२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

भक्तपुर २ का उम्मेदवार रामप्रसाद सापकोटाको आह्वान: तारा चिन्हमा मतदान

शनिवार , माघ १०, २०८२

भक्तपुर १० माघ २०८२ ।आगामी निर्वाचनलाई लक्षित गर्दै भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवार रामप्रसाद सापकोटा (दिपशिखा) ले परिवर्तन, सुशासन र समृद्धिको पक्षमा उभिन आम मतदातालाई तारा चिन्हमा मतदान गर्न हार्दिक आह्वान गर्नुभएको छ।


“जिल्लाले रोजेको, भक्तपुरले खोजेको युवा उम्मेदवार” का रूपमा परिचित सापकोटाले स्पष्ट नीति, जनउत्तरदायी नेतृत्व र सबै वर्ग–समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले देशलाई पटक–पटक परीक्षण भइसकेका पुराना अभ्यासबाट मुक्त गरी नयाँ दिशातर्फ लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो।

dip shikha.jpeg
undefined


उम्मेदवार सापकोटाका अनुसार “जसको नीति, उसैको नेतृत्व” को सिद्धान्तअनुसार अब नेतृत्व चयन हुनुपर्छ। उहाँले युवाको भूमिका, श्रमिक र किसानको अधिकार, सामाजिक न्याय तथा समानताको सवाललाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाएको बताउनुभयो। साथै, उहाँले प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याउँदै “जसको जोत, उसैको पोत” भन्ने मान्यतालाई व्यवहारमा उतारेर किसान, श्रमिक र मेहनतकश वर्गको हक सुनिश्चित गरिने स्पष्ट पार्नुभयो। यसले देशको विकास, समृद्धि र सबैको सहभागितामूलक शासन व्यवस्था स्थापना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।


नेपाली कम्युनिष्ट पार्टीले भक्तपुर क्षेत्र नम्बर–२ का सम्पूर्ण जनसमुदायलाई यसपटक परिवर्तनको पक्षमा उभिँदै तारा चिन्ह र नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरेको छ।