२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

नेकपा ९ स्थानमा अग्रता, दुई क्षेत्रमा विजयी

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उल्लेखनीय प्रदर्शन गरेको छ। पछिल्लो मतपरिणामअनुसार नेकपाका उम्मेदवार दुई क्षेत्रमा विजयी भइसकेका छन् भने अन्य १० क्षेत्रमा अग्रता कायम गरेका छन्।

कालीकोट–१ मा नेकपाका महेन्द्रबहादुर शाही ११ हजार ३३७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन्।

त्यसैगरी रूकुम पूर्व–१ मा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन्।

यसैबीच अन्य विभिन्न क्षेत्रमा पनि नेकपाका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्। सिन्धुली–२ मा लेखनाथ दाहाल अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेलले पछ्याइरहेका छन्।

काभ्रे–१ मा दीननाथ गौतम अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका गुणराज मुक्तानले स्थानमा छन्। रोल्पा–१ मा वर्षमान पुन अगाडि छन् भने नेपाली कांग्रेसका सुदनकुमार वलीले पछ्याइरहेका छन्।

सल्यान–१ मा रमेशकुमार मल्ल अग्रस्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द दोस्रो स्थानमा छन्। रूकुम पश्चिम–१ मा गोपाल शर्माले अग्रता लिइरहेका छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा पछाडि छन्।

अछाम–१ मा भीमबहादुर रावल अगाडि छन् भने नेकपा एमालेका दिपकबहादुर साउंद दोस्रो स्थानमा छन्।

सिन्धुपाल्चोक–२ मा युवराज दुलाल अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका वंशलाल तामाङ पछ्याइरहेका छन्।

त्यस्तै डोल्पा–१ मा धनबहादुर बुढा अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका कर्णबहादुर बुढा पछाडि छन्।

हुम्ला–१ मा दीपेन्द्र रोकाया अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका जयपति रोकाया दोस्रो स्थानमा छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।