२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

ट्राटस्कीपंथीहरुले किन गरेका थिए कमरेड किरोभको हत्या - जय कार्की

आइतवार , फाल्गुण १०, २०८२

होनहार वोल्सेभिक पुत्र सेर्गेइ किरोभको ट्राटस्कीपंथीको शिकार हुनुभयो । कामरेड स्टालिनको अत्यन्त विश्वासपात्र किरोभको हत्या ट्राटस्कीपंथीले स्टालिनपछि समाजवादी सत्ताको वागडोर गर्ने जिम्मा किरोभले प्राप्त गर्ने निश्चित भएकोले समाजवादलाई ध्वंश गर्ने अभियान अन्तरगत व्यक्ति हत्याको राजनीति शुरु गरेका थिए । यसपटकको मार्च २७ कामरेड किरोभको  जन्म दिवस हो । स्टालिनका अनन्य मित्रप्रति हार्दिक श्रद्धाञ्जली ।
किरोभ सात वर्षको उमेरमा नै आमा वुवाको स्नेहवाट वंचित भएका थिए । उनका वावु मिरोन कोस्त्रीकोभले उनी सात वर्षको उमेरको छंदा परित्याग गरेका थिए भने आमाको पनि त्यहि वर्ष देहान्त भएको थियो । उनलाई हजुरआमाले टुहुराहरुको बालगृहमा पठाउनु अघि आफैले पालन पोषण गरेकी थिइन ।
 सेर्गेइ मिरोनोभिच किरोभको जन्म सन् १८८६ मा रुसको उर्जुममा अर्थात हालको किरोभ प्रान्तमा भएको थियो । उनले काजान टेक्निकल कलेजबाट स्नातक गरेका थिए र सन् १९०४ मा किरोभ तोम्स्क पुगेका थिए र त्यहीं वोल्शेभिक समूहको सामाजिक जनवादी संगठन तोम्स्कमा प्रवेश पाएका थिए । त्यही समयदेखि किरोभ पेशेवर क्रान्तिकारी एवं जीवनको अन्तिम क्षणसम्म लेनिनवादी आस्थाको केन्द्रमा हुनुहुन्थ्यो । 
सन् १९०५ को जुलाईबाट किरोभ तोम्स्कमा रुसी सामाजिक जनवादी श्रमिक पार्टीसित परिचित हुनु भएको थियो । उहांले गैरकाननुी रुपमा संचालन गरिएको पार्टीको छापाखानाहरुको बारेमा निर्देशन र सुपरिवेक्षण गर्नु हुन्थ्यो । किरोभ मेन्शेभिकहरुको विरुद्धमा जुट्दै लेनिनवादी शसस्त्र विद्रोहको राजनैतिक लाईनको पक्षमा उभिनु भएको थियो । सन १९०५ मा पहिलो पटक गिरफ्तारमा परि तीन महिना पछि रिहा र सन १९०६ मा पनि गिरफतार पछि तीन वर्ष जेल जीवनपछि रिहा हुने वित्तक्कै ककेससमा जार निकोलस द्धितियको पदच्यूत नभएसम्म क्रान्तिकारी काममा कार्यरत रहनु भएको थियो ।
आन्दोलनको पराजयपछि पुन किरोभ दुई वर्ष कारावासमा पर्नुभयो भने छुटेपछि पहिला इरकुत्स्क र त्यसपछि भ्लाडीकाभ्काजमा क्रान्तिकारी काममा व्यस्त रहनुभयो । प्रथम विश्व युद्धको समयमा किरोभले साम्राज्यवादी युद्धलाई गृह युद्धमा वदल भन्ने  लेनिनको नाराको पक्ष लिनु भयो । फेब्रुअरी महिनाको बुर्जुवा जनवादी आन्दोलन पश्चात किरोभ भ्लाडिकाभ्काजको बोर्ड सदस्यमा निवार्चित हुनु भयो । अनि सन् १९१७ को अक्टोवर महिनामा भएको सोभियतहरुको अखिल रुसी महाधिवेशनको प्रतिनीधिमा चुनिनु भयो भने अक्टोवर क्रान्तिमा सकृयरुपमा भाग लिनु भयो । गृह युद्धको समयमा किरोभले क्रान्तिकारी सैनिक परिषद् एघारौं आर्मीमा रहेर आश्त्राखानको रक्षा गर्नु भएको थियो भने त्यसपछि क्रान्तिकारी सैनिक परिषद दक्षिणी समूहको फोर्समा रहनु भयो । 

712180343_27544426285154878_5279309393102965928_n.jpg
त्योभन्दा बाहेक किरोभले ओर्झोजोनिकिड्जेको रेड आर्मीलाई संगठित गरी जारको जनरल आन्तोन देनिकिनको फोर्सलाई दक्षिण ककेससमा खेद्नु भएको थियो । सैनिक परिचालन सम्वन्धी व्यवस्थामा विशिष्ट सफलता गृह युद्धको अवधिमा किरोभले संचालन गर्नु भएकोमा अर्डर अफ दि रेड व्यानर पदकद्धारा सम्मानित हुनु भएको थियो । गृहयुद्ध समाप्त भएपछि किरोभ सोभियत सरकारको जर्जिया राज्यको सरकारी प्रतिनिधिमा नियुक्त हुनुभयो । जर्जियामा मेन्सेभिकहरुले अस्थायीरुपमा कब्जा जमाएका थिए । सोभियत गणराज्यको तर्फबाट सोभियत पोलिश शान्ति सम्मेलन रिगामा भएको सम्मेलनको अगुवाई गर्नुभएको थियो । अनि सन १९२१ भएको पार्टीको दशौं महाधिवेशनमा रुसी कम्युनिष्ट पार्टी बोल्शेभिकको केन्द्रीय सदस्यमा र सोही वर्षको गृश्ममा अजरवैजान राज्यको सेक्रेटरीमा चुनिनु भएको थियो । त्यसपछि पार्टीको १२ औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो । यसै समयमा उत्तरी ककेसियामा किरोभको निकै महत्वपूर्ण काम थियो त्यो भनेको लेनिनवादी स्टालिनवादी सिद्धान्तको आधारमा राष्ट्रिय नीति अनुसार उत्तर ककेसियाली जनताहरुले एकीकरण चाहिरहेका थिए । किरोभ सन १९२५ को डिसेम्वरमा बाकुबाट विदा हुनु अघि ट्रान्स ककेसियन महासंघको एक नेता भैसक्नु भएको थियो । 
किरोभले ओर्डनिकिड्जेमा सफलतापूर्वक ट्राटस्कीपंथीहरुका विरुद्ध सम्झौताहीन संघर्ष सफलतापूवर्क टुंग्याउनु भएको थियो । 
किरोभले बाकु तेल उद्योगको विकासको लागि काफी समय लगानी गर्नुभयो । किरोभ समाजवादी पुनरसंरचना अन्तरगत बाकु तेल उद्योगको महत्वपूर्ण उपलब्धिको लागि अर्डर अफ लेनिन विभूषणद्वारा सम्मानित हुनु भयो । 
यसै समयमा किरोभ वोल्सेभिक पार्टीको निकै महत्वपूर्ण व्यक्तिको रुपमा अघि देखा पर्नुभयो । पार्टीका सवै जटिलताहरु हल गर्ने काममा किरोभ स्टालिनसित जोडिएर देखापर्न थाल्नु भयो । स्टालिनको नेतृत्वमा ट्राटस्कीपंथी, जेनोवियवपंथी र दक्षिणपंथीहरुका विरुद्ध लामो समयसम्म अन्तर विरोध चर्किएको थियो ।
सन् १९२६ देखि किरोभ पोलिटव्युरोको उम्मेदवार सदस्यमा लेनिनग्राडको प्रान्तीय समिति र उत्तर पश्चिम व्युरो केन्द्रीय समितिको सेक्रेटरी र लेनिनग्राड बोल्शेभिकको प्रमुख हुनुहुन्थ्यो । र सन १९३० मा पार्टीको पोलिटब्युरो सदश्य र सन १९३४ देखि पार्टीको सेक्रेटरी हुनुभयो । किरोभ एकजना सम्मानित एवं अत्यन्त लोकप्रिय नेता हुनुभयो । किरोभ वोल्सेभिक पार्टीको समग्रं सोभियत जनता र श्रमजीवी जनताको मनपरेको नेता हुनुहुन्थ्यो । 
लेनिनग्राडमा उद्योगहरुको पुनर्निर्माणको समाजवादी काममा लामो समय खर्चिनु भयो । कृषिको सामुहिकीकरण र लेनिनग्राडको सुरक्षालाई मजवुति पार्ने काममा किरोभ आन्तरिक तथा वाह्य नीतिहरुको मुख्य विषयहरु समाधानको निम्ति महत्वपूर्ण हिस्सा हुनुहुन्थ्यो । 
किरोभ एक सच्चा क्रान्तिकारी निपूर्ण संगठक र समाजवादप्रति सच्चा निष्ठावान हुनुहुन्थ्यो । उहांसित अपार क्षमता भएकाले सबै आकर्षित थिए । 
उहांभित्रको शक्ति भनेको सर्वहारा क्रान्तिप्रतिको गहन समर्पण, सो प्रतिको गहन सिद्धान्त, उदेश्यप्रति असाधारण एकाग्रता तथा संघर्षप्रति दृढता नै हो । किरोभ प्रमुख समस्याहरुलाई दृढतापूर्वक अग्रभागमा राख्नु हुन्थ्यो र आफनो उदेश्यप्रति समर्पित भएकाले अगाडी देखापर्ने जटिलतालाई प्राथमिकता नदिने स्वभावको हुनुहुन्थ्यो । स्टालिनका ज्यादै घनिष्ट साथी र सहकर्मी भएकै कारणले सन १९२४ को मई २३ का दिन उनीद्वारा लिखित पुस्तक लेनिन र लेनिनवादको आधार बारेमा संकलित रचना भाग ६ हार्दिकतापूर्वक मेरो भाई तथा साथीलाई लेखकको तर्फबाट भनि उपहार प्रदान गर्नु भएको थियो । 
स्टालिनको असाध्ये प्यारो भएकै कारणले ट्राटस्कीपंथीहरु किरोभप्रति कुदृष्टि राख्दथे । त्यसैकारण डिसेम्वर १, १९३४ मा लेनिनग्राडको स्मोल्नीमा ट्राटस्की, जिनोविएव र कामेनेभको निर्देशनमा लिओनिद निकोलायव मार्फत हत्या गरिएको थियो । तर यसको आरोप ट्राटस्कीपंथीले स्टालिनमाथि उल्टो लगाएकाले किरोभको हत्याकाण्डमा सामेल भएकाहरुलाई शाक्तिसाली आयोग गठन गरी छानविन पश्चात सो घटनामा संलग्न जिनोवियव र कामेनेभ लगायतका अपराधिहरुलाई स्टालिनले कार्वाही गर्नु भएको थियो । ऐलेसम्म पनि प्रतिक्रान्तिकारी तथा समाजवादका शत्रुहरुले किरोभको हत्यामा सामेल अपराधहिरुलाई निर्ममतापूर्वक कार्वाही गरेकै कारणले स्टालिनमाथि गंभीर आरोप लगाइरहेका छन तर व्यक्ति हत्याको मुख्य योजनाकार ट्राटस्की मण्डली नै थियो ।
किरोभ भन्नु हुन्थ्यो पार्टी सदस्यको महान् पदलाई अवश्य एउटा उचाईसम्म उठाउनुपर्छ जाहां ऐलेसम्म पु¥याउन सकिएको छैन । 
सन्दर्भ सामग्री
१. ग्रेगोरी पाभेलेम—(एयूसिपिबिको अन लाइन) 
२. किरोभको जीवनी