भोकको विश्वविद्यालय: कवि मार्टिन कार्टर/ हिन्दी अनुवाद: राजेश चन्द्र/ भावानुवादः जय कार्की
विश्वविद्यालयको हो यो भोक
अनि महाविनाशको तीर्थयात्रा मानिसको,
एउटा लामो जुलुश भोकको पदचाँप यताउता घुम्छन् पृथ्वीमा
हरियो रुख लत्रियो अन्तहीन विस्मृतिमा
जीवनको मैदानमा उतारिदिन्छन्
र डुब्दछन् नैराश्यताको पिपमा
झूपडीहरु गल्छन् मानिसको विपत्तिमा
विपत्तिमा तिनीहरु आउँछन्
खच्चरको खूरको पाइलामा गोडा टेक्तै तर्दछन्
प्राचीन पुल गौरबका मशानघाटहरु
आकस्मिक भागम्भाग आतंक र समयसंगै
तिनीहरु हिंडेर आएका हुन्
बाढी तर्दै दूरवर्ति गाउँबाट
हावाकोवीचबाट तथा मध्येपृथ्वी हुँदै
नग्नताकोे यो सामान्य परिस्थितिमा
भोका एकजोडी फलामे डण्डीहरु
धात्विक ललाटमा तिनको एकजोडी ऋतुहरु तिनको उपहास उडाउँदै
भीषण अनिकाल र बाढी पैरोको यस गजधम्म परेको
अँध्योरो आधा धसिएको भुईंमा
यो त्यही जस्को छैन कोही आवाज रिक्ततामा
यो असम्भव,
छाँयाविहीनतामा तिनीहरु आउँछन्
बर्षको दलदलमा पाइला टेक्तै
घोलिदै मसी बाक्लो पानीमा उडान भर्दछन्
दृष्टिविहीन चमेराहरुको गहिरो आवाजहरुसंगै
कति लामो छ जुलुस मानिसको
र जीवन कति लामो कति विस्तृत छ
उसको छानामा हावा छ धुलो र स्मृतिको लामो कालखण्ड
बर्षाकाल छ जबकि निद्राहीन भ्यागुताहरु शान्त छन्
भत्केको चिम्नीहरु धुवाँ विना हावामा
फुसको झोपडीहरु फुस्रो र फलामको काँडे बार लामो लाईनमा आउँदैछ
कैयौं शहरहरु तर्फ असमान
तर सुनौलो चन्द्रमाजस्तो बडेमानको सिक्का
मासुको सतहको ठीक मुनिहाडको सतहमा
रुग्णताको चुच्चे चट्टानमा फुटेको
अहो! कति लामो जुलुश मानिसको !
र जीवन कति लामो कति विस्तृत
त्यसको छानो कति चिसो र कति निर्दयी हावा कति चिसो छ
कोदालो खन्ने खेतमा ती आउँछन
यसरी कि जसरी समुद्री पंक्षी
डुंगाको सरसरको आवाज जसरी फड्फडाउँछ
सुर्यास्तको यातना हो बैंगनी पट्टिहरुमा
या ता अग्निको चुर्ण धुलोबाट
छरपष्ट भएको साँझको अस्ताचलमा झुरमुरिएको
मरुभुमीमा पानीको फिँजको संगीत
रातको लामो सडकहरुमाथि तथा तल हल्लिदै खुलेका होस्
कुनै स्त्रीको तिघ्रा र जन्म गुफा जस्तै
ड्रम फर्कन्छ र मर्छ।
दाह्रीवाला पुरुषहरू थकानले चूर भएर सुतेका छन्।
भालेहरू उषाकालमा कुखुरी काँ गर्छन,
बिगुलले झैं जगाउँछन
जो बिहान सखारै उठ्छन्
उदाउँदो चन्द्रमा अस्ताएको देख्छन्
जसले शंख र घण्टीको आवाज सुनेका छन्
तिनीहरू तिनै ब्यक्ति हुन्
तिनको शून्यतामा आवाज हुँदैन
असम्भवमा छायाविहीनतामा।
आहा, जनताको कति लामो जुलुस
र कति लामो आयु!
यसको छाना कति फराकिलो छ।
क्यारिबियन कवि मार्टिन कार्टरको परिचय:
मार्टिन कार्टर (१९२७–१९९७) क्यारिबियन टापुका एक महत्वपूर्ण कवि हुन्। उनी भोक र गरिबीका कविको रूपमा चिनिए र बाम राजनीतिमा पनि सक्रिय थिए ।
स्मरणीय नै छ दक्षिण अमेरिकाको क्यारेबियाली देश गुयानाका जनता बेलायती उपनिवेशको दास सरह थिए, सचेत जनताले मुक्ति आन्दोलनका खातिर प्रगतिशील पार्टीको स्थापना गरे । त्यसपछि देशभित्र स्वतन्त्रताको आन्दोलन भयो ।
उपनिवेशबाद बिरुद्धको लडाईंमा उनलाई पटक पटक लामो समयसम्म जेलमा हालिएको थियो। कार्टरलाई कट्टर वामपन्थी भएको आरोप लगाई आफ्नै
पार्टीबाट निष्कासन गरिएको थियो । सन् १९६६ मा गुयानाले स्वतन्त्रत भएपछि , स्वतन्त्र गुयानाको सूचना र संस्कृति मन्त्री बनेका कार्टर पछि उनी संयुक्त राष्ट्र संघमा गुयानाको प्रतिनिधि समेत भएका थिए ।
अंग्रेजीबाट अनुवाद: राजेश चन्द्र
भावानुवादः जय कार्की