सस्मरणः क्रिमियाको यात्रा: मारिया आन्द्रेएभा (मारिया आन्द्रेएभा (१८५३–१९५३)–मास्को आर्ट थिएटरको अभिनेत्री । गोर्कीको यिनीसित क्रिमियामा भेट भएको थियो । त्यहाँ थिएटर आफ्नो कार्यक्रम प्रदर्शन गरिरहेको थियो । सन १९०३ मा गोर्कीले मारियासित विवाह गरेका थिए । उनी एक लेखकको सच्चा मित्र र सहायक थिइन् । बोल्शेभिक पार्टीको सक्रिय सदस्यको नाताले मारियाले क्रान्तिकारी काममा भाग लिइन् । अक्टुबर क्रान्तिपछि पिटर्सबर्गको थिएटरहरुको संचालन गरिन् पुनः विदेश व्यापारको जनकमिसारियतमा मास्को विद्धान भवनको संचालन गरिन् ।
तेश्रो दशकमा गोर्की र आन्द्रेएभा छुट्टिए, तर दुवैवीच मित्रतापूर्ण सम्वन्ध भने कायम नै रह्यो ।) हाम्रो थिएटरलाई त्यतिखेर पब्लिक आर्ट थिएर नै भनिन्थ्यो । आन्तोन चेखवको दुईवटा नाटक सागर पन्छी र अंकल बान्या प्रदर्शन गर्न सन १९०० मा हामी क्रिमियाको याल्टा शहर गयौं । उनले त्यतिखेरसम्म यो नाटक हेरेका थिएनन् । बाटोमा हामी सेवास्तोपोल नगरमा रोकियौं र त्याहाँ पनि हाम्रो शो भयो । हामीलाई थाहा थियो माक्सिम गोर्की याल्टामा बस्नु भएको थियो ।
हामीमध्ये धेरैले उनको रचनाहरु पढेका थियौं त्यसमा हाम्रो बहसहरु हुन्थ्यो । केहीले यी नयाँ उदयमान साहित्यीक प्रतिभालाई तत्कालै स्वीकार गरेका थिए, उनीमा नयाँ विचारहरु र भावनाहरुको उद्घोषक देख्ते तर केही अरु मानिसहरुलाई यो राम्रो लाग्दैन थियो कि गोर्कीको माल्वा कथामा “सागर अट्टहास गर्छ” को नायक मानव जातिको सबैभन्दा रसातलको थियो । चेखव हामीसंग भेट्न सेवास्तोपोल आउनु भयो यद्यपि डाक्टरहरुले उहाँलाई भनेका थिए “उनी आफ्नो स्वास्थ्यको लागि यो खतरा नउठाउन, याल्टामा नै हामी आउने प्रतिक्षा गरुन् ।”
गोर्की हामी इब्सनको हेड्डा गैब्लर नाटक प्रदर्शन गरिरहेका थियौं । मध्यान्तरमा मैले गल्लीबाट आउँदै गरेका चेखोवको गरुङ्गो आवाज सुने । मैले खुशीसाथ सोचें ऐले आउनु हुन्छ शायद । थाहा छैन उनलाई राम्रो लाग्छ लाग्दैन । नाटक त उनले मन पराएको यो होईन............। साँच्चै नै मेरो कोठरी जस्तो मेकअप रुमको सानो ढोकामा ढकढक्याएको आवाज आयो । के मभित्र आउन सक्छु मारिया जि ? तर म एक्लै छैन, मसंग गोर्की पनि छन् । मेरो मुटु ढक्क अडियो– हे भगवान! चेखोव अझ गोर्की पनि । उनीहरुलाई स्वागत गर्न उठेँ । चेखोवभित्र आउनु भयो उहाँलाई म धेरै पहिले देखि नै चिन्थे । अभिनेत्री भैसकेकी थिइन, त्यतिबेला नै ठीक उनको पछाडि थियो एउटा अग्लो कृशकाय आकृति, रुसी कुर्ता लगाएको लामो समतल कपाल, ठूलो अरिमुठे जुङ्गा भएको मान्छे । के गोर्की यिनै हुन ? प्रायः सबै थिएटर मण्डली नै छिट्टै गोर्कीको प्रशंसक भैहाले । याल्टामा हाम्रो प्रदर्शनहरुको अवधिमा गोर्कीसित प्रायः हाम्रो भेटघाट भैरहन्थ्यो चेखवको घरमा, थिएटरमा र शहरमा । ज्नानियेको प्रायः सारा एल्पात्येस्की, बुनिन, कुप्रिन, गुसेव, ओरेनवुर्गस्की, स्किालेंत्सक तथा केही अन्य अल्पज्ञात लेखक त्यसबेला याल्टामा भेला भएका थिए । मामिन सिविर्याक पनि यहीँ बसेका थिए । रिहर्सलहरु र प्रदर्शनहरु पश्चात केही खाली समय रहन्थ्यो, उनी हामी अभिनेता, कलाकार तथा लेखकहरुसित विताउँथे । हामीलाई यो देखेर दिक्क लाग्थ्यो कि गोर्कीप्रति उनीहरुको ट्रेण्ड दोहोरो खालको थियो । एकपटक चेखवकोमा यस्तो घटना घट्यो । चिया खाइसकेपछि दिउसो त्यस्तै चार बजे हाम्रो थिएटरको केही मानिस चेखोवको कोठामा भेला भए । त्यहाँ बुनिन पनि थिए र नौसैनिक अफिसरको वर्दी लगाएको एकजना युवा पनि उसको नाम शायद लाजारेब्स्की थियो । मलाई राम्ररी सम्झना छ उसले चेखोवलाई दुःख दिनुसम्म दिएको थियो । उसको केही रचनाहरु उनको सुझाव प्राप्त गर्नको लागि सुम्पेको थियो । उ चहान्थ्यो चेखवले मात्र त्यसप्रति ध्यान दिउन् । उभन्दा बाहेक त्यहाँ स्कितालेत्स, चिरिकोव र गोर्की पनि थिए । गोर्की जहाँ हुन्थे, आमरुपमा त्यहीं सबैको आकर्षणको केन्द्र विन्दु बन्थे । यसपटक पनि यसतै भयो । उनी निकै जोशले बोलिरहेका थिए । जोडजोडले हात हल्लाई रहेका थिए । उनको सम्पूर्ण व्यवहार नै हाम्रो लागि असाधारण थियो । आनीबानीमा अद्भुत सहजता र दक्षता थियो । लामो अभिव्यन्जनात्मक औंँला भएका उनका शुन्दर हात हावामा आकृतिहरु र रेखाहरु बनाउँथे र यो कुराले उनको वाग्मितालाई झन राम्ररी मुखरित गथ्र्यो ।
महान लेखकहरु तोल्स्तोय र गोर्की
चेखव एउटा सोफामा एउटा गोडालाई अर्को गोडामा चढाएर बसेर अर्थपूर्ण मुस्कानसहित ध्यान दिएर सुनिरहेका थिए । गोर्की दुई रुसी मेधाहरु तोल्स्तोय र दोस्तोएब्स्कीको विषयमा चर्चा गरिरहेका थिए । बडो जोशिलोपाराले उनी यसो भन्दै थिए कि “यी महान लेखकहरुले रुसी जनतालाई विराट नोक्सानी पनि पु¥याए किनकी उनीहरु विकासको इतिहासलाई थाम्ने त्यसको गति धिमा पार्ने र त्यसलाई रोक्ने प्रयाश गर्दै रहे ।”© सुन्नेहरुको अनुहारबाट प्रष्ट हुन्थ्यो गोर्कीसित उनीहरु सहमत छैनन् । तर कोही पनि उनीसित बहस गरिरहेका थिएनन् । उनीहरुले गोर्कीलाई आफ्नो कुरा पूरा गरी सबैसितबाट बिदा लिएर जान दिए । गोर्कीलाई जान अबेर भैसकेको थियो तर सबै लेखकबन्धुहरु बोल्न थाले खैलाबैला गर्न र बहस गर्न थाले । “आक्रोशको हद भयो! यसको यो हिम्मत ! स्वयं त स्वयं सिक्तै छ ।” उनीहरुले कुनै ठोस तर्क र प्रमाण प्रस्तुत गर्न सकेनन्, केवल मनपरी गाली गरिरहे । चेखोव अलि अलि खोक्तै थिएः उनको अनुहारमा ब्यँग्यको भाव थियो । अन्ततः उनी बिस्तारै बोले यी सबै कुरा गोर्की हुँदै किन नभनेको तपाईहरुले ?
माक्सिम गोर्की सोभिएत रुसका विश्व प्रसिद्ध लेखक, नाटककार र कवि हुन्। गोर्कीको जन्म सन १८६८ को मार्च २८ का दिन भएको थियो । क्रान्तिकारी माक्र्सवादी आन्दोलनमा साहित्य लेखन तथा जनचेतनाको अग्रिम मोर्चा संभालेकाले समाजवाद स्थापनामा उनको महत्वपूर्ण भूमिका रहेको थियो। उहाँ अत्यन्त एक सक्रिय कम्युनिष्ट हुनुहुनथ्यो । उहाँ रूसी सोशल डेमोक्रेटिक लेबर पार्टीको सदस्य हुनुहुन्थ्यो र उहाँ क्रान्तिकारी बोल्शेविकमा सामेल हुनुभएको थियो । त्यही पार्टीले लेनिनको नेतृत्वमा महान समाजवादी अक्टोबर क्रान्ति सम्पन्न गरेको थियो । गोर्की क्रान्तिको अवधिमा जारशाही क्रूर दमनका कारण जेल र प्रहरी हिरासत र पटक पटक नजरबन्दमा परेकोले रुस बाहिर बस्न बाध्ये हुनु भएको थियो भने समाजवादी क्रान्ति सम्पन्न भएपछि पनि लामो समयसम्म देश बाहिर नै बस्नु भएको थियो । उहाँ महासचिव जोसेफ स्टालिनको निमन्त्रणामा सोभियत संघम्ँ रमा फर्कनु भयो र सन १९३६ को १८ जुनमा उहाँको देहान्त भएको थियो । गोर्कीलाई समाजवादी यथार्थवादी कलाको संस्थापक भनिन्छ ।
चेखोव र गोर्की गोर्कीको मनमा चेखोवप्रति धेरै स्नेह थियो । उनी चेखोवको प्रतिभाको अगाडि सिर झुकाउथे । याल्टामा जति पटक पनि हामीले चेखोवको नाटक खेल्यौं सबै गोर्कीले हेर्नु भयो । अंकल वान्यामा मेरो कुनै भूमिका थिएन, त्यसैले म मञ्चमा हुने घटनाहरुका विषयमा गोर्कीको प्रतिकृया हेर्दथें । उनको आँखाहरु कहिले चम्किन्थ्यो, कहिले झिमिक्क पार्दथे, कहिले उनी आफ्नो लामो कपाललाई जोड्ले झट्काउँथे, प्रष्ट देखिन्थ्यो उनी आफ्नो मनलाई काबुमा राख्नको लागि कति जोड लगाई रहेका छन्, तर आँंखा अचानक डब्डबाएर आउंँथ्यो, गालामा आँशु झर्न थाल्थ्यो । उनी झस्किएर त्यसलाई पुच्छ्थे, जोेडले नाक सिँक्क गर्थे हतारिदै यताउति नजर कुदाउँथे र फेरी मञ्चमा आँखा लगाईरहन्थे । © महान लेखकहरु तोल्स्तोय र दोस्तोयेब्स्कीको प्रतिभा को गोर्की औधी सम्मान गर्नु हुन्थ्यो , किनकि यी विभूतिहरुले रुसको यथार्थलाई निडरताकासाथ र निसंकोच भएर पर्दाफास गरेका थिए । तर गोर्की उहाँहरुद्धारा निस्क्रियता, वश्यता, विनम्रताको आदर्शीकरणको भने डटेर विरोध गर्नुहुन्थ्यो र यी दुबै लेखकको धार्मिक खोजहरुलाई अस्वीकार गर्नुहुन्थ्यो । .........................
अनुवादः जय कार्की
सम्पादक कम्युनिष्टअनलाईन
पुस्तकको नाम: गोर्की यादों के दर्पण मे पेज नम्बर ६४ देखी ६७ सम्म
प्रगति प्रकाशन मास्को १९९० सोभियत संघ मे मुद्रित