२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको छ : संयोजक प्रचण्ड

सोमवार , माघ ५, २०८२

सोनाम ल्होसारको शुभकामना
५ माघ २०८२ आज २८६२ औँ सोनाम ल्होसारको अवसरमा तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, सबै आदिवासी जनजाति समुदाय र सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको कामना गर्दछु।

bigepti p.jpg
undefined


सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइनस यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो। डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष)को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पको सन्देश दिन्छ।
तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन र सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको छ। यही विविधता नै हाम्रो राष्ट्रिय एकताको बलियो आधार हो।


आज पनि सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि संघर्ष जारी छ। सोनाम ल्होसारले हामी सबैलाई विभेदविरुद्ध एकजुट भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा अझ दृढ बनाओस्।
यस अवसरमा तामाङ समुदायसहित सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य, दीर्घायु, सम्मानपूर्ण जीवन र समृद्ध भविष्यको कामना गर्दछु। ने.सं.११४६, सिल्लाथ्व पारू