“उनी केवल बस चालक हुन्,” र तैपनि, उनले चाभेजको विरासतलाई निरन्तरता दिईरहे , बोलिभारको सपनाप्रति वफादार बनिरहे ।
“उनी चराहरूसँग कुरा गर्छन्, उनी पागलझैँ लाग्छन” र तैपनि, उनले सामना गरेको हरेक आँधीबेहरी, हरेक प्रतिबन्ध र हरेक आक्रमणको सामना गरे, र गतिशीलतामा दृढ रहे।
आरोप जड्छन “उनी एक तानाशाह हुन्, उनी एक हत्यारा हुन्,” र तैपनि, उनले हरेक चुनाव जिते र असल मान्छे र गरिबहरूको सम्मान कहिल्यै गुमाएनन्।
अझ भयानक आरोप लाउनए के कमि, उनी लागूऔषध व्यापारी हुन्, तर, जब उनी अदालतमा उपस्थित भए, उनको विरुद्धमा लगाइएका सबै आरोपहरू खारेज भइसकेका थिए। ती अत्यन्त झूटा आरोप थिए ।
उनले सबै झूट र सबै विकृतिहरूलाई पराजित गरिसकेका छन्, उनी अन्त्यसम्म आफ्ना जनता र आफ्नो राष्ट्रको साथमा उभिएका थिए, उनी कहिल्यै भागेनन् र आफ्नो देशको नेतृत्व गर्नमा कहिल्यै चुकेनन, जबसम्म उनीहरूले बन्दुकको सङीनको आतंक देखाई उनलाई घिसारेनन्,ती ती लुटेरा र डाँकुहरूले ।
के तिनीहरूले जितेरु
निकोलसलाई थाहा थियो कि उनी चाभेज जस्तै अनन्त थिएनन्। मलाई थाहा थियो कि यो दिन एक वा अर्को तरिकाले आउनेछ। एक जनालाई हटाएर, अपहरण गरेर के हुन्छ त्यो पूर गर्न लाखौं उनको ठाउँमा खडा हुनेछन् ।
अनि अब मेक्सिकोदेखि पेरिस, मस्को र प्रिटोरियासम्म संसारभरि आक्रोशको आवाज गुन्जिएको छ। त्यहाँ हजारौं देशबासी, आमा, कामदार, विद्यार्थी, खेतीपाती गर्ने किसान, चालकहरूको ओठबाट निस्किरहेको छ, मदुरोलाई फिर्ता गर१ू भनिरहेका छन् । माग गरिरहेका छन ।
के तिनीहरूले निकोलसलाई इतिहासबाट गायब पार्नेछन्रु
बबी स्यान्ड्स, आयरल्याण्डको पक्षमा भोक हड्तालीको बारेमा के हो जसले शताब्दीयौंदेखि आफ्नो मातृभूमि लुटिरहेको साम्राज्यवादी राष्ट्र विरुद्ध स्वतन्त्रताको लागि लडेका थिएरु
नेल्सन मण्डेलालाई २७ वर्षसम्म जेलमा र एक्लै बस्नुपरेको बारेमा के हो, एक पटक पनि बच्चाको हाँसो सुन्नुभएन, तर अपहरणकारीहरूको खिल्ली उडाउने हाँसो मात्र सुन्नुभयोरु
वाशिंगटनदेखि क्यानबेरासम्म सबै जासूसहरू, गुप्तचर एजेन्सीहरू र उनीहरूका कर्पोरेट चाकरहरूलाई हल्लाउनुभएका सत्यका सन्देशवाहक जुलियन असान्जको बारेमा के होरु
निकोलस यी नायकहरू र नेताहरूको श्रेणीमा सामेल भएका छन् जसले आफ्नो टाउको माथि उठाएर स्वतन्त्र भएर हिंड्न वा इतिहासमा जीवित किंवदन्तीको रूपमा नझुक्ने अकल्पनीय कुराहरू सहेका छन्।
निकोलसले कहिल्यै आफ्नो दृढ संकल्प गुमाएनन्, सधैं एक सच्चा बोलिभार जस्तै निर्भय र आत्मविश्वासी बनी उभिइरहेका छन् । ट्रम्प र रुबियोहरुको मतलब नगरी उभिएका छन् ।
बलियो र गर्वका साथ उभिरहेका छन् ।
हुन्कार गरिरहेछनस् “म राष्ट्रपति हुँ। म एक सभ्य मानिस हुँ। म निर्दोष छु।”
हामीले जित्नेछौं!
बिश्वब्यापी नारा घन्काउदै दृढ़ संकल्पका साथ ।