२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

शब्द सुमन- जर्मन कम्युनिष्ट पार्टीका चर्चित नेता विल्हेम लिबक्नेख्त

शनिवार , चैत्र १७, २०८०

जर्मन कम्युनिष्ट पार्टीका चर्चित नेता विल्हेम लिबक्नेख्त
अन्तर्राष्ट्रियतावादी नेता तथा माक्र्स एंगेल्सका अति निकटतम् साथी जर्मन तथा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका बरिष्ठ नेता, सन १८४८ देखी १८४९ को क्रान्तिका सहभागी, कम्युनिष्ट संघका सदस्य तथा प्रथम इन्टर्नेशनलका सदस्य विल्हेम मार्टिन फिलिप क्रिस्चियन लुडविग लिबक्नेख्तको जन्म मार्च २९, १८२६ भएको थियो । उहाँ एक जर्मन समाजवादी हुनुहुन्थ्यो र जर्मनीको सामाजिक लोकतान्त्रिक पार्टीका संस्थापकहरूमध्ये एक हुनुहुन्थ्यो, दोस्रो सोसलिस्ट इन्टरनेशनलको आयोजक र (VOLKSSTAAT) अखबारको प्रधान सम्पादक हुनुहुन्थ्यो । जर्मन मजदुर आन्दोलनमा इन्टर्नेशनलका सिद्धान्तहरुको विजयकाको लागि लासालवादको विरुद्ध सक्रिय संघर्ष गर्नुभएको थियो । सन १८६७ देखि राइखस्टागका सदस्य र फ्रेन्च प्रोइसेन युद्ध र पेरिस कम्युनको समयमा प्रोइसेन सामान्तहरु त्था बुर्जवावर्गको हडप नीतिको विरोधमा उत्रिनुभयो र पेरिस कम्युनको समर्थन गर्नु भएको थियो । सानै उमेरमा क्रान्तिकारी विद्यार्थी आन्दोलनमा सामेल भई आफ्नो गृहनगर जिसेनमा गणतन्त्र आन्दोलनमा संलग्न हुनुभएको थियो । उहाँको देहान्त ७४ वर्षको उमेरमा अगस्त ७, सन १९०० मा बर्लिनमा भएको थियो । उहाँको अन्त्येष्टिमा पचास हजारभन्दा बढि श्रमिक तथा आम जनता सामेल भएका थिए ।  लिबनेख्त रूसमा लेनिन प्रख्यात भए जस्तै युरोपको सबैभन्दा लोकप्रिय नेताभित्र पर्नुहुन्थो । जर्मन कम्युनिष्ट पार्टीका चर्चित नेता कार्ल लिब्नेख्त उहाँको छोरा हुनुहुन्थ्यो ।
.............................माक्र्सको पत्र विल्हेल्म लिब्नेख्तलाई...................
६ अप्रिल १८७१
सम्भवतः पेरिसबासीहरु पराजित हुनेछन् । यो उनिहरुको गल्तीहो, तर त्यस्तो गल्ती हो, जो यथार्थमा अतिइमान्दारिताले गर्दा भएको हो । केन्द्रिय समिति र त्यसपछि कम्युनले ती दानवी कुलंघार थियेरलाई आफ्नो वरिवपरी वैरी शक्तिलाई केन्द्रित गर्ने अवसर प्रदान गर्यो– १). किनभने उनिहरुले विवेकहीन तरिकाले गृहयुद्ध सुरु गर्न चाहेनन्, मानौ थियेरले आफ्नै प्रयासमा पेरिसको पूर्ण निरशस्त्रीकरणको लागि त्यो युद्ध सुरु गर्न चाहेका थिएनन् ।, मानौ केवल प्रोइसेनीहरुसंग युद्ध अथवा शान्तिको प्रश्नसम्बन्धी समाधानको लागि ओयोजित राष्ट्रिय सभाले तुरुन्तै गणराज्यलाई युद्धको घोषणा गरेन । २). अवैधरुपमा सत्ता हरण गर्ने नियति छ भन्ने अलिकति पनि आरोप नआवस भन्ने उदेश्यले उनिहरुले बहुमूल्य क्षणहरु कम्युनको निर्वाचनमा गुमाए, जसको संगठन, आदिमा पनि समय खर्च गर्नुपर्यो— फलतः पेरिसमा भाँदोम मैदानमा प्रतिक्रियावादीहरु पराजित भएपछि यथाशीघ्र भेर्साई तिर अघि बढ्नुपर्यो । तपाईं पत्रिकाहरुमा पेरिसका आन्तरिक घटनाहरुबारे जुन वाहियात कुरा भेट्टाउनुहुन्छ, त्यसका कुनै शब्दमा पनि विश्वास नगर्नुहोला । ती सम्पूर्ण कुरा असत्य तथा धोका मात्र हुन् । यति अतिरंजितरुपमा त्यस नीच बुर्जुवा भ्रष्टपत्रकारिताको अभिव्यक्ति पहिले कहिल्यै भएको थिएन । एकीकृत जर्मनीका सम्राट, एकीकृत साम्राज्य तथा एकीकृत संसदजस्ता कुराहरुको मानौं बाह्य्विश्वको लागि बर्लिनमा कुनै अस्तित्व छैन भन्ने कुरा अति लाक्षणिक छ । पेरिसमा जुनसुकै प्रकारको हावा बहेपनि त्यस्ले ठूलो कौतुहल  जगाउँछ.. । - जर्मनमा भाषा लिखित Page-356
विल्हेल्म लिब्नेख्तलाई एंगेल्सको पत्र....................................
२२ जुन १८७१
यो पछिल्लो व्यापक संकटमा जर्मन मजदुरहरुले अन्य सबै मजदरहरु भन्दा शानदार व्यवहार गरे । बेबेलले आश्चर्यजनक योग्यतापूर्वक उनिहरुको नेतृत्व गरेका थिए; कम्युनसम्बन्धि उनको भाषण बेलायतका सबै अखबारहरुले छापेका थिए र त्यस भाषणले यहाँ निकै ठूलो प्रभाव पारेको छ (२०४०...। page 370 - जर्मन भाषामा लिखित        -साभार: माक्र्स एंगेल्स पेरिस कम्युन प्रगति प्रकाशन मास्को -जय कार्की