२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

निनु चापागाईं: नेपालका सन्दर्भमा लुसुन (भाग दुई)

शुक्रवार , पौष २६, २०८१

जापानमा एउटा समाचार फिल्म हेर्दाको घटनाले लुसुनको मनमा परिवर्तन ल्याएको थियो भन्ने कुरा धेरैलाई थाहा छ ।

 

त्यस समाचार फिल्मले रुसका लागि गुप्तचरको काम गर्ने भनिएको एक चिनियाँलाई जापानी अधिकारीहरूले पाता फर्काएर फाँसीको सजाय दिन लगिएको घटनालाई बलियाबाङ्गा र स्वस्थ चिनियाँहरूले मजा मानी मानी हेरिरहेको देखाएको थियो । एकजना चिनियाँमाथि अत्याचार भैरहँदा पनि अरू चिनियाँहरूले देखाएको चरम उदासीन प्रवृत्तिले लुसुनको मनलाई असाध्यै उद्वेलित बनायो । यस घटनापछि उहाँले डाक्टर बन्ने आप्mनो पहिलेको विचार परित्याग गर्नुभयो । चिकित्सा शास्त्रको अध्ययनले आप्mना देशका मानिसहरूलाई शारीरिक रूपले बलियो बनाउन सकिन्छ भन्ने विश्वासका साथ चिकित्सा शास्त्रको अध्ययन गर्न लागेका उहाँ के निष्कर्षमा पुग्नु भयो भने चिनियाँ जनताको आत्मिक स्वास्थ्य शारीरिक स्वास्थ्यभन्दा बढी महत्वपूर्ण छ र साहित्यले मात्र उनीहरूको उदासीनता र पछौटेपनका विरुद्ध सही किसिमले लड्न सक्छ । उहाँको आप्mनै भनाइ छ :  यस समाचार फिल्मबाट म केमा विश्वस्त भएँ भने चिकित्सा विज्ञान त्यति महत्वपूर्ण छैन, जति मैले सम्झेको थिएँ । एउटा पछौटे र कमजोर देशका मानिसहरूलाई जतिसुकै बलिया र स्वस्थ भए पनि सधैं यस्तै निरर्थक तमासाहरूको उदाहरण वा साक्षी बनाइराखिनेछ । यदि तीमध्ये धेरै विरामी भएर मरे भने पनि निश्चय नै यो त्यति बढी दुखको विषय होइन । यसकारण सर्वाधिक महत्वपूर्ण कुरा उनीहरूको आत्मालाई बदल्नु हो । त्यसपछि मैले के अनुभव गरें भने यसका लागि सबभन्दा प्रभावकारी साधन साहित्य हो । त्यसैले मैले साहित्यिक आन्दोलन बढाउने निधो गरें ।’ (लु शुन की रचनाएँ, अनु. कर्ण सिंह चौहान, पृ. १०) कति ठुलो उत्तर दायित्वको भावनाबाट प्रेरित भएर उहाँ साहित्य जगत्मा प्रवेश गर्नु भएको थियो भन्ने यसले देखाउँछ । हिजोआज कतिपय मानिसहरूले साहित्यलाई शब्दको खेल ठान्ने, लहडको विषय मान्ने, मनोरञ्जनको साधन मान्ने, आफुलाई व्यक्त गर्ने माध्यम मात्र ठान्ने गरेका छन् । तिनको प्रतिवादका लागि यस महान् उत्तरदायी भावनाबाट ओतप्रोत भएर अघि बढ्न हामीलाई यसले प्रेरित गर्दछ ।

लु शुन कथा लेखनको क्षेत्रमा लुसुनको योगदानको चर्चा गर्दा अहिलेका लेखकका निम्ति सर्वाधिक रुचिका तीनवटा बुँदाहरू हुन सक्तछन् । पहिलो बुँदा लुसुन आफैले उल्लेख गरे अनुसार कथाकारका रूपमा लुसुनले कथा लेख्न थाल्दाको परिस्थितिले जीवनलाई वास्तविक रंगमा हेर्ने उहाँलाई अवसर प्रदान ग¥यो । कुनै पूर्वधारणा वा भ्रम नराखी इमानदारीका साथ जीवनलाई अवलोकन गर्ने यो क्षमता यथार्थवादी परम्परामा आवश्यक हुन्छ । यो प्राथमिक कुरा जस्तो, अति सामान्य टिप्पणी जस्तो लाग्न सक्तछ । दृष्टिकोणको आधारभूत इमानदारीसित गाँसिएको महत्वपूर्ण कुरा लुसुनले समाजका समस्याहरूलाई बुझ्ने र विश्लेषण गर्ने सचेतन प्रयत्न गर्नुभएको छ । सत्यनिष्ठतामा लुसुनको विशेष जोड छ । निजी स्वार्थभन्दा माथि उठेर, पुरातन कुरालाई पर राखेर निर्भीकताका साथ सत्य कुरो व्यक्त गर्न उहाँको आह्वान छ । सत्यवादी हुन सजिलो नभए तापनि सापेक्षित रूपबाट सत्यवादी भएर आफ्ना भावनालाई व्यक्त गर्न सकेको खण्डमा मात्र साहित्यमा जनता र संसारलाई जीवन्त बनाउन सकिन्छ भन्ने उहाँको धारणा यस सन्दर्भमा मननीय छ । वास्तविकता र वास्तविक सामाजिक सङ्घर्षको अध्ययन गर्न र तीसित गाँसिनका लागि उहाँले साहित्यकारलाई सल्लाह दिनु भएको छ । यसो गर्न नसकेको खण्डमा वामपन्थी लेखक दक्षिणपन्थीमा फेरिन सक्छ । व्यवहारसित नजोडिई सिद्धान्तका कुरा गर्नु, कोठे क्रान्तिकारी हुनु सजिलो त छ, तर क्रान्तिको वास्तविक प्रवृत्ति बुभ्mन सकिएन भने दक्षिणपन्थी हुने खतरा रहिरहन्छ । वास्तविकतालाई, सामाजिक समस्यालाई बुझ्ने र विश्लेषण गर्ने सचेतन प्रयत्नमा हामी नेपाली साहित्यकार निकै पछि रहेको अनुभूति भैरहेको सन्दर्भमा लुसुनको यस गुणबाट सिक्न हामी प्रेरित हुन सक्नु पर्दछ । समाजको दुःखको कारण र दुव्र्यवस्थालाई प्रस्टसित नबुझ्ने, समाजको अध्ययन नगर्ने साहित्यकारहरूले क्रान्तिमा हानि पु¥याउन सक्तछन् भन्ने धारणा लुसुनको छ । उहाँ निम्न पँुजिपति वर्गबाट आएका साहित्यकारलाई प्रायः यस्तै श्रेणीमा राख्नु हुन्छ । उहाँको तत्कालीन चिनियाँ साहित्यकारहरूप्रतिको गुनासो के छ भने धेरै लेखकहरू, क्रान्तिकारी लेखक र आलोचक समेत यस कुरामा दक्ष छैनन्, उनीहरू समाजको वास्तविक रूप (स्वभाव)लाई पत्ता लगाउन देखाउनुपर्ने साहस देखाउँदैनन् । चिनका त्यतिखेरका लेखकहरू लागि मात्र होइन आजका नेपालका धेरै लेखकका सम्बन्धमा पनि यो कुरो सही हो भन्ने लाग्दछ । सामाजिक अवस्थाको अध्ययनमा जोड दिने क्रममा लुसुनले भन्नु भएको छ क्रान्ति र शत्रुलाई बुझ्न खोज्ने जोधाहाले उसको सन्मुख रहेको शत्रुको गहिरो विश्लेषण गर्नुपर्छ । यही कुरो साहित्यमा पनि लागु हुन्छ । क्रान्तिसम्बन्धी तथ्यहरू जान्नु मात्र पर्याप्त हुँदैन ।

क्रान्तिको भविष्यलाई देख्नसक्नु भन्दा पहिले तत्कालको अवस्थाका सबै रूपहरू र शत्रुको विषयको सम्पूर्ण ज्ञान आवश्यक हुन्छ । लुसुन भन्नुहुन्छ :‘हाम्रो साहित्यको विकासको सम्पूर्ण आशा पुरानोलाई बुभ्mनु, नयाँलाई हेर्नु र भूतलाई बुझ्ननु र भविष्यको अडकल गर्नुमा रहेको छ ।’ समाजवादी यथार्थवादको विशेषता मानिने यो बुँदा मूलतः सामाजिक अध्ययनमा टिकेको छ । लुसुनको यस शिक्षालाई हामी धेरैले आत्मसात् गर्न किन पनि बढी आवश्यक छ भने आज झन्डैजसो क्रान्तिको शत्रुलाई बिर्सन खोज्ने, विरोधीमा सकारात्मक तत्वहरू मात्र देख्ने, तीसित सम्झौता मात्र गर्न खोज्ने प्रवृत्ति दिनदिनै विकसित हुन थालेको छ । यसरी लुसुनले धेरै ठाउँमा अध्ययन र ज्ञानको आवश्यकतामाथि जोड दिने गर्नु भएको छ । ‘बौलाहाको डायरी’को नायकले भने जस्तै ‘कुनै पनि कुरालाई बुभ्mनका लागि त्यसबारे अध्ययन हुन जरुरी हुन्छ ।’ राम्रो लेखन कलाको गुह्य कुरा खोल्ने क्रममा लुसुनले राख्नु भएका जम्माजम्मी आठवटा बुँदामध्ये पहिलो, पाँचौं र अन्तिम बुँदाले भिन्न भिन्न तरिकाले अध्ययनको आवश्यकतालाई नै औंल्याउ“छन् । लुसुन स्वयम् साहित्य, दर्शन, इतिहास र संस्कृतिको गहन अध्येता हुनुहुन्थ्यो र उहा“को अध्ययन निरन्तर समृद्धतर हँुदै गएको थियो । चिनियाँ जनताको साहित्यका विविध क्षेत्रमा ज्ञान बृद्धि होस् भन्ने ध्येयले नै उहाँले आप्mनो लेखनको झन्डै एक भाग अनुवाद गर्नु भएको थियो । पठन संस्कृतिमा ह्रास आइरहेको आजको हाम्रो वर्तमान अवस्थामा लुसुनबाट हामीले सिक्ने यो पनि एउटा प्रमुख पाटो हो भन्ने मलाई लाग्दछ । कथा लेखकका रूपमा लुसुनको दोस्रो विशेषता के हो भने उहाँ चिनका लेखकहरूमा किसान र गाउँले जीवनका बारेमा कुनै न कुनै किसिमले यथार्थवादी ढंगले चित्रण गर्ने लेखकहरूमध्येका एक र आधुनिक युगका पहिला लेखक हुनुहुन्छ । चिनको जनसङ्ख्यामा किसानहरूको उपस्थिति अत्यन्त ठुलो अनुपातमा भएको कारणले यो अति महत्वको विषय थियो । आर्थिक समस्याहरू वा सामाजिक स्थितिको चित्रण गरेको कारणले भन्दा बढी (यो काम बेलाबखत ‘गुसियाँ’ शीर्षकको कथामा जस्तै अन्यत्र पनि भएको छ) सुनिश्चितताका साथ किसान मानसिकता एवम् आत्मिक दशाको चित्रणका कारणले लुसुनका किसान पात्रहरूमा चिनको विशिष्ट जीवनको धडकन भेटिन्छ । साना उत्पादकहरूको मानसिकताका केही महत्वपूर्ण लक्षणहरूलाई एकदमै सही ढंगले खोजी गर्ने लुसुनको क्षमताले उहाँका कथाहरूलाई स्थानीय रंग दिने काम समेत गरेका छन् । समालोचक रामकृष्ण शर्माले टाक्सिएको नेपाली साहित्य भनेर जेलाई सङ्केत गरेका हुन् त्यसभित्र यो विषय पनि पर्दछ । नेपालमा अहिले पनि खेती किसानी गर्नेहरूको बहुमत छ । तर तिनको मानसिकताको सही विश्लेषण र चित्रण नेपाली साहित्यमा नभए सरह छ । लुसुनको वस्तुपरकता, अवलोकन क्षमता र समाजको सटीक विश्लेषण आजको हाम्रो परिस्थितिमा पनि आवश्यक छन् । समाजको वैज्ञानिक एवम् यथार्थवादी समझदारीका आधारमा आपैंmले विश्लेषण एवम् अन्वेषण गर्ने काम नगरेर आफुभन्दा माथिका उच्च तहका नेता वा अरू विद्वान्हरूको विश्लेषणका आधारमा साहित्य सृजना गर्ने प्रवृत्तिले हाम्रो साहित्य कतिपय सन्दर्भमा तिनको स्पष्टीकरण वा दृष्टान्त हो कि भन्नुपर्ने अवस्थामा पुगेको छ । मानव समाज र मानव जातिको अध्ययन आपैंmमा एउटा प्रक्रिया हो र यसमा सम्पूर्ण मानवजाति सहभागी हुने गर्दछ । यस किसिमको अनुसन्धानमा नेपाली साहित्यकारहरूको के कति योगदान छ यो अहम् सवाल हो । उदाहरणका लागि ग्रामीण परिवेशबाट आएका लेखकहरूलाई नै अघि सार्न नसकिने होइन । गाउँले जीवनको प्रत्यक्ष ज्ञान भएका र आपैंm एकताका किसान रहेका साहित्यकारको रचना समेत सम्बन्धित समस्याबाट पलायन गर्नु र यथार्थवादी विधिका आधारमा सृजना हुनु भन्दा बढी नीतिका प्रदर्शन मात्र बन्न पुग्नु दुःखदायी विषय हो । कथाका सम्बन्धमा कुराकानी गर्दा, लुसुनसित समकालीन लेखकहरू कसैलाई पनि पर्यवेक्षण, विश्लेषण र संक्षिप्तता र अभिव्यक्तिको मितव्ययिताका सन्दर्भमा तुलना गर्ने अपेक्षासम्म गर्न सकिन्न । यी विषयमा लुसुनको आप्mनै स्थान छ र यसबाट पनि हामी प्रशिक्षित हुन जरुरी छ । तेस्रो विशेषता साधारण भन्दा साधारण सामग्रीहरूलाई गहन अर्थ दिने बिम्बहरूमा रूपान्तरण गर्ने लुसुनको सामथ्र्य हो । उहाँका अधिकांश कथाहरू साधारण जनताका दैनिक जीवनसित सम्बन्धित छन् ।

कथामा कथानकलाई विस्तार गर्ने वा सनसनीखेज बनाउने वा आकर्षक एवम् विचित्रका कुराको कुशल प्रयोग गर्ने जस्ता बानीहरू लुसुनमा छैनन् । उहाँ दैनिक जीवनका महत्वपूर्ण र अर्थपूर्ण कुराको चयनलाई महत्व दिनुहुन्छ । उहाँको सृजन सामथ्र्य यसमा नै निहित छ । आजका कतिपय युवा रचनाकार अर्थपूर्ण अन्तर्वस्तुको चयन गर्ने प्रयत्नमा पर्याप्त पीडा नभोगी आजको अनुभव र रुचिभन्दा धेरै टाढा रहेका आकर्षक विषयवस्तु वा रूपको प्रयोग गर्नतिर प्रवृत्त देखिन्छन् । यसले यथार्थवादी साहित्यलाई प्रबद्र्धन गर्ने काम गर्दैन । आम जनतालाई भिड ठान्ने प्रवृत्तिका विपरीत लुसुनका चरित्रहरू प्रायः जनताबाट लिइएका छन् । बालक कालमा संगै हुर्केका किसान समुदाय र गाउँले जनजीवनलाई लुसुनले सधैं सम्झना गरिरहनु भयो । जनतालाई नायक मान्ने दृष्टिकोणको यो परिचायक हो । नेपालमा व्यवहारमा आफुलाई कम्युनिस्ट भन्ने नेताहरूमा समेत पर्याप्त मात्रामा जनतालाई भिड ठान्ने मनोवृत्ति भेटिन्छ । जब कि यथार्थमा यी साधारण जनता नै हाम्रो जीवन र देशका मालिक हुन् । उनीहरू कतिपयमा पुराना चालचलन होलान्, तिनले नयाँ खराब आनीबानी तिनले सिकेका हुन सक्छन्, आत्मिक रूपले ती दागरहित नहोलान्, तर तिनको आन्तरिक स्वत्वमा सधैं नै उज्यालो कोण– त्यस्तो ज्वाला ज्वाजल्यमान छ जसलाई कुनै हावा र पानीले निभाउन सक्तैन । यही ज्वालाले उनीहरूलाई अकल्पनीय अप्ठेराहरू र कठिनाइहरूमाथि विजय हासिल गर्न सक्षम बनाउँछ । उनीहरू नै वास्तवमा हाम्रो राष्ट्रका मेरुदण्ड हुन् । साहित्यमा यी साधारण जनताको नियतिलाई प्रतिबिम्बन गर्नु, तिनका सुख र दुखलाई अभिव्यक्त गर्नु साहित्यकारको दायित्व हो । लुसुनले यी नायकहरूलाई जसरी सम्मान दिने काम गरेका छन्, त्यो हाम्रा लागि अनुकरणीय विषय हो ।

लुसुनको यथार्थवादी परम्परामा सामान्य जनप्रतिको चासो र तिनका कार्यका आधारमा नायकका रूपमा चित्रण गर्ने कुरा मात्र होइन दैनिक जीवनप्रतिको सरोकार पनि पर्दछ । यथार्थलाई रोमान्टीकरण गर्ने, जडसूत्रीय तरिकाले ‘क्रान्तिकारी’ रूप दिने काम पनि लुसुनबाट भएको छैन । यथार्थलाई अवलोकन गर्ने, विश्लेषण गर्ने आफुले जुन रूपमा देखेको हो त्यही रूपमा प्रतिबिम्बन गर्ने प्रवृत्ति उहाँमा थियो । यो सत्यनिष्ठताको ज्वलन्त उदाहरण हो । यसबाट हामीले हाम्रो लेखनलाई समृद्ध बनाउन प्रयास गर्न आवश्यक छ । साहित्यकारको जनतासितको सम्बन्धलाई लुसुनले सर्वाेपरि महत्व दिनु भएको छ । जनसमूहमा गएर विश्लेषण गर्ने र गलत र सही कुरा छुट्टयाउने काम गरिएन भने कुनै पनि सुधार फलदायी हुँदैन भन्ने उहाँको दृढ मत थियो । कुनै पनि कुरालाई प्रस्टसित बुभ्mन र त्यसका बारेमा जनसमूहमा गएर छलफल गर्न लुसुन अत्यावश्यक कुरा मान्नुहुन्छ । लुसुनको लेखनीबाट शिक्षा लिने हो भने दुइवटा कुरामा ध्यान दिन आवश्यक हुन्छ । पहिलो, लेखक जीवन र समाजको विद्यार्थी र अनुसन्धाता हुन आवश्यक हुन्छ । दोस्रो, लेखनलाई सामाजिक न्यायका निम्ति सङ्घर्षको साधनका रूपमा उपयोग गर्न सक्नुपर्छ । लुसुनको भाषामा भन्दा ‘समाजको सुधार’ को साधनको रूपमा प्रयोग गर्न सक्नु पर्दछ । प्रगतिविरोधी साहित्यकारबाट हुने विरोध, आलोचना आदिको प्रतिवाद लुसुनले जसरी नै सशक्त रूपमा गर्ने काम पनि यसभित्र नै पर्दछ । ग्रामीण परिदृश्यलाई चित्रण गर्ने कार्यका साथै जीवनका समस्याहरू समाधान गर्ने प्रयत्नमा सामान्य जनताप्रति सहानुभूति र समानुभूति व्यक्त गर्नमा लुसुन निपुण हुनुहुन्छ । त्यति मात्र होइन जनताप्रति संवेदनाहीन तथा कठोर व्यवहार गर्नेहरूप्रति घृणा गर्ने गुण पनि लुसुनको आप्mनो विशेषता नै हो ।

गोरु भैंm दलिएर जनताको सेवा गर्ने र जनताका दुस्मनहरूलाई रोषसहित प्रतिकार गर्ने लुसुनको सिद्धान्त हाम्रा लागि पनि निर्देशक सिद्धान्त बन्न सक्नुपर्छ । लुसुनको एउटा कविताका यी प्रसिद्ध हरफ लुसुनको यही सिद्धान्तको ज्वलन्त दृष्टान्त हुन् ः आँखीभौं क्रुद्ध तुल्याउँदै लिन्छु म टक्कर कत्ति नआत्तिई मलाई ताक्ने यी हज्जार औंलाहरूको शिर झुकाउँदै, विनम्र गोरु झैं गर्छु म सेवा बालकहरूको । ‘मलाई ताक्ने हज्जार औंलाहरू’ जनताका शत्रु हुन् र ‘बालकहरू’ चाहिँ सर्वहारा वर्ग र व्यापक जनता हुन् । लुसुनको यो सर्वहारा वर्गीय अडान र प्रतिबद्धता उहाँका सम्पूर्ण रचनाको गुदी कुरो हो । जनसेवाको भावना आज हामीकहाँ राजनीतिक आन्दोलनमा समेत विरल कुरा हुन थालेको छ । साहित्यको वर्गीय पक्षधरताको समर्थन गरे पनि हाम्रा थुप्रै साहित्यकारहरूका रचनाहरूमा हिजोआज यस्तो जनसेवाको भावना र वर्गीय पक्षधरता धूमिल हँुदै गएको देखिन्छ । वर्गीय पक्षधरताको दृढतामा अभाव हुनु भनेको जुधारुपनमा आएको ह्रास र प्रतिध्रुवको प्रभावको परिणाम हो । यसलाई सच्याउने प्रयास गरिएन भने जे र जसका पक्षमा साहित्य लेख्न खोजिएको हो, त्यसकै विरुद्ध उभिन पुगिनेछ । लुसुनका सुन्दर कथाहरूको विलक्षणता उहाँको चरित्र निर्माणको विशिष्ट कलामा भेटिन्छ । यसलाई उहाँका कथाको पहिलो विशेषता पनि भन्न सकिन्छ । यी कथामा लामो कथानक हुँदैन । अङ्ग्रेजी लगायत अन्य भाषामा पाइने घुम्ती र आरोह–अवरोह पाईंदैन । कथाको आकर्षण कथाका नायक–नायिकाको चारित्रीकरणमा हुन्छ । कथामा यी नायक–नायिका नहुने हो भने केही नै रहँदैन, जीवनको दार्शनिकीकरण र अन्य सामग्रीको समेत अस्तित्व हुँदैन । अपवादका रूपमा ‘बौलाहाको डायरी’लाई राख्न सकिन्छ ।

अर्काे शब्दमा लुसुनका कथाको आत्मा भनेकै चरित्र निर्माण हो, चारित्रीकरण हो । आधुनिक चिनियाँ आख्यान खासगरी ‘क्रान्तिकारी’ कित्ताको आख्यानमा चरित्र निर्माणलाई आख्यान सिर्जनको मुख्य आधार स्तम्भका रूपमा विकसित गराउन विशेष भूमिका खेलेको छ । दोस्रो कुरा, भर्खरै उल्लेख भए जस्तै लुसुनको चारित्रीकरण लुसुनको जस्तै अनुकरण गर्न नसकिने खालको छ । उहाँका पात्रहरू अति साधारण छन् । महान् आख्यानका लागि चयन गरिन अति साधारण । तथापि तिनले पाठकमाथि साधारण पात्रले मात्र पार्न नसक्ने ठुलो प्रभाव पार्दछन् । अर्काे शब्दमा लुसुनले साधारण पात्रलाई कलात्मक प्रक्रियाका क्रममा असाधारण पात्रमा रूपान्तरित गर्नु भएको छ । यो कलात्मक प्रक्रिया आश्चर्यजनक रूपले एकदमै सानो प्रयत्नबाट बनेको छ– कम शब्द, झन्डै विशेषणको अभाव । आप्mनो यस शैलीका बारेमा प्रकाश पार्दै लुसुनले भन्नु भएको छ :  ‘म शब्दाडम्बर नहोस् भन्ने कुरामा सकेसम्म प्रयास गर्छु । म आप्mनो कुरा अनावश्यक शब्दहरू बिना नै भन्न खोज्छु । चिनका नाचहरूमा पृष्ठभूमि जनाउने पर्दा हँुदैनन् र केटाकेटीहरूका लागि लेखिएका नयाँ वर्षका चित्रहरूमा खालि एक दुई आकृति मात्र हुन्छन् । मेरो लेखनमा पनि यस्तै पद्धतिहरू सुहाउँदिला हुन्छन् भन्ने मेरो दृढ विश्वास छ । त्यसैले असम्बन्धित पूर्ण विवरण म राख्तिन र सम्बाद धेरै लामो गर्दिन ।’ (संकल्प–पूर्णाड्ढ–३८) यस सन्दर्भमा लुसुनको ‘आह क्युको साँचो कथा’ अन्तहीन प्रशंसा र आलोचनाको विषय बन्ने गरेको छ र सन्दर्भस्रोत पनि बन्ने गरेको छ । यो कथा र लुसुन सहजीवी बनेका छन् ।

लेखक जस्तै यो कथा पनि विवादबाट मुक्त छैन । कसै कसैले चिनियाँ यथार्थको सार्वभौम बिम्बका रूपमा आह क्युको चित्रण गर्न चाहने लुसुनको दार्शनिक धरातलमाथि नै प्रश्न उठाउने गरेका छन् । उनीहरूका दृष्टिमा आह क्युको बिम्ब चिनियाँ जनताका केही कमजोरीलाई औंल्याउन मात्र सफल छ, यो रुग्ण राष्ट्रिय चरित्रको चित्रण मात्र हो । तिनका दृष्टिमा आह क्यु र उसका विचारहरू दुवै अहिले अस्तित्वमा नभएको सन् १९११ को क्रान्तिको अवधिसित मात्र सम्बन्धित छन् । आह क्युको बिम्ब अब समाप्त भैसकेको छ । तर अनेकौं समालोचक यस मतसित सहमत देखिँदैनन् । तिनका अनुसार साहित्यिक पात्रहरूको निर्माण सामाजिक सन्दर्भमा नै हुने हो । चिनका राष्ट्रिय कमजोरीलाई अनावरण गर्ने चाहना लुसुनको थियो तापनि उहाँले आम राष्ट्रिय अवगुणहरूलाई सामेल गर्ने एउटै अमूर्त पात्र फेला पार्न सक्नु भएन । त्यसकारण उहाँले आह क्युका देखिने दागहरूको चित्रणमा मात्र आफुलाई सीमित नगरी मनोवैज्ञानिक विजय हासिल गर्ने कार्यनीति अपनाउनु भयो । ग्रामीण चिनका वर्ग सम्बन्धहरूलाई वर्णन गर्ने काम यसमा भएको छ । अर्थात् आह क्यु जस्तो पात्र कसरी उत्पीडित छ, कसरी उसले क्रान्तिका बारेमा आप्mनो विचारलाई बदल्छ आदि कुराको अभिव्यक्ति यसमा छ । यसका अतिरिक्त कसरी आह क्यु जस्ता मानिसहरूलाई क्रान्तिमा भाग लिनबाट रोकियो, क्रान्तिबाट आएका अधिकारीहरूबाट कसरी तिनले त्रासद स्थिति भोग्नु प¥यो भन्ने तथ्यलाई यसमा प्रस्ट पारिएको छ । त्यसैले कथाको सफलता आह क्यु जस्तो पात्रको निर्माण गर्नुमा मात्र नभएर मुख्यतः चिनको ग्रामीण समाजको अन्तर्विरोधलाई सत्यनिष्ठ रूपले चित्रण गर्नुमा रहेको छ । यो एउटा त्यस्तो प्रक्रिया थियो जसमा लुसुनले बिस्तारै सामाजिक यथार्थको जटिलता र विद्यमान सामाजिक एवम् राजनीतिक संस्थाहरूको आलोचना गर्नुमा रहेको कठिनाइलाई बुभ्mदै हुनुहुन्थ्यो ।

तात्कालिक साहित्यिक रूपहरू उपयोग गरेर व्यवस्थालाई परिवर्तन गर्ने अवधारणाको निरर्थकताको अभिव्यक्ति यसमा भएको छ । लुसुनले सामान्यतः आप्mनो समग्र लेखनमा अझ देखिनेगरी ‘आह क्युको साँचो कथा’मा एउटै व्यक्तिको माध्यमबाट चिनियाँ संस्कृतिको आदर्श प्रतिबिम्बनको प्रतिनिधित्व गराउने बिम्बको निर्माण गर्ने प्रयास गर्नु भएको छ । हरेक चिनियाँमा चिनियाँ संस्कृतिका सकारात्मक र गतिशील गुणहरूको प्रतिबिम्बन गर्ने लुसुनको खोजी सामान्यतः बौद्धिक हठ मात्र हुने थियो । उहाँमा भएको इमानदारी र क्रमशः आप्mनो अभिव्यक्ति क्षमतामा प्राप्त गरेको परिपक्वताको यो विरल उदाहरण हो । अति व्यापक र परिश्रमपूर्ण अध्ययनमा विकसित उहाँको परम्पराको आलोचना उहाँको अहिलेसम्म टिकेको छ र त्यसले हामीलाई मानव सम्प्रेषणका लागि रूपरेखा प्रदान गरेको छ । यस अनुभवबाट हामीले सिक्ने कुरा धेरै छन् । लुसुनले आप्mना कथाहरूमा बारम्बार पुनर्कल्पना गर्ने र सम्झिने घटनामा सन् १९११ को क्रान्ति पनि पर्दछ । १९११ को क्रान्ति लुसुनको जीवनको सबभन्दा महत्वपूर्ण सांस्कृतिक घटना थियो । आह क्यु लुसुनका सर्वाधिक चर्चित पात्रमध्ये पर्दछ । यो कथा चिनियाँ भाषामा प्रकाशन भएकै बेलादेखि आह क्युवादको प्रतीकका रूपमा लिन थालियो । आह क्युवादले चिनियाँ जनताका विशिष्ट कमी कमजोरीहरूको समग्रतालाई बुझाउँछ । पराजयलाई नैतिक विजयका रूपमा लिने आत्म–छल, शक्तिमा हुँदा देखिने सतही अवसरवाद, तथ्यहरूलाई बुभ्mन बाधा पु¥याउने व्यापक अस्पष्टता आदि यस खालका कमी कमजोरीभित्र पर्दछन् ।

आह क्युको विशेषता भनेको कुनै पनि अनुभवलाई तत्कालै विर्सने क्षमता हो । ऊ आप्mना शत्रु र आफुमाथि शोषण गर्नेहरूलाई तत्काल बिर्सने मात्र होइन आफुभन्दा निर्धाहरूमाथि मिचाहाले जस्तै बदला लिने काम पनि गर्दछ । हँुदै नभएको क्रान्तिका निम्ति अपराध गरेको निहँुमा ऊ फाँसी पाउने अवस्थामा पुग्दछ । उसलाई इमानदारी र स्वैरकल्पनाले विपत्तिमा पार्दछन् । इमानदारीका कारणले नै ऊ मृत्युसम्म पुग्दछ । वस्तुतः परिवर्तन नभएको परिवर्तनका नाममा विगतका शक्तिहरूद्वारा ऊ मारिन्छ । आह क्युको कुनै विगत छैन, कतिसम्म भने उसको नामसम्म छैन । कथा अघि बढ्दै जाँदा थाहा हुन्छ लगातार उ अरूबाट पुनराविष्कृत भएको हुन्छ, अरूले नै निरन्तर उसको छविलाई बदलिदिएका छन् । अर्काे त्यत्तिकै अनौठो कुरो के छ भने आप्mनो निजी आन्तरिक जीवन नभएको कारण ऊ आप्mना अनुभवबाट केही पनि सिक्तैन । शब्दहरूले उसलाई व्याकुल बनाउँछन् खासगरी प्राचीन कन्फुसी धार्मिक उपदेशका अंशहरूले । अनि ऊ धम्की र उपहासको, पाशविक हाँसो र रोदनको संसारमा आश्रित बन्न पुग्दछ । मृत्युतिर जाँदैछु भन्ने जानेपछि मात्र उसले आप्mना अनुभूतिहरूलाई बुभ्mदछ र आम मानिसका अपेक्षाहरूलाई उपेक्षा गर्दछ । आह क्यु चिनियाँ परिस्थितिको उपज, हजारौं वर्षको सामन्ती शासन र सयौं वर्षको विदेशी आक्रमणको उपज हो र यसलाई निरन्तर र दीर्घकालीन सङ्घर्षबाट मात्र हटाउन सकिन्छ भन्ने देखाउन खोज्नु भएको छ लुसुनले । आह क्युको कथाले वास्तवमा १९११ को क्रान्ति किन असफल भयो भन्ने कुरालाई खुलस्त पार्ने काम गरेको छ । चिनको बहुसङ्ख्यक किसान समुदाय खासगरी गरिब किसान र तिनका मागलाई उपेक्षा गर्नु, किसान समुदायलाई क्रान्तिमा गतिशील नबनाउनु यस विफलताको मुख्य कारण थियो । कथाले यसलाई खुलस्त पार्नुका साथै जमिन्दार वर्गमाथि आक्रमण गर्ने, तिनका जनविरोधी चरित्रलाई अनावरण गर्ने काम गर्दछ र क्रान्तिको नेतृत्व गर्ने पँुजिपति वर्गको आलोचना समेत गर्दछ ।

नेपालमा पटक पटक यस्ता क्रान्तिहरू असफल हुने गरेका छन् । तर तिनको असफलताका कारणहरूलाई यसरी मूर्त र सटीक तरिकाले बिम्बमा चित्रण गर्ने आख्यानको अभाव अहिले पनि खड्कन्छ । के यस कथाबाट त्यस दिशामा कार्य गर्ने शिक्षा हामी लिन सक्तछौं ? लुसुनको साहित्य समय कटानी गर्न लेखिएको साहित्य होइन । कला कलाका लागि भन्ने सिद्धान्तप्रति लुसुनले आप्mनो घृणा धेरै ठाउँमा व्यक्त गर्नु भएको छ । साहित्यको उपयोग गरेर राष्ट्रिय भावनालाई रूपान्तरण गर्ने उहाँको दृढ विश्वास कहिल्यै डगमगाएन । यही प्रक्रियामा उहाँले साहित्य सम्बन्धमा प्रचलित चिनियाँ धारणाहरूको निर्मम आलोचना गरेर सही विचार निर्माण गर्ने प्रक्रियालाई अघि बढाउनु भयो । बुर्जुवा चिन्तन राख्ने अर्धचन्द्र दल, फासीवादी ‘राष्ट्रिय’ साहित्य, ढुलमुले प्रगतिविरोधी ‘तेस्रो काँट’ जस्ता संस्थाहरूद्वारा साहित्यका बारेमा पैmलाएका बिखालु विचारहरूका विरुद्ध सशक्त वैचारिक आन्दोलन लुसुनले चलाउनु भयो । यस सन्दर्भमा उहाँको देखाएको निर्भीकता र सटीक वैचारिक अडानबाट हामी नेपाली साहित्यकारहरूले पनि निकै कुरा सिक्न सक्तछौं । त्यतिखेर यी संस्थासित सम्बद्ध मानिसहरू राजनीतिबाट मुक्त कला, स्वतन्त्र र तटस्थ कला, कलावाद, सौन्दर्यवाद, शाश्वत मानवीय गुणको चित्रण, कला र साहित्यको अनन्तता, अन्धराष्ट्रवाद, प्राचीन गौरववाद जस्ता कुराहरूको वकालत गर्दै थिए । साहित्य समाजको उपज हो, समाज जस्तै यो परिवर्तनशील हुन्छ, मानव गुण पनि निरन्तर परिवर्तन हँुदै आएको छ, साहित्य आजका लागि लेखिन्छ भोलिका लागि होइन, स्वतन्त्रता, तटस्थता देखावटी कुरा हुन् समाजको सदस्य भएकाले साहित्यकारले पनि कसै न कसैको पक्ष लिएकै हुन्छ, वर्गभन्दा माथि, राजनीतिभन्दा पर रहेर साहित्यको सृजना हुन सक्तैन भन्ने कुरा तार्किक रूपले पुष्टि गर्ने काम उहाँले गर्नु भएको छ र यस सङ्घर्षमा विजय हासिल गर्नु भएको छ ।

यस सन्दर्भमा मरणासन्न कथित राष्ट्रिय चरित्रको विरोध गर्नुका साथै कथित सुधारवादी र नक्कली प्रगतिशीलहरू र उग्र क्रान्तिकारीहरूका स्वार्थी उद्देश्यलाई पनि लुसुनले नङ्ग्याउने काम गर्नुभएको छ । यस किसिमको वैचारिक सङ्घर्षमा दृढताका साथ अग्र पङ्क्तिमा रहेर जुध्ने साहस लुसुनबाट सिक्नुपर्ने अर्काे पक्ष हो । पछिल्लो कालखण्डमा लुसुनले बढी नै आप्mना आलोचकसित नियमित रूपले वादविवादमा वा अन्तक्र्रियामा अल्झिनु परेको देखिन्छ । यसबाट जटिल तर विलक्षण व्यावहारिक राजनीतिक प्रणाली विकसित भएको छ । यतिखेर लुसुन सामाजिक–सांस्कृतिक कथ्यभन्दा माथि उठेर राजनीतिक कार्यभारका कथ्यमा पुग्नु भएको छ । यसलाई पथप्रदर्शक क्रान्तिकारीको ठोस र प्रस्ट रूपमा देखिने भूमिकाका रूपमा हेर्न सकिन्छ । यस भूमिकालाई लुसुनले पुरानो संस्कृतिको आलोचना गर्ने एवम् अस्वीकार गर्ने र नयाँ संस्कृतिलाई स्थान दिने प्रक्रियामा पुरा गर्नु भएको छ । यस कार्यभारभित्र पतनोन्मुख संस्कृतिलाई नवीन रूप दिनु मात्र होइन विशाल संरचनालाई समयोपयोगी हुनेगरी सामयिक र स्वस्थ मूल्य प्रणालीमा पुनर्सृजन गर्ने कार्य समेत पर्दछ । कम्युनिस्ट पार्टीको निर्देशनमा सञ्चालित वामपन्थी लेखकहरूको लीगको नेतृत्वमा रहेर यतिखेर लोकप्रिय कला र साहित्यका लागि गरिएको आन्दोलन, आम जनबोलीको भाषा निर्माणको आन्दोलन, साहित्य सिद्धान्त र सोभियत साहित्यकारका रचनाहरूको परिचय र अनुवादको आन्दोलन जस्ता विभिन्न किसिमका महत्वपूर्ण सांस्कृतिक–साहित्यिक आन्दोलन चलाउँदा उहाँले उक्त कार्यलाई अघि बढाउनु भएको छ । यसले साहित्यमा मात्र सीमित रहेर काम गरिरहेका नेपालका साहित्यकारलाई एकजना बौद्धिक व्यक्तित्वका रूपमा काम गरेर मात्र पुग्दैन सङ्गठित योद्धाका रूपमा कार्य गर्न आवश्यक छ भन्ने प्रेरणा दिन सक्तछ भन्ने मलाई लाग्दछ ।

१९३० देखि १९३६ सम्म वामपन्थी लेखक लीगको नेता, यसको संस्थापक सदस्य, चिन मुक्ति सङ्घको संस्थापकमध्ये एक, क्रान्तिकारी पारस्परिक सघाउ समाजको सदस्य, नागरिक अधिकारका लागि चिनको सङ्घको सदस्य रहेर उहाँले गर्नु भएका काम यसभित्र पर्दछन् । नाजीहरूद्वारा भएका जघन्य अपराधहरूको विरोधमा विरोधपत्र दिने कार्यमा सरिक हुने र साम्राज्यवाद, फासीवाद विरोधी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी गर्ने जस्ता कार्यमा खेलेको भूमिका पनि यही कोटिमा पर्दछन् । नेपालमा लुसुन बारे यसरी चर्चा गर्ने क्रममा उहाँका साहित्य सम्बन्धी केही धारणाहरूका बारेमा गम्भीरताका साथ मनन गर्नुपर्ने आवश्यकता मैले देखेको छु । यस्तो एउटा विषय नेपालमा विवादमा आइसकेको क्रान्तिकाल सम्बन्धी साहित्यको सन्दर्भ हो । रुसका दार्शनिक, सौन्दर्यशास्त्री प्लेखानोभले क्रान्तिले साहित्यमा नयाँ अवसर र दिशा प्रदान गर्दछ भन्नुभएको छ । तर लुसुनले भने क्रान्ति भइरहँदा साहित्य लोप हुन्छ र त्यहाँ सुनसान हुन्छ, किनभने हरेक व्यक्ति क्रान्तिकारी कार्यमा व्यस्त हुन्छ, त्यसबेला साहित्यको विषयमा बात मार्ने समय हँुदैन’ भन्नु भएको छ । यी धारणाहरू परस्पर विरोधी जस्ता लाग्दछन् । नेपालको जनयुद्धका सन्दर्भमा लुसुनको यस किसिमको धारणा गलत साबित भएको छ भन्ने आशयको बहस एकाध समालोचकबाट उठाइएको पनि छ । ख्याल राख्नुपर्ने कुरा के हो भने लुसुन क्रान्ति भैरहेको अवस्थाताकाको कुरा गर्दै हुनुहुन्थ्यो । क्रान्तिले विजय पाएपछि सामाजिक तनाउ कम हुन्छ र मानिसले अलि फुर्सद पाउँछन्, अनि मात्र साहित्य देखा पर्छ भन्ने उहाँको धारणा हो । नेपालकै सन्दर्भमा पनि यसलाई सर्वथा गलत भन्न सकिन्न । जनयुद्धकै सन्दर्भमा पनि यही कुरा साँचो हो । कतिपय साहित्यकारहरू जनयुद्धमा भाग लिने क्रममा युद्धमा संलग्न हुनुभन्दा बढी सँगसँगै हिँडेका र साहित्यलेखनमै व्यस्त रहेका उदाहरण छन् भन्ने गरिन्छ ।

तिनलाई उदाहरण बनाएर लुसुनको भनाइलाई गलत ठान्नु सही कुरो हुन सक्तैन । जनयुद्ध भैरहेको अवस्थामा त्यससम्बन्धी कति साहित्य प्रकाशनमा आयो भन्ने कुराको लेखाजोखा गर्दा पनि यसको सही उत्तर हामीले भेट्टाउन सक्तछौं । जनसाहित्य के हो भन्ने विषयमा लुसुनका विचार र नेपाली साहित्यकारका विचारमा केही भिन्नता पाइन्छ । हामीले जनताको पक्षमा लेखिने साहित्यलाई जनसाहित्य भन्दै आएका छौं भने लुसुन चाहिँ क्रान्ति सम्पन्न भैसकेपछि जनता स्वयम्ले लेखेको साहित्य मात्र जनसाहित्य हो भन्ने धारणा राख्नुहुन्छ । यसबारेमा उहाँको निकै खरो दृष्टिकोण छ । उहाँको भनाइ छ ः ‘आजको चिनको कविता वा कथा–साहित्य अरू देशको भन्दा निकै पछि छ । हामी त्यसलाई साहित्य त भन्न सक्छौं क्रान्तिकारी कालको साहित्यका विषयमा कुरा गर्न सक्तैनौं र जनताको साहित्यको त कुरै छाडौं । हाम्रा आजका सबै लेखकहरू विद्वान् मानिस हुन् र हाम्रा मजदुर र किसानहरूले आफु मुक्त नभएसम्म विद्वान्हरूले जस्तै सोच्नेछन् । उनीहरूले वास्तविक स्वतन्त्रता पाएपछि मात्र साँचो जनसाहित्य लेखिनेछ ।’ त्यसैले ‘हामीसित पहिलेदेखि नै जनसाहित्य छ’ भन्नु गलत हो ।’ (साहित्यमा लुसुनका विचारहरू, पृ. ५०) यसको व्याख्या गर्ने क्रममा लुसुनले भन्नु भएको छ ः ‘हिजोआज केही लेखकहरूले आम जनता–मजदुर र किसानहरू–लाई उपन्यास र कविताहरूमा सामग्री बनाएर लेख्न थालेका छन् र यसलाई पनि जनसाहित्य भन्न थालिएको छ । तर त्यस्तो होइन, किनभने जनताले त आप्mनो मुख अहिलेसम्म खोलेकै छैनन् । यी कृतिहरूले वास्तवमा जनताको मुखबाट आप्mना शब्दहरू ओकल्न लगाउने दर्शकहरूको भावनालाई व्यक्त गर्दछन् । हाम्रा आजका लेखकमध्ये केही गरिब पनि छन्, तर उनीहरूको स्थिति मजदुर र किसानको तुलनामा निकै राम्रो छ, नत्र उनीहरूसित पढ्नका लागि पैसा हुँदैनथ्यो, न उनीहरूले लेख्न नै सक्तथे । ती रचनाहरू जनताबाट आएको जस्तो त लाग्न सक्तछ, तर त्यस्तो होइन । ती जनताका वास्तविक कथा होइनन् ।’ (कला, साहित्य और संस्कृति– लुसुन, पृ. ५१) माथिल्लो वर्गबाट आएका साहित्यकारको वर्गरूपान्तरण वा सर्वहाराकरण आवश्यक छ भन्ने क्रममा उहाँले अर्काे एक ठाउँमा भन्नु भएको छ: ‘मेरो विचारमा एउटा लेखकले उही पुरानो समाजमा बसिरहेकोले र त्यसभित्रका कुरा र मानिसहरूसित उसको बसउठ भएकाले ती जम्मै कुरा बुभ्mन सक्छ । तर उसको सम्बन्ध नभएको मजदुर वर्ग र मजदुरहरूको सम्बन्धमा उसले त्यसो गर्न सक्तैन, ग¥यो भने पनि उसले तथ्य विपरीत लेख्नेछ ।’ (साहित्यमा लुसुनका विचारहरू, पृ. ३७) यही कारण उहाँ वर्ग रूपान्तरण नभैसकेको साहित्यकारले जनसाहित्य लेख्न सक्तैन भन्ने निष्कर्षमा पुग्नु भएको छ ।

यो वास्तवमा विश्वसाहित्यकै एउटा विवादभित्रको विषय हो । तर लुसुनलाई बुभ्mन हामीले यसबारेको उहाँको धारणालाई मनन गर्न आवश्यक छ । अर्काे कुरो, साहित्यको समाजरूपान्तरणकारी भूमिकासित सम्बन्धित छ । साहित्यले समाजको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विषयमा कसैको पनि विवाद नहोला । तर यो भूमिका साहित्यले कसरी पुरा गर्दछ भन्ने सवालमा हामी सबै प्रस्ट छौं भन्ने पनि होइन । यस सम्बन्धमा लुसुनका विचारबाट हामी केही मात्रामा प्रशिक्षित हुन सक्तछौं । लुसुन भन्नुहुन्छ ः ‘केही मानिसहरू साहित्यले क्रान्तिमा ठुलो प्रभाव पार्छ भनी विचार गर्छन्, तर व्यक्तिगत रूपमा म भने शंका गर्दछु ।’ (साहित्यमा लुसुनका विचारहरू, पृ. ५०) लुसुनको दृष्टिमा साहित्यले परिस्थिति बदल्छ भन्ने मान्यता राख्ने मानिस आदर्शवादी हो, भौतिकवादी होइन । यसलाई प्रस्ट पार्दै उहाँले एक ठाउँमा भन्नु भएको छ ः ‘कलाका पुजारीहरू साहित्यमा संसारको परिस्थिति बदल्ने सामथ्र्य छ भन्ने दाबी गर्दछन् तापनि साहित्यले परिस्थितिका बीच आकार ग्रहण गर्ने हो । त्यसैले सत्य कुरो के हो भने पहिले राजनीति आउँछ र साहित्य त्यसै अनुसार बदलिन्छ । यदि तपाईं साहित्यले परिस्थितिलाई बदल्छ भन्ने मान्नु हुन्छ भने तपाईं आदर्शवादी हुनुहुन्छ ।’ (कला, साहित्य और संस्कृति– लुसुन, पृ. ५४) लुसुनले प्रस्टसित साहित्यले भावनात्मक, वैचारिक परिवर्तनका निम्ति कार्य गर्दछ र त्यसबाट प्रेरित मानिसहरू क्रान्तिमा लाग्दछन् र क्रान्तिले नै परिस्थितिलाई बदल्ने हो भन्ने धारणा राख्नु भएको छ । परिस्थितिको चित्रण र प्रतिबिम्बन सही रूपमा भएको खण्डमा त्यस परिस्थितिलाई बदल्न क्रान्तिकारी वर्गहरू लाग्दछन् । यही नै साहित्यको परिवर्तनकारी भूमिका हो ।

त्यसैले लुसुनले राजनीतिक कारबाहीको अर्थमा राजनीतिलाई पहिलो स्थान दिनु भएको हो । यसलाई लुसुनले यसरी भन्नु भएको छ : ‘क्रान्तिका निम्ति हामीलाई क्रान्तिकारीहरू चाहिएको छ, तर क्रान्तिकारी साहित्य पर्खन सक्छ, किनभने क्रान्तिकारीहरूले लेख्न थालेपछि मात्र क्रान्तिकारी साहित्य सुरु हुन्छ । यस कारण मेरो विचारमा साहित्यमा परिवर्तन ल्याउने कुरो क्रान्ति हो ।’ समालोचनाका सम्बन्धमा व्यक्त लुसुनका विचारहरू पनि निकै मननीय छन् । लुसुनले त्यतिखेर चिनमा साहित्य र कलाका क्षेत्रमा प्रचलित असैद्धान्तिक, विकृत र सङ्कीर्णतावादी आलोचनाको विरोध गर्नु भएको छ । उहाँले ध्वंसात्मक आलोचनाको पनि आलोचना गर्नु भएको छ । यस्ता आलोचना रचनात्मक होइनन् र तिनले प्रगतिशील साहित्यमा हानि पु¥याउँछन् भन्ने उहाँको दृष्टिकोण थियो । उहाँले कतिपय सन्दर्भमा चिनियाँ साहित्य समालोचक विश्वसनीय छैनन् समेत भन्नु भएको छ । तर सधैं उहाँले सही आलोचनाको वकालत गर्नु भएको छ र आपैंmले पनि उत्कृष्ट समालोचनाहरू गर्नु भएको छ । उहाँ मानदण्ड बिनाको आलोचनालाई मन पराउनु हुन्नथ्यो र सत्य, मानव प्रगति र सौन्दर्यलाई आलोचनाको मानदण्डका रूपमा ग्रहण गर्नुहुन्थ्यो । तर यहाँ मैले आलोचकबाट उहाँले अपेक्षा गर्नु भएका तीनवटा कुरालाई बढी महत्व दिन खोजेको छु । पहिलो कुरो, खराब कुरा कृतिमा के छ त्यसलाई देखाउनु पर्दछ । दोस्रो कुरो, त्यसमा असल कुरा के छ औंल्याउनु पर्दछ । तेस्रो कुरो, असल कुरा केही पनि छैन भने पाठकका लागि लाभदायी हुने खराब अंशहरू देखाइदिनुपर्दछ । -A Short History Of Modern Chinese Literature-Tig Yi, p. 142)अनुवादको आलोचनाको सन्दर्भमा यी कुरा गरिएको भए तापनि यसलाई साहित्य समालोचनामा पनि उपयोग गर्न सकिन्छ । आवेगपूर्ण देशभक्ति, सत्यप्रति दृढ विश्वास र चिनमा आधारभूत परिवर्तन वा क्रान्तिको गम्भीर चाहना लुसुनका बौद्धिक अनुसन्धानका तीन मूल आयाम थिए । लुसुनको विशेषता भनेकै परिवर्तनको सबभन्दा बढी पक्षपोषण गर्नु हो । १९१८ देखि १९२७ ताकाको आलोचनात्मक यथार्थवादी लेखनको अवधि होस् कि १९२८ देखि १९३६ सम्मको समाजवादी यथार्थवादी लेखनको अवधि होस् उहाँले जीवनभरि क्रान्तिको पक्षमा कलम चलाउनु भएको छ र यसकै लागि कारबाहीको केन्द्रमा रहेर काम गर्नु भएको छ । उहाँका सुन्दर मानिएका अधिकांश कथा र निबन्धले पुराना परिचित बाटाहरू अब सम्भव छैनन् भन्ने कुराको कारण सहित व्याख्या– विश्लेषण गरेका छन् । आफु स्वयम् र आफु रहेको परिवेशलाई परिवर्तन गर्ने अदम्य भावना लुसुनको गुण हो । मानव समाजमा परिवर्तन स्वाभाविक सङ्घटना होइन, यसका लागि सचेतन प्रयत्न आवश्यक हुन्छ ।

मानव परिप्रेक्ष्य र गतिशीलतासंगै समाज परिवर्तनको यो आदर्शलाई निरन्तर ध्यान राखिनु पर्छ र यसका लागि सधैं सङ्घर्ष गरिरहनुपर्ने हुन्छ । लुसुनले यसका लागि हान फेइजीको घोडा–दौडको कलालाई उद्धृत गरेर ठोस विधि प्रदान गर्नु भएको छ । दौडमा सबभन्दा पछि परियो भनेर कसैले पनि लज्जित हुनु राम्रो हुँदैन । लुसुन प्रयत्न नै नगर्नु खतरनाक हुन्छ भन्ने ठान्नुहुन्छ । ‘चुत्थो पारियो भनी नपिरोलिने’ धेरै मानिस भएको राष्ट्र आपत्कालीन स्थितिमा माटोको डल्लो जस्तै घुलोपिठो हुनेछैन । खेलकुद हेरिरहँदा म जहिले पनि विचार गर्छु ः वास्तवमा म विजयीहरूको सम्मान गर्छु, तर पछि परें पनि लक्ष्यतिर ताकेर लागेको लाग्यै गरी दगुरिरहेका र उनीहरूलाई हेरेर नगिज्याउने दर्शकहरू कुनै दिन चिनका मेरुदण्ड हुनेछन् ।’ घोडे दौडको यो अदम्य भावनाबाट प्रेरित भएर नै हामीले समाजपरिवर्तनको महान् अभियानलाई सही तरिकाले अघि बढाउन सक्तछौं । लुसुनको यस १३२ जन्मजयन्तीको अवसरमा उहाँप्रति हार्दिक सम्मान व्यक्त गर्दै म बिदा हुन चाहन्छु । धन्यवाद

सन्दर्भ सामग्री-

लू स्युनको सम्झनामा लु शून, कर्णसिंह चौहान –अनु.) । कला, साहित्य और संस्कृति । दिल्ली । वाणी प्रकाशन । १९९४ चौहान, कर्णसिंह (अनु.) । लु शून की रचनाएँ । दिल्ली । साहित्य अकादेमी । १९९२ मानन्धर, शान्तदास (अनु.) । लु सुनका केही निबन्धहरू । काठमाडौं । साहित्य सदन । २०६७ वि.सं. .........................(अनु.) । साहित्यमा लू स्युनका विचारहरू । काठमाडौं । नेपाल चीन मैत्री सङ्घ । २०२२ वि.सं. शान्तदास (अनु.) । लू स्युनका केही निबन्धहरू । काठमाडौं । नेपाल चीन मैत्री सङ्घ । २०२५ वि.सं. ............ (अनु.) । लू शुनका अरू केही निबन्धहरू । भक्तपुर । प्रगतिशील लेख भण्डार । २०३५ वि.सं. शिछिङ, वाङ, खगेन्द्र सङ्ग्रौला (अनु.) । लु शुनको जीवनी । काठमाडौं । प्रगति प्रकाशन । २०४२ वि.सं. लोहनी, गोविन्द प्रसाद । आजको चीन । काठकाडौं । प्रगतिशील प्रकाशन मण्डल । १९५३ भट्टराई, निरञ्जन । चीन र त्यससित नेपालको सम्बन्ध । काठमाडौं । नेपाल एकेडेमी । २०१८ वि.सं. श्यामप्रसाद । लेखक कसरी बन्ने ? । वीरगञ्ज । प्रगतिशील लेखक सङ्घ । १९५३ Yi, Ting .  A Short History Of Chinese Literature .  Foreign Languages वेदना, पूर्णाड्ढ १६ । २०३६ सङ्कल्प लु सुन विशेषाड्ढ, पूर्णाड्ढ ३८ । २०३८ नवआलोक लु सुन विशेषाड्ढ अड्ढ ४ । २०३७–२०३८