लेखिरहनु भएको थियो, श्लीस्सेलबुर्ग किल्लामा जेठो दाजु अलेक्सान्द्रलाई फाँसी दिइएको थियो । भ्लादिमिर उल्यानोभको लागि अब जीवनको बाटो चयन गर्ने र फैसला गर्ने समय आएको थियो ...
संसारको दृष्टिमा समझदारीको कुरा त यो हुन्थ्यो नि अलेक्सान्द्रको मृत्यु होइन, गिरफ्तार गरेपछि नै उनका नातागोता आफन्तहरु क्रान्तिको मार्गबाट संधैकोलागि किनारा लागिसकेका हुनु पर्ने थियो । तर, यस्तो त भएन, यसको विपरित भयो लेनिनको कान्छी बहिनी मारिया उल्यानोभा लेख्नुहुन्छः “जेठो दाजुको हत्याले भ्लादिमिर इलिचलाई क्रान्तिकारी काममा जुट्नकोलागि ठूलो प्रेरणा प्राप्त भयो ।”
भ्लादिमिर उल्यानोवहरुको सन्तान हुनुहुन्थ्यो । पिता इल्या उल्यानोव शिक्षाले अध्यापक हुनुहुन्थो । उहाँ पहिला त स्कूल नीरिक्षक हुनु भयो र पछि सिम्बिस्र्क गुबेर्नियाको जन–विद्यालयको निदेशकको पदमा पनि काम गर्नुभयो । उहाँ रुसी बुद्धिजीविहरुमध्ये एक हुनुहुन्थ्यो, उहाँ आफ्नो निजी खुशियालीको पर्वाह गर्नु हुन्नथ्यो र जनताको दुःख सुखमा सहभागी हुनुमा नै आफुलाई सौभाग्यशाली ठान्नुहुन्थ्यो । भ्लादिमिरको आमा मारिया उल्यानोभाको स्वभाव पनि ठ्याक्कै यस्तै थियो । कुनै पनि आमाकोलागि त्यो सबभन्दा भीषण परीक्षा हुन्छ, अर्थात बालबच्चाले कष्ट काटेको देख्नु । त्यही परीक्षाबाट मारिया उल्यानोभालाई गुज्रिनु पर्यो ।
उहाँको सबै सन्तानले क्रान्तिको बाटो समाते र हरेकको भाग्यमा गिरफ्तार हुनु, सोधपुछमा पर्नु, अनुसन्धान र जेल सजाय भोग्न लेखेको रहेछ । आफ्ना सन्तानहरुको साथ मारिया उल्यानोभाले यि सबै झेल्नु पर्यो । शायद यो आसाकासाथ कि अन्ततः विजय उहाँको सन्तानको नै हुनेछ । तथापि यी विजयलाई हेर्न पाउनु उहाँको भाग्यमा लेखेको रहेनछ ।
२. उल्यानोभ परिवार, बायाँबाट दायाँ भएर ओल्गा, अलेक्सान्द्र, आन्ना, बसेकाहरुमा छोरी मारियाको साथमा मारिया उल्यानोभा, द्मीत्री, इल्या उल्यानोभ र भ्लादिमिर सन १८८७ सिम्बिस्र्क र तल अलेक्सान्द्र उल्यानोभ १८८७ पिटर्सबर्ग
फेरी कुरा त्यसो पनि होइन है, न त इल्या उल्यानोभ नै क्रान्तिकारी हुनुहुन्थ्यो र न त मारिया उल्यानोभा नै क्रान्तिकारी हुनुहुन्थ्यो । उहाँको मात्र यही कोशिश रहन्थ्यो कि सन्तानलाई ती चिजहरु सिकाउँ, जुन हरेक सभ्य शिष्ट मानिसको विशेषता हुन्छ, जस्तै इमान्दारी, न्यायपरायणता, मेहनतप्रति अनुराग, समर्पण,विनम्रता । तर ठीक यही चीजहरुले बालबच्चाहरुमा त्यो नागरिक पनि जन्मियो । जसबाट उनिहरुले क्रान्तिका बाटोमा बढ्ने प्रेरणा प्राप्त गरे । लेनिन यो कुरा त्यसै होइन र मात्रै भन्नकोलागि होइन, घरमा प्राप्त शिक्षा र आफ्नो सारा जीवनको अनुभवको आधारमा भन्नुहुन्थ्यो, हरेक इमान्दार मानिसले क्रान्तिकारी हुनु आवश्यक छ ।
३. उहाँहरु बडो भाग्यशाली हुनुहुन्छ, जो युवावस्थाको आरंम्भिक चरणमा नै आफूलाई र आफ्नो आधारभूत लक्ष्यलाई जान्दछन् । लेनिन यसैमध्येको हुनुहुन्थ्यो । ग्लेव क्राझिझानोव्स्की, लेनिनको सहयोद्धा
- भ्ला. इ. लेनिनको अधूरो आत्मकथाको पाण्डुलिपिको एउटा पन्ना
अदालतमा आफ्नो बयानमा जेठो दाजु अलेक्सान्द्रले भनेका थिएः “रुसीहरुमा यस्ता एकाध दर्जन मानिस हर्दम भेट्टाइन्छ, जुन आफ्नो विचारहरुमा यो हदसम्म समर्पित छन् कि आफ्नो मातृभूमीको दुर्दशालाई यति उत्कटकताले अनुभव गर्दछन् कि आफ्नो ध्येयको लागि ज्यान अर्पण गर्नु उनीहरुकोलागि कुनै ठूलो कुर्बानी होइन । यस्ता मानिसहरुलाई कुनै पनि चीजले भयग्रस्त पार्न सकिन्न ।”
अलेक्सान्द्रको दुःखद अन्त्यको मात्र आधा वर्ष पूरा भएको थियो, कजान विश्वविद्यालयको प्रथम वर्षको विद्यार्थी भ्लादिमिरलाई क्रान्तिकारी विद्यार्थीहरुको सभामा भाग लिएको कारण गिरफ्तार गरेर कजानबाट निर्वासित गरिदिए र उनीमाथि प्रहरीले प्रच्छन्न निगरानी राख्न थाल्यो । कोकूश्किनो गाउँमा, जहाँ उहाँलाई निर्वासित गरेको थियो । उहाँले धेरैवटा किताब पढ्नु भयो । पछि आफ्नो कोकुश्किनो बसाईको संझना गर्दै उहाँले लेख्नुभयोः
“लाग्दछ कजानबाट गाउँमा मेरो निर्वासनको वर्षमा मैले जति पढेको थिएँ, त्यति पछि मेरो जीवनमा कहिल्यै पढिन, यहाँसम्मकि जेल र साइबेरियमा पनि पढिन ।”
विद्यार्थी सभाहरुबाट क्रान्तिकारी संघर्षको सिद्धान्तको गहन अध्ययन गर्दै र क्रान्तिकारी ज्ञान आर्जनकासाथ क्रान्तिकारी कामहरु तर्फ अघि बढ्दै । लेनिनले जीवनमार्ग चयन गर्न सक्नुभएकोे थियो ।
अनुवादः जय कार्की
माघ १३ गते २०८० साल
लेनिन शब्दचित्र
प्रगति प्रकाशन मास्को १९८७
हिन्दी अनुवादः बुद्धिप्रसाद उपाध्याय
रुसी अंग्रेजी अनुवाद येगोर याकोभ्लेभ
Lenin's Portrait: A Few More Touches.