मोनिका एर्टल बोलिभियन कम्युनिस्ट
मोनिका एर्टल एक जर्मन बोलिभियन कम्युनिस्ट थिइन, उनको बुबा हान्स एर्टल बोलिभिया भाग्नु अघि नाजी प्रचारक थियो ।इतिहास साक्षी छ जर्मनीमा हिट्लरको सत्ता सोभियत लाल सेनाले दोश्रो विश्व युद्धमा समाप्त गरेपछि हिटलरका पक्षधरहरु गुप्तरुपमा देश छोडेर विभिन्न मुलुकमा भाग्नेक्रममा मोनिकाको पिता भागेर बोलिभिया पुगेका हुन् ।
मार्टल नाजी साथीहरूको वीचमा पलेबढेको भएता पनि उनले आफ्नो नाजी परिवारसँग सम्बन्ध तोडिन र कम्युनिष्ट भइन । सन १९६७ मा क्रान्ति नायक चे ग्वेभाराको हत्याको बदला लिने महान उदेश्यकासाथ बोलिभियाको राष्ट्रिय मुक्ति सेना (ELN) मा सामेल भएकी थिइन् ।
सेनाको एक भागको रूपमा कमाण्डर चेको पूर्व साथीहरूसंगै हत्याराको खोजी गर्न आफूलाई समर्पित गरेकी थिइन ।
हत्यको बदला लिन सन १९७१ मा एर्टल जर्मनीको ह्यामबर्ग शहरमा गइन, जहाँ उनले कर्नल रोबर्टो क्विन्टानिला परेरालाई भेटिन् । स्मरणीय के थियो भने पेरेराले चे ग्वेभारालाई मृत्युदण्ड दिने आदेश दिएको थियो । र, चे ग्वाभाराको हातलाई ट्रफीको रूपमा काट्ने आदेश पनि दिएको थियो । जुन हात आजसम्म फिर्ता हुन सकेको छैन, पत्ता लागेको छैन ।
कमाण्डर चे को हत्यारा कर्नल रोबर्टो क्विन्टानिला परेरालाई के भय थियो भने चे का समर्थक गुरिल्ला फौज(ELN) बाट कुनै पनि बेला बदलाको कार्वाहीमा मारिन सक्ने ठूलो शंका थियो । त्यसकारण जीवन सुरक्षाको खातिर उस्ले चे को हत्याको पुरस्कार स्वरुप सरकारको सहमतिमा नै जर्मनीमा नियुक्ति पाएको थियो ।
कर्नल रोबर्टो क्विन्टानिला पेरेरा ह्याम्बर्गको बोलिभियाली वाणिज्य दूतावासमा काम गरिरहेका थियो । मोनिकाले के चलाखी गरेकी थिइन् भने उनीले अष्ट्रेलियन पत्रकारकोरुपमा पेरेरालाई भेटको परिचय दिएकी थिइन् । वाणिज्य दूतावासमा भेटेपछि यो विश्वास गरिन्छ कि एर्टलले पेरेराको छातीमा तीन गोली हानेकी थिइन । र, मृतक पेरेराको लासको छेउमा राष्ट्रिय मुक्ति सेना (ELN) को नारा “विजय वा मृत्यु” लेखेर छोडेकी थिइन ।
क्रान्ति नायक चे ग्वेभारा
यो घटना पश्चात एर्टलको हत्या गर्न उनको टाउकोको इनाम तोकेको थियो, यद्यपि उनी सफलतापूर्वक बोलिभिया फर्केकी थिइन, पूर्वनाजी गेस्टापो (गुुप्तचर संंस्था) ले उनलाई कब्जा गर्ने अनेक प्रयत्न गरेको थियो ।
तर दुःखद घटना के भयो भने १२ मे सन १९७३ मा सीआईए प्रशिक्षित बोलिभियन एजेन्टद्वारा उनको हत्या गरिएको थियो । र, उनको शव कहिल्यै भेटिएन, उनको लाशलाई समेत कहिल्यै नभेटुन भनेर बेपत्ता पारेका थिए ।
तर पनि एर्टलको विरासत जीवित छ । नायकहरू कहिल्यै मर्दैनन् तबसम्म बदला लिन प्रेरित गर्नेहरू रगतमा भन्दा कर्ममा तल्लिन हुन्छन् ।
मोनिकाका पिता फिल्म निर्माता पनि थिए त्यसकारण मोनिकाले पनि पिताको साथमा कैयौं फिल्महरु निर्माण गरेकी थिइन् । तर उनको बैवाहिक जीवन भने सफल रहेन किनकि उनको पति महासामन्त तथा धनाड्य थियो । उसको आचार व्यवहार मोनिकाले पचाउँन सकिनन् बरु इएलएनको जनसेनामा भर्ति भई देश र जनताको आजादीको लडाईंमा समर्पित रहिन् ।
चेको बलिदान बोलभियाको जंगलमा त्यसै खेर गएको छैन । पूर्व राष्ट्रपति इभोमोरालेसको पालादेखि बामपन्थी पार्टी मासलाई अपदस्त गरी समाप्त पार्न षड्यन्त्र गर्ने प्रतिक्रियावादी जत्थालाई परास्त गरी लगातार जनताको बाम सरकार सान्तसंग चलाई रहेको छ । एंडिज पहाडका आदिवासीलाई सत्ताको मूलधारमा ल्याईसकेको छ ।
मोनिका एर्टल बोलिभियन कम्युनिस्ट
मोनिका तिमी महान् रहने छौ , तिम्रो इतिहास बिस्तारै क्रान्तिकारीहरुका वीचमा फैलिदै गएको छ । तिम्रो बलिदानले अमरत्व प्राप्त गरेको छ । नयाँ चेतनाको छाप युवा पुस्तालाई हस्तान्तरण गर्न सफल भएको छ । चेको हत्याको ब्यूह रच्ने अपराधीले सही दण्ड भोगेको छ । एर्तलप्रति लाल सलाम ।
……….
वाईसियल बेलायत (YCL Great Britain) को ट्वीटरबाट
बैशाख ३१ गते २०८१ साल
Jaya Karki