तस्बिरमा नन्दन अर्याल र वहाँको जीवन संगिनी शांन्ता देवी अर्याल
आज२०८० चैत ६ गते नन्दन अर्यालाई भेट्न लोकन्थली गएँ। उहाँ पोष्टेडको समस्याले थलिनु भएछ। अचानक पीडा र अति रक्तस्राव भएकोले बिरगन्ज अस्पताल भर्ना हुनु भएर दुईपिन्ट रगत चढाउनु परेछ।वाहाँ अर्धचेत अवस्थामा पुग्नु भएछ।छ बर्ष अघि मुटुको लागि पेसमेकर राखिएको कारण पनि पोष्टेड अपरेशन गर्न मिलेनछ।पाँच दिन पछि डिस्चार्ज भएर काठमाडौं आउनु भएको निकै दिन भै सकेछ। उहाँ अहिले ९२ बर्ष पुग्नु भएको छ। भक्तपुर लोकन्थलीमा छोरासित बस्नुहुन्छ।
काठमाण्डौ मोडेल अस्पतालले पिसापको निस्कासनको लागि युरिन ब्याग राखिदिएको रहेछ। औषधि सेवन गरिरहनु भएको छ।मोडेलका युरोलोजिष्टको रायसल्लाह अनुसार आवश्यक परे लेजरले पोष्टेडलाई सेक्ने भन्ने रहेछ।
नन्दन अर्यालको हुनु हुन्छ? मलाई जान्ने उत्सुकता जाग्यो।
जीवन संगिनी शांन्ता देवी अर्याल
नन्दन अर्याल बि .सं १९८९सालमा बारा जिल्लाको बाखवनमा जन्मनु भएको हो। हालको बाखवन उपनगरपालिका वडा नं १४ हो। हाल वहाँ ९२ बर्ष पुग्नु भएकोछ। वहाँको साथमा ८२ बर्षीय जीवन संगिनी शान्ता देवी अर्याल साथै हुनुहुन्छ। वहाँहरु एक छोरा दुई छोरीका सुयोग्य माता पिता हुनुहुन्छ। सुयोग्य नाति नातिनीको गाेेरव हुनुहुन्छ। एक नाति युरोलोजिष्ट डाक्टर हुनु हुन्छ जो हाल अमेरिकामा कार्यरत हुनु हुन्छ। नेपालमै बसेर सेवा गर्ने उनको इच्छा पूर्ण भएनछ। निजी अस्पतालमा अनावश्यक औषधि लेखिदिनु पर्ने बाध्यतालाई अस्वीकार गरी अमेरिका लागेका रहेछन्।
नन्दन अर्यालको बि.स २०१२ सालमा परम्परागत रितिविधि अनुसार बिबाह भएको कुरा बताउनु भएकोछ।
वहाँले औपचारिक शिक्षा लिनु भएको छैन। अनौपचारिकरुपमा पूर्वीय दर्शनमा आधारित पाठ्यपुस्तकको राम्रो अध्ययन गर्नु भएकोछ । काकाहरुको साथ र सहयोगमा संस्कृत, उर्दू-हिंदी सिक्नु भएको बताउनु हुन्छ।
वहाँले वैद्य ज्ञान पनि सिकेर कर्म गर्नु भएको रहेछ। योग र प्राकृतिक नेती क्रियामा पारङ्गत हुनुहुन्छ।
राजनीति तर्फ २००७ सालमा उत्तम संशेर राणा बिराटनगरमा बडाहाकिम हुँदा बिपि कोइराला परिवारसित पिताको नाता संबन्ध भएकोले बसउठ राम्रो थियो। कृष्ण प्रसाद भट्टराई पिता जीको भान्जा नाता थियो। नेपाली कांग्रेस सितको बस उठले राजनीतिक आकर्षण त्यहीबेला देखिन् भएको थियो।
बिक्रम सम्बत २००९ सालमा श्यामप्रसाद शर्माले मलाई नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनाउनु भएको हो। त्यो बेला देखिन् निरन्तर वाम राजनीतिमा जोडिएको स्पस्ट गर्नु भयो।
धेरै जन आन्दोलनहरुमा उहाँको सहभागिता रह्यो। २००९ साल,२०११ साल,२०१४ सालको किसान आन्दोलनहरुमा सक्रिय सहभागिता रहेको उहाँले जानकारी गराउनु भयो।
साहित्य तर्फ पनि उहाँको कलम चलेको "जागलो बिहान भो" भोजपुरी नाटक कलैयामा देखाउँदा तत्कालीन सरकारको हस्तक्षेप भएको अनुभव बताउनु भएथ्यो।
यतिखेर उहाँलाई रोगको चिन्ता भन्दापनि नेपालको कम्युनिष्ट बेइमान र भ्रष्ट भएकोमा चिन्ता रहेछ। ईमानदार लगनशील कम्युनिष्ट जो जहाँ छ त्यहीँबाट गोलबन्द हुँदै अगाडि बढ्ने नीति लिनु पर्ने धारणा बताउनु भयो। को कस्तो भन्ने ब्यबहारबाटै प्रमाणित हुनु पर्छ। तपाईहरुले यसमा बिचार पुर्याएर केही गर्नु होस भन्ने वहाँको शुभेच्छा प्रकट गर्नु भएकोछ।राजनीतिक बिषयमा छलफल हुँदा वहाँले मातृका यादव, आहुति तथा सम्भु कटेल समेतको नाम लिनु भएको थियो।
वहाँसित मेरो भेट र चिनजान पोहाेर साल तनहुका साथी शेषमणि आचार्य मार्फत मोबाईलबाट बताए अनुसार लोकन्थली छोराको घरमा भएको हाे।त्यो बेला उहाँलाई मेरो सम्पादनमा निस्केको दूरदृष्टि त्रैमासिक श्यामप्रसाद श्रद्धांजलि अङ्क जसमा भूमिगत कालमा भारतबाट पुष्पलालले श्यामप्रसादलाई र नेपालबाट श्यामप्रसादले पुष्पलाललाई लेखेको चिटृठी छापेको थिएँ। जाे नन्दन अर्यालले पहिला हेरिसक्नु भएको रहेछ। उपलब्ध गराएको थिएँ।त्यो संगै मेरो कृति रम्बास कविता संग्रह "नियात्रा र शीलाको कर्म" कविता संग्रह पनि दिएको थिएँ। वहाँले मेरो कविता संग्रह एक एक गरेर टिपोट गरी गरी पढ्नु भएछ ।लेख्नु भएको ठीक छ तर हामीले जसरी तलका जनताले त यो बुझ्दैनन्।उनिहरुले बुझ्ने किसिमबाट
लेख्नु पर्छ भन्ने सुझाव पनि पोहाेर साल दिनु भएको थियो।वहाँको इमान्दारिता,लगनशीलता,क्रियाशीलता देखेर म प्रभावित भएको थिएँ। वहाँको हस्तलिपि पनि याे उमेरमा सुन्दर राम्रो लेख्नु हुँदोरहेछ। इतिश्री।