त्यो आँधिमय बर्ष (भि. आई. लेनिनको कविता (एक) भावानुवादः जय कार्की
त्यो आँधिमय बर्ष
आँधिले सारा देशलाई उसको चपेटामा जकड्यो
बादल छरपस्ट भयो
आँधी हुरीले हामीलाई आक्रमण गरिरह्यो
त्योसंगै हिउँको बर्षा र चट्याङको घाउले मुख बाईरह्यो
खेत र गाउँमाथि
प्रहारमाथी प्रहार गरिरह्यो
बिजुली चम्किन थाल्यो भयानक लाग्थ्यो,
त्यस्को झिल्काले निर्दयी तापले एकतमासले डढाउन थाल्यो
अजङ्गको ढुङ्गाले छातिमा थिचे जस्तो लाग्यो ।
आगोको प्रकाशले उज्यालो बनायो,
नक्षत्रहीन रातको निष्पट्ट अँध्यारोलाई।
सारा संसारका सारा मानिस तितरबितर भए
अड्केको एउटा भयले मुटु फुट्ला जस्तो भयो
पीँडाले सास अड्केला जस्तो भयो
बन्द भयो सिरिङ्ग भएको मन
हत्यारो आँधि हुरीमा हजारौं हजार सहिदहरुले
ज्यानको आहुति दिए
ऊनीहरुले बिनासित्ती कष्ट सहेका थिएनन्
बिनासित्ती काँढाको मुकुट पहिरेका थिएनन्
असत्य र अँध्यारोको राजमा, ढोङ्गीहरुको माझमा
उनिहरुले भबिस्यको लागि मशाल रोप्तै गरे ।
आगोको ज्वालामा, निरन्तर जलिरहेको रापमा
हाम्रो सामु सहिदको बलिदानको बाटो खुल्दै गयो
जिन्दगीलाई साक्षी राखेर, दासताको जुवाबाट, जंजिरको अपमानमा
उनिहरुले फलामे जन्जिर बिरुद्ध घृणाको सहिछाप ठोकेका छन् -१।
बरफले सास फेर्न छोड्यो, पातहरु सुकेर झर्न थाले
हावा अल्झेर घुमी घुमी मृत्युको नाच नाच्न थाले
हेमन्त आयो, धुस्रे र फुस्रे भएको थकित हेमन्त
सबैले आइरहेको मुक्तिको अपेक्षा गरेका छन्
जान्ने सुन्ने, बुढा, बच्चा सबैले ।
यथार्थमा भन्ने हो भने निद्रा खुलेपछि
आउँछ जागरण नाङ्गो यथार्थ यही हो
सपना र मादकताको सुनौला सुखपछि आउँछ
अभावको तीतो स्वाद ।
अँध्यारोको शक्ति छायाँमा लुकेर बसेको थियो
धुलोमा लुटपुटिएर सर्प हिस्स्स् गरिरहेको थियो
त्यो हमला गर्ने तयारीमा बसेको थियो ।
अचानक उस्ले दाँत र छुरा गाड्यो
वीरहरुको पिठ्युँ र गोडामा
जनशत्रुको फोहोरी मुखले
तातो र सफा रगत पियो
ढुक्ककासाथ स्वतन्त्रताका योद्धा मित्रहरू
निस्फिक्रिकासाथ मुक्तिको बाटो काट्तै थकाईले लखतरान् थिए
निहत्था उनिहरु जब निद्रालु आरामको सास फेर्दै थिए
त्यही बेला अचानक उनिहरुमाथि हमला गरे ।
उज्यालो दिन निभ्यो
अनि त्यस्को ठाउँ अभिशप्त सीमाहीन कालो दिनको लस्करले कब्जा गर्यो ।
मुक्तिको प्रकाश अनि घाम निभ्यो
अध्यारोमा उभियो एक सर्प
घिनलाग्दो हत्या, साम्प्रदायिक हिंसा, कुत्सित प्रचार
घोषणा भैरहेको छ देश भक्तिको नाममा
काला भुतहरुको गिरोहले उत्सव मनाई रहेका छन्
निर्धक्ककासाथ उनीहरुको ग्याङ्द्धारा
ती मानिसहरु बदलाको शिकार भए
ती मानिसहरु अकारण हृदयबिदारक
बिस्वासघाती हमलामा मारिए।
तिनीहरु तमाम ज्ञात अज्ञात शिकारहरुको रगतले लत्पत् भएका छन्
रक्सीले मातेर तथानाम गाली बेज्जती गर्दै मुठ्ठी मरक्क पार्छन्
हातमा भोद्काको बोतल हल्लाउँदै
अपराधि गिरोह कुदिरहेका छन् पशुको बथान झैं
।।।
क्रमश-2
अनुबाद मिति १० मार्च २०२५।