२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

२४९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको नेकपामा १८०० सदस्यले शपथ लिन पाएनन्

बिहिवार , माघ १, २०८२

२४९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको नेकपामा १८०० सदस्यले शपथ लिन पाएनन्

काठमाडौं, १ माघ २०८२/  नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २४९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरे पनि हालसम्म करिब १८०० प्रस्तावित सदस्यहरूले शपथ ग्रहण गर्न नपाएको विषयले पार्टीभित्र चर्चा सुरु भएको छ।

मंगलबार काठमाडौंको पेरिसडाँडामा आयोजित शपथ ग्रहण कार्यक्रममा सीमित संख्याका नेताहरूले मात्र शपथ लिएपछि बाँकी सदस्यहरू शपथबाट बाहिरिएको अवस्था देखिएको हो।

शपथ लिन बाँकी रहेका सदस्यहरू पूर्व माओवादी र अन्य घटकबाट प्रस्तावित केन्द्रीय समिति सदस्यहरू रहेको पार्टी स्रोतले जनाएको छ। शपथ ग्रहण कार्यक्रमपछि पार्टीभित्र शपथ प्रक्रिया, प्रतिनिधित्व र निर्णय प्रक्रियाबारे विभिन्न प्रश्न उठ्न थालेका छन्।

शपथ कहिले र कुन आधारमा बाँकी सदस्यहरूलाई गराइने भन्ने विषयमा औपचारिक जानकारी नआएकाले अन्योल बढेको बताइएको छ।

पार्टीभित्रै केही नेताहरूले शपथ ग्रहण सूचीमा मजदुर, किसान, दलित, जनजाति तथा सीमान्तकृत समुदायको उपस्थिति अपेक्षाकृत कम देखिएको प्रतिक्रिया दिएका छन्।

उनीहरूका अनुसार पार्टी एकताको भावनाअनुसार सबै वर्ग र घटकको समान सहभागिता देखिनुपर्ने अपेक्षा थियो। केन्द्रीय कमिटी गठन प्रक्रियाबारे पनि पार्टीभित्र प्रश्न उठेका छन्।

लामो समयदेखि पार्टी आन्दोलनमा सक्रिय केही नेताहरू सूचीमा नपरेको र सीमित घेराका व्यक्तिहरू मात्र शपथ कार्यक्रममा देखिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। यद्यपि पार्टी नेतृत्व पक्षले भने शपथ ग्रहण प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने जनाएको छ।

पार्टीका एक नेताका अनुसार प्राविधिक र व्यवस्थापकीय कारणले सबै सदस्यलाई एकैपटक शपथ गराउन नसकिएको हो र बाँकी सदस्यहरूलाई उपयुक्त समयमा शपथ गराइनेछ।

शपथ लिन बाँकी रहेका सदस्यहरूले नेतृत्वबाट औपचारिक निर्णय र स्पष्ट कार्ययोजनाको प्रतीक्षा गरिरहेका छन्। यस विषयलाई आन्तरिक छलफलमार्फत समाधान गर्नुपर्ने धारणा पनि पार्टीभित्र व्यक्त भइरहेको छ।

safat1.jpg
undefined

लाई समयमै सम्बोधन गर्न नसके संगठनात्मक स्थायित्व कायम रहन नसक्ने औंल्याएका छन ।