भ्लादिमिर इल्यिचको पुस्तकालयमा काम गर्दा - शुशानीक मानुचार्यान्स/अनुवादः जय कार्की
.. मैले जब पहिलो पटक लेनिनको अध्ययन कक्षमा प्रवेश गरें, मलाई त्यहाँ राखेका फर्निचरको साधापन तथा दराजहरुमा थोरै किताब देखेर आश्र्चय लाग्यो । मैले सोचें जनकमिसार परिषदको अध्यक्षको पुस्तकालयमा त हजारौं पुस्तक हुनु पर्ने हो । पछि जब मलाई पुस्तकालयमा कामगर्दै जाँदा मैले अनुभव गरें स्थिति त्यसो थिएन जसरी मैले सोचेको थिएँ ।
लेनिन आफ्नो अध्ययन कक्षमा त्यति मात्रै किताब राख्नु हुन्थ्यो जति उहाँको कामकोलागि तथा संदर्भ सम्बन्धित उदेश्यको लागि आवश्यक पर्दथ्यो । उहाँ आफ्नो पुस्तकालयमा पुस्तकहरुको थुप्रो जम्मा गर्न चाहनु हुन्नथ्यो । यसकारण उहाँले आदेश दिनु भएको थियो, अरु किताबहरु अरु पुस्तकालयमा पठाई दिनु, जहाँ यी पुस्तकहरु सयौं मानिसहरुकोलागि उपलब्ध हुन सकोस ।
अघिल्लो दिन लेनिनले मलाई भन्नुभयो मैले एउटा पनि ती किताब जहाँ छ त्यो ठाउँबाट अन्त नसारुँ, उनी यसमा बानी परिसकेका थिए । मैले त्यसमध्ये कथा–साहित्यलाई राजनीति साहित्यबाट अलग राख्ने अनुमति मागे । उहाँले भन्नुभयो यो चाँही त्यसो गर्दा हुन्छ । तर यसो पनि भन्नुभयो, मैले उहाँको लेख्ने टेबलको दायाँ पट्टि राखेको घुमाउदार शेल्फलाई नचलाउँ ।
मैले कथा–साहित्यलाई छाँटेर अलग गरें । परन्तु यसपश्चात केही अरु छुनलाई डराउँथे । एक पटक लेनिन केही काम गर्न अध्ययन कक्षमा आउनु भयो, अनि मैले भने
“भ्लादिमिर इल्यिच मसित केही काम छैन ।” उहाँले आफ्नो ध्यान कागतबाट हटाउनु भयो र मुस्कुराउँदै भन्नुभयो “ठीक छ, घर जानुस र आराम गर्नुस ।”
मैले उत्तर दिएँः
“मेरो मतलब अहिलेको समयको होइन, कुरा यसो हो कि तपाइर्ले मलाई समग्रमा भन्ने हो भने किताब छुन नै दिनु हुन्न।”
“किताबसित जे गर्नु छ गर्नुस तर त्यो घुमाउदार शेल्फलाई चाँही स्पर्श नगर्नु होला ।”
अन्ततः उहाँ आफैले मलाई त्यो शेल्फबाट किताबहरु छाँट्नको लागि र केही सन्दर्भ साहित्य ल्याएर त्यसलाई पूरा गर्न अह«ाउनु भयो । यो गोलो घुमाउदार शेल्फलाई लेनिनले धेरै जतन गर्नु हुन्थ्यो, त्यो शब्दकोश र पार्टी तथा सोभियत महाधिवेशनहरु, अखिल संघिय केन्द्रीय कार्यकारी समिति तथा कमिन्टर्न महाधिवेशनका कार्यपत्र, निर्णय तथा प्रस्ताव, सबै किसिमका साँख्यिकीय सन्दर्भ पुस्तकहरु, सरकारी आज्ञाप्तिहरु तथा निर्देशनहरुको संग्रह, संक्षेपमा ती सबै राख्नुहुन्थ्यो, तिनीहरु उहाँलाई काम गर्दाको समयमा कुनैपनि समयमा आवश्यक पथ्र्यो।
लेनिनको अध्ययन कक्षमा कथा–साहित्यका क्लासिकल ग्रंथहरुको संग्रह, विश्वकोश, विदेशी पुस्तकहरु, माक्र्स र एंगेल्स तथा उहाँ आफैले लेख्नु भएको पर्चाहरु तथा अरु किताबहरु राखेको हुन्थ्यो । अध्ययन कक्षमा एउटा खास शेल्फमा सामयिक समाचारपत्र पनि राखेको हुन्थ्यो र तिनीहरुमा महिनाको हिसाबले जिल्दा हालेको हुन्थ्यो ।
मैले जब काम शुरु गरेको थिएँ तब लेनिनले मलाई माक्र्स तथा एंगेल्सको पाम्फ्लेटहरुलाई बटुलेर ती सबैलाई लेनिनको पाम्फ्लेटहरुसंगै गाता हालेर राख्न अराउनु भयो । उनले आफ्नो कामको सुविधाकोलागि यसो गर्न भनेका थिए । मैले, उदाहरणकोलागि माक्र्स तथा एंगेल्सको “कम्युनिष्ट पार्टीको घोषणापत्र”(जेनेभा संस्करण) गाता हालें ।
लेनिन “कम्युनिष्ट घोषणापत्र” प्लेखानोभ तथा पी. ओर्लोव्स्कीको अनुवादहरुलाई सर्वोत्तम मान्थे । लेनिनको सन १९०५–१९०७ को पाम्फ्लेटमा पनि एकमुष्टमा जिल्दा हालेको थिएँ । मलाई माक्र्स तथा एंगेल्सको अप्रकाशित लेख (१८५२, १८५३, १८५४) तथा “युद्ध तथा क्रान्ति” (प्रथम अंक) प्राप्त गर्ने सुझाव दिए । उनले मलाई यसो गर्नकोलागि भने र आफ्नो लेख माक्र्सवादको संदर्भग्रन्थ सूचि– (ग्रानातको विश्वकोशीय शब्दकोष, खण्ड २८, पृष्ठ २४४, माक्र्सको बारेमा लेखको परिशिष्टमा केही नयाँ चीज जोडिदिए ।”
लेनिन माक्र्स तथा एंगेल्सको प्रकाशित पत्रहरुलाई प्राप्त गर्ने तर्फ धेरै ध्यान दिन्थे । एकपटक उनले मलाई कुगेलमानलाई माक्र्सद्धारा लेखेको पत्रहरु त्यो प्रस्तावनासमेत हासिल गर्नकोलागि भने जो उनले नै लेखेका थिए ।
अत्यधिक कार्यव्यस्तताको वावजुद लेनिन प्राप्त भएका सारा प्रकाशनहरुबारे दष्टि राख्ने समय निकाल्थे । यी प्रकाशन काफी बढी संख्यामा उहाँकोमा आइपुग्थे । रुसमा प्रकाशित मात्र होइन कि विदेशबाट पनि धेरै धेरै साहित्य, रुसी तथा विदेशी भाषाहरुमा प्रकाशित पत्रपत्रिकाहरु उनीकाहाँ आइपुग्थे ।
फुर्सतको समयमा मात्र होइन बैठकको समयमा पनि उनी ती किताबहरुमाथि आँखा दौडाई हाल्थे । जनकमिसार परिषद अथवा श्रम तथा प्रतिरक्षा परिषदको वैठकभन्दा पहिला, जब कहिले कहिं पाँच मिनटको फुर्सत हुन्थ्यो, उनी सोधिहाल्थे :
“कुनै केही नयाँ किताब, पत्रपत्रिका छन् ?” नया प्रकाशनहरुको नाममाथि ध्यान लगाउँदा उनी लिष्ट आफूसितै बैठकमा लिएर जान्थे । जब बैठक सकिन्थ्यो, उनी त्यसमध्ये केही फिर्ता गर्थे त्यसमा निशाना लगाईसकेका हुन्थे । विशेषरुपले अलग्गै राख्नको लागि (अध्ययन कक्षमा अथवा उनको फ्ल्याटको पुस्तकालयमा)।
... लेनिन आमरुपमा मौखिक आदेश दिन्थे, परन्तु यदि म त्याहाँ नभएको बेलामा आदेश लेखेर छाडिदिन्थे ।
मैले प्राप्त भएका चेर्निशेब्स्कीको संग्रहित कृतिहरुमा जिल्दा हाल्ने सुझाव राखें, उनी सहमत भए र मलाई हर्जेनको कृतिहरुमा पनि जिल्दा हाल्नु भने त्यो उहाँसित पहिला देखि नै थियो ।
किताबमा जुन किसिमले गाता हालिन्थ्यो, उहाँ त्यो देखेर अलमलमा पर्थे –
(उनि भन्थेः “यो पन्ना पल्टाउने बित्तिक्कै टुुक्रटुक्रा हुनजान्छ) ।” पुस्तकहरुलाई जुन ढंगले तयार गरिन्छ या त्यसकोलागि जुन किसिमको सामग्री छानिन्छ, त्यसमाथि पनि रोष प्रकट गर्दथे । तर यदि राम्रो तरिकाले तयार गरेको किताब हात लाग्यो भने उनलाई साँच्चैको आनन्द लाग्थ्यो र त्यसैतर्फ संकेत गर्दथे । यदि लेनिनको अनुरोधलाई यो वा त्यो कारणले पूरा गर्न असम्भव हुँदा म पूरा गर्न असम्भव हुँदा म निक्कै नै हैरान भई उठ्थें तथा निकै निराश हुन्थें । एकपटक एकजना साथीले दुइटा पत्रिका “त्जभ भ्अयलयmष्कत ”(अर्थशास्त्री) तथा “नया रुस” ल्याई दिए । लेनिनले ती किताब मलाई देखाउनु भयो(त्यतिखेर म सम्मेलन कक्षमा थिएँ), मलाई भन्नु भयो -
“यो मैले अहिलेसम्म पाएको थिईंन।”
मेरालागि यो निक्कै असमन्जसले भरिएको स्थिति थियो ।
यो मेरै दोष हो । मैले यतातिर ध्यानै दिईंन । मैले भने
लेनिनले जवाफमा भन्नु भयोः “तपाईंको दोष होइन, कसै अरुको हो, जस्ले मलाई पठाउनु पर्ने थियो ।”
लेनिन प्रायः मलाई भन्ने गर्थे– यो विषयमाथि दृष्टि राखुँ कि उनले कुन कुन किताब आफ्नो फ्ल्याटमा साथै लिएर गएका छन् र यो पनि विचार गर्नु कि उनले यी किताबहरुलाई अध्ययन कक्षमा फिर्ता ल्याए वा ल्याएनन् । यदि कुनै साथीले उनीसित कुनै किताब मागे भने ... उनी यसो भन्दै म कहाँ पठाई दिन्थेः
“ तपाईंलाई थाहै छ ,मेरो लाइब्रेरियन नियमको कडा पालन गर्दछिन।” यदि उनीले किताब दिइन् भने यसबारेमा मलाई सूचित गरिदिनु है ।
समाजवादी क्रान्तिकारीहरुबारेका मुद्दाको बेला एक साथीले लेनिनको पुस्तकालयबाट कैयौं पुस्तकहरु मागेका थिए । मैले तिनीहरुलाई छाँटेर अलग्गै गरें । जब लेनिन अध्ययन कक्षमा आए तब मैले यस कुरामाथि ध्यान दिएर ती पुस्तकहरु दिने अनुमति मागें कि देनीकिनको पुस्तकहरु रुसी उपद्रवहरुबारे निबन्ध खण्ड १ अंक १ तथा २ को छेउमा लेनिनले निशान लगाए । लेनिनले मलाई भन्नु भयोः
“तपाई तिाबहरु दिन सक्नुहुन्छ । केही फरक पर्दैन । उनीहरुले यो किताब फर्काउँछन् नि हैन त ?”
देनीकिनको किताबको बारेमा लेनिनले जे सोचेका थिए, त्यो उनले यी शब्दहरुमा किताबमा लेखिदिएः “वर्गसंघर्षप्रति लेखकको दृष्टिकोण आँखा बन्द भएको कुकुरको छाउरोको जस्तै छ ।”
लेनिन किताबहरुमा आफ्नो खास अन्दाजले थरिथरिका शब्द लेख्थे ।उदाहरणको लागि, “लेनिन”, “लेनिनको प्रति”, “मेरो पुस्तकालयको लागि”, “कृपया फिर्ता पठाई दिनु होला”, “शेल्फमा राखिदिनु होला”, “गोपनीय”, । लेनिनले एंगेल्सको “राजनीतिक वारिस” नामक किताबमा लेखेका थिए “शेल्फको माथि राखिदिनु होला।” “३० सेप्टेम्बर १९२२, लेनिन ।”
लेनिन बर्लिनबाट प्रकाशित एउटा समालोचनात्मक तथा सन्दर्भग्रन्थ सूचि सम्बन्धी पत्रिका रुसी “पुस्तकहरु” को आवरण पृष्ठमा अक्सर केही लेख्नु हुन्थ्यो । यसमा मलाई अनुरोध गरिएको थियो कि मैले यो वा त्यो विदेशी पत्रिकालाई मगाई दिउँ । उनको अनुरोधमा भारतको बारेमा केही पुस्तकहरु खासमा मगाइएको थियो ।
एकपटक लेनिनले दुई पुस्तकहरु मगाउनको लागि भन्नु भयो । यसमध्ये एक थियो तोल्तस्तोयको बारेमा “नजीविनको संस्करण” । मलाई भनिएको थियो त्यो पुस्तक उपलब्ध छैन, परन्तु “तोलस्तोयको डायरी” प्राप्त गर्न सकिन्छ । लेनिनले मलाई लेख्नु भयोः
“साथी मानुचार्यान्स,
कृपया के यस्लाई खोज्न सक्नुहुन्छ ?
मलाई तोलस्तोयको डायरी आवश्यकता छैन
मलाई तोलस्तोयको बारेमा नजीवनको संस्मरणका आवश्यकता परेको छ त्यो तोल्स्तोइस .... मा जर्मन भाषामा छापिएको छ ।
५ डिसेम्बर, लेनिनथ”
टेबलको दायापट्टिको घुम्ने दोश्रो शेल्फमा ती तमाम प्रश्नहरुसित सम्बन्धित सामग्री रहन्थ्यो जसमा लेनिन कुनै खास मौकामा काम गर्थे, जस्तै कि विद्युतिकरण, ट्रेड युनियनहरुमा बहस इत्यादि ।
लेनिन जे विषयमा भाषण गर्थे, त्यसको तयारीको लागि उनी सामग्री तथा उद्धहरण एकत्र गरेर राम्ररी तयार गर्थे । मेरो काम यो हेर्नु थियो कि उनलाई सारा सामग्री तत्कालै उपलब्ध हुनसकोस । पुस्तकमा सरसर्ति नजर दौडाउँदै लेनिनलाई थाहा भइहाल्थ्यो उनलाई यसबाट केही प्राप्त हुनेवाला छ या छैन ।
१७ मई, १९२२ मा मलाई लेनिनबाट मलाई निम्न नोटहरु प्राप्त भएः
“कृपया समाजवादी अकादमीबाट ती किताबहरु प्राप्त गर्नुहोस त्यसको संलग्न सूचीमा निलो पेन्सिलले संकेत लगाइएको छ । भ्ला.उल्योनोभ (लेनिन)।”
“पुनश्चः यदि उपलब्ध भयो भने यो प्रश्नमाथि पनि एक सूची मगाई दिनु होला ।”
- लेनिन

लेनिन स्पष्टतया श्रमको विज्ञानसम्मत प्रवन्धको विषयमा कुनै किताब लेख्न चहानुहुन्थ्यो । उनको अनुरोधमा उनको पुस्तकालयबाट यो प्रश्नसित सम्बन्धित किताबहरु छानिएको थियो र श्रम तथा प्रतिरक्षा परिषदको पुस्तकालयमा यिनै प्रश्नमाथि विद्यमान पुस्तकहरुको सूची तयार गरिएको थियो । यो वाहेक उनले मलाई श्रम संस्थानबाट यही प्रश्नसित सम्बन्धित पुस्तकहरुको सूची मगाउन अराएका थिए ।
गोर्की शहर प्रस्थान हुनु अघि लेनिनले भने समाजवादी अकादमीबाट केही विशेष किताबहरु मगाएर उनको अध्ययन कक्षमा राखिदिनु । र मलाई आदेश दिइयो कि यसबारेमा उनको अध्ययन कक्षबाट अटोमेटिक फोनबाट उनलाई सूचीत गरुँ । परन्तु यसको केही समयपश्चात उनी विरामी भए र शरद ऋतुमा नै २ अक्टोबर १९२२ मा मास्को फर्किन सके । तबसम्म म उनको फ्ल्याटको नजिक अतिरिक्त पुस्तकालयमा बसेर सारा सामग्री तयार गरिसकेको थिएँ । गोर्कीबाट फर्किएपछि उनी यो पुस्तकालयमा आए, यहाँ उनले किताबहरुमाथि दृष्टि दौडाए र मलाई भने यसमध्ये एउटा पनि किताब यहाँबाट नहटाउनु । तर लेनिनले यो किताब कहिले पनि लेख्न पाएनन् ।
जब लेनिन नोभेम्बर १९२२ मा कमिन्टर्नको चौथो महाधिवेशनकोलागि आफ्नो भाषण तयार गरिरहेका थिए । उनले मलाई भने मैले तेश्रो कमिन्टर्न महाधिवेशनको अक्षरशः प्रस्ताव तथा रिपोर्ट, तेश्रो कमिन्टर्न महाधिबेशनमा नयाँ आर्थिक नीतिबारे जर्मन भाषामा उनको रिपोर्ट तथा जर्मन भाषामा जिन्सी कर सम्बन्धी उनको पाफ्लेट उनी समक्ष प्रस्तुत गरौं ।
सन १९२२ को अन्तिम चरणमा जब लेनिनको पुस्तकालय निक्कै ठूलो भैसकेको थियो, मैले केही अनुभाग खत्तम गर्ने सुझाव दिएँ । लेनिनले यसमा सहमति जनाए तथा नादेज्दा कोन्स्तान्तिनोभ्ना र मारिया इल्यिनिच्नासित यस बारेमा सोध्नु भने उनीहरु कुन कुन किताबहरु आफूसित राख्न चहान्छन् ।
उनको वरिपरिका ती मानिसहरु लेनिनको उदारता देखेर उनकै भैहाल्थे । उनी आम कार्यकर्ताहरुप्रति धेरै धेरै असल व्यवहार गर्थे तथा उनीहरुको पूरापूर ध्यान राख्थे । उनको मातहत काम गर्न निकै सहज तथा आनन्ददायी लाग्थ्यो ।
लेखकको परिचयः
मानुचार्यान्स शुशानिक स्कतिचेभ्ना (जन्म सन १८९८) सन १९१८ देखी सोभियत संघको कम्युनिष्ट पार्टीको सदस्या, सन १९२० देखी सन १९२४ सम्म लेनिनको, त्यसपछि क्रुप्स्कायाको लाईब्रेरियन। सन १९३० देखी १९५५ सम्म माक्र्स एंगेल्स लेनिन संस्थानमा शोधकर्मी र पछि पार्टी पेन्शनर ।
पेज नम्बर १९५ देखी २०२ सम्म
पुस्तकको नाम
लेनिनः पुस्तकें और सस्मरण
प्रगति प्रकाशन मास्को १९७६
नेपाली अनुवादः जय कार्की
असार ३१ गते २०८१ साल
काठमाण्डौ