आजको युगमा मजदुरवर्गका नेतृत्वमा सम्पन्न हुने पुँजीवादको स्थापना गर्ने नभई समाजवादको स्थापनाको निम्ति पृष्ठभूमि तयारगर्ने हुन्छ । यस किसिमको क्रान्तिलाई अर्थात मजदुरवर्गको नेतृत्वमा हुने पुँजीवादी जनवादी क्रान्तिलाई नयाँ जनवादी क्रान्ति भनिन्छ । अतः नयाँ जनवादी क्रान्तिको विषयमा स्पष्ट समझदारी बनाउनको निम्ति पुँजीवादी जनवादी क्रान्तिको विषयमा स्पष्ट समझदारी बनाउनु अति आवश्यक छ ।
सामन्ति युगमा पुँजीपति वर्गको नेतृत्वमा सम्पन्न हुने क्रान्तिलाई पुँजीवादी जनवादी क्रान्ति भनिन्छ । यस्तो क्रान्तिले देशको आम जनता, त्यसमा पनि विशेष गरी आम किसान जनतालाई सामन्ती दर्शन(अध्यात्मवाद), समान्ती राजनीति (दैवी अधिकार वा अवतारवादी सिद्धान्त), सामन्ती आर्थिक व्यवस्था (प्राकृतिक स्वयं सम्पन्न आर्थिक व्यवस्था) सामन्ती संस्कृति ( जन्मजात असमानताको सामाजिक बन्धन) बाट मुक्त गर्छ ।
माक्र्सवादी सिद्धान्तअनुसार पुँजीवादी जनवादी क्रान्ति सम्पन्न नभई समाजवादी क्रान्तिमा प्रवेश गर्न सकिन्न । अतः यस सिद्धान्त अनुसार सामन्ती देशमा क्रान्तिको पहिलो चरण पुँजिवादी जनवादी हुन्छ र दोश्रो चरण समाजवादी हुन्छ । आजको युगमा पुँजीवादी क्रान्तिको सफलतापूर्वक नेतृत्व गर्न पुँजीवादी वर्गले सक्दैन, त्यसैले आज यस क्रान्तिको अभिभारा मजदुर वर्गको काँधमा आएको छ । यस कुरालाई राम्रोसंग बुझ्नको निम्ति पुँजीवादी वर्ग क्रान्तिकारी चरणबाट कसरी सम्झौतावादी चरणमा पुग्न गयो भन्ने कुराको यथार्थ समझदारी हुनुपर्दछ । यो समझदारी विना नयाँ जनवादी क्रान्तिको वास्तविक अर्थ बुझ्न सकिदैन ।
सामन्ती समाजको गर्भमा पुँजीवादी उत्पादन जन्मन र हुर्कन थालेपछि मध्ययुगिन सामन्ती, आर्थिक तथा राजनीतिक व्यवस्था राष्ट्रिय बजारको निम्ति ठूलो बाधाको रुपमा खडा भयो । एउटै देश एक राजा तथा महाराजाको शासनको अन्तर्गत भए तापनि विभिन्न राजा, रजौटा र मठमन्दिर आदिको अधिनमा विभक्त थियो । यसतो अवस्थाअन्तरगत सबभन्दा शोषित, दलित र पीडित जनता मजदुर किसान नै हुन्थे । त्यस युगमा उनीहरुमा शोषण र उत्पीडनप्रति असन्तोष थियो तापनि त्यसको विकल्पमा अर्को नयाँ व्यवस्था ल्याउने चेतना र जागृति थिएन । उनीहरु आफुमाथि भैरहेको शोषण र उत्पीडनलाई परम्परागत सत्यकोरुपमा हेर्दथे । उक्त व्यवस्थाको अन्तरगत एकातिर केन्द्रिय राजतन्त्रीय व्यवस्थालाई, आपसी लडाईं, झगडाको खतरा भई नै रहन्थ्यो भने अर्कोतिर पुँजिवादीवर्गको स्वार्थमा पनि यो लडाईं र झगडा बाधक थियो किनभने यस्तो अवस्थामा राष्ट्रिय वजारको वृद्धि र विस्तार हुन
सक्तैन थियो । एकै देशमा पनि विभिन्न राजा राजौटाहरुका इलाकाहरुमा थरीथरीका कर तथा सौगातहरु तिर्नुपथ्र्यो । विभिन्न किसिमका नाप, तौल र रुपियाँ पैसाको चलन थियो । फेरी बाटो घाटो निर्माण र निर्माण व्यवस्थामा कसैको पनि चाख थिएन र सुरक्षाको व्यवस्था पनि हुनसक्तैन थियो । जस्को लाठी उसैको भैंसी भन्ने जंगली स्थिति अर्थात मत्स्य न्याय – ठूलो माछोले सानो माछालाई खाने नीति)को चलन थियो । यी सबैकारणले गर्दा उदाउँदो पुँजिपति वर्गदेखी लिएर मजदुर किसान र केन्द्रीय राजतन्त्रको स्वार्थ भिन्न भए तापनि वीचको अवरोध अर्थात एउटै देशभित्रका राजा रजौटाको साँध मास्ने काममा सवै वर्गहरु संयुक्त भए । यस्तो संघर्षमा नेतृत्वदायी भूमिका राजतन्त्रले नै खेलेको हामी पाउँछौं ।
यसरी केन्द्रीय सामन्ती सत्ता कायम भएपछि एक हदसम्म केन्द्रीय राजतन्त्रको अधीनमा राष्ट्रिय बजारको अभिबृद्धि भएको हुनाले उदाउँदो पुँजीपति वर्गले राजतन्त्रको स्तुतिगान नै गर्दछ । देशको सामन्ति आर्थिक व्यवस्थामा भुईंचालो जान थालेपछि त्यसको आधारमा निर्माण भएको राजनीतिक व्यवस्था चर्कन थाल्दछ । भनाईको मतलब हो– देशमा मध्ययुगिन सामन्ती उत्पादन ब्यवस्थाको स्थान पुँजीवादी उत्पादन व्यवस्थाले लिन थालेपछि दैवी अधिकारको सिद्धान्तको आडमा प्रकाशित राजाज्ञाहरु पुँजीवादी आर्थिक व्यवस्थाको बिरुद्ध जान थालेपछि पुँजीपति वर्ग त्यसको विरुद्ध खडा हुन थाल्दछ र दरवारलाई बलियो बनाउने उदेश्यले प्रेरित भई राजाहरुले कर लगाउन थालेपछि करनीतिको बिरुद्ध सबभन्दा पहिले प्रहार गर्दछ । पुँजीपतिवर्गले आफ्नो प्रतिनिधिबिना कर लगाउन पाइन्न भन्ने नारा उठाउँछ । यसको स्पष्ट अर्थ हुन्छ प्रशासनमा पुँजीपति वर्गले गरेको आफ्नो हिस्साको माग । यो माग दैवी अधिकारप्राप्त (!) राजाको निम्ति आआफ्नो प्रजाको तर्फबाट ठूलो हाँक हुन्छ । यस हाँकपछि राजतन्त्रले पुँजिपति वर्गमाथि निर्मम प्रहार गर्न थाल्छ । त्यसमाथि पँुजिपति वर्गले र दैवी अधिकारमाथि प्रहार गर्नु अति जरुरी हुन जान्छ । केन्द्रीय राज्यसत्ताको उदयको अवस्थामा राजालाई विन्तीपत्र चढाई ऐन–सबाल , सनद आदि प्राप्त गर्ने पुँजिपति वर्गले अब आएर राजाको दैवी अधिकारमाथि सिधा सिधा प्रहार गर्न थाल्दछ । यो प्रहारलाई बलियो गर्नको निम्ति सामन्ति दर्शनमाथि प्रहार गर्नपर्दछ । अतः पुँजिबादी वर्गले नै सबभन्दा पहिले भौतिकवादी दर्शनअनुसार परलोक नभएपछि परलोकको ईश्वर नहुने भयो भन्दछ । यसै सन्दर्भमा सामाजिक अनुबन्धन सिद्धान्तको रचना हुन्छ । यस अनुसार राजा सामाजिक वाचाबनधनको विरुद्ध गएको हुनले उनी सामाजिक दृष्टिले सबभन्दा ठूलो अपराधी भए । अतः पुँजिबादी वर्गले राजतन्त्रका ठाउँमा गणतन्त्रको स्थापना गर्ने नारा बुलन्द गर्न थाले । यस्तो गणतन्त्र अन्तरगत राष्ट्रिय आर्थिक व्यवस्थाको निर्माण गर्न सम्भव छ र समानताको संस्कृति फल्न र फुल्न सक्तछ भन्ने प्रचार गर्न थाले । शक्तिशाली राजतन्त्रको विरुद्ध आम मजदूर,किसान जनतालाई जगाउनको निम्ति स्वतन्त्रता, समानता र भ्रातृत्वको नारा दिन थाले ।
क्रमश...
पेज नम्बर ११९ बाट
नेपाली समाज प्राक्पुँजिवादी कि पुँजिवादी ?
सम्पादक
सीताराम तामाङ
रत्नप्रसाद जोशी
उमानाथ रिजाल