२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

श्रृङ्खला-चार- भि. आई. लेनिनको कविता: त्यो आँधीमय बर्ष

आइतवार , चैत्र ८, २०८२

श्रृङ्खला-चार... भि. आई. लेनिनको कविता: त्यो आँधीमय बर्ष

 भावानुवादः जय कार्की


तानाशाही, राष्ट्रवाद कठ्मुल्लापनले
कुनै गल्ती नगरी आफ्नो गुणलाई साबित गरेको छ
त्यसको आवरणमा हाम्रो हत्या गरिरहेछ हत्या गरिरहेछ हत्या गरिरहेछ।
तिनीहरुले किसानहरुको हाड मासु लुछिरहेका छन्
तिनिहरुले दाँत भाँचेका छन्
जन्जिरमा जकडिएका मानवलाई तिनीहरुले कैद गरेकै ठाउँमा गाडेका छन्

तिनीहरुले लुटे, तिनीहरुले हत्या गरे
हाम्रो भलाईको लागि कानुन बमोजिम
जारको शानको लागि, साम्राज्यको भलाईको लागि
जारका दासहरुले त्यस्का जल्लादहरुलाई तृप्त गरे।
उनका सेनाले उस्का लालची गिद्दहरुलाई भोज खान बोलाए
देशको रक्सी र जनताको रगतले
उसका खुंखार अपराधिलाई उस्ले तृप्त पार्यो
उस्को लोभी गिद्द्लाई मोटो बनायो
बिद्रोही र बिनित बिस्वासी दासहरुको लास दिएर
इसा मसिहको नोकरहरुले प्रार्थना गर्दै
फाँसीको फन्दाको जङ्गलमा जल छर्केको छ
स्याबास हाम्रो जारको जय होस्
जय होस उस्को आशिर्वाद पाएको फाँसीको डोरीको
जय होस उस्को चाबुक –तरबार –बन्दुकधारी प्रहरीको
 ए फौजी हो, एक गिलास भोद्कामा
पश्चतापलाई डुबाई देओ।
ए बहादुर हो हान गोलि बच्चा र महिलाहरुलाई
जतिसम्म सक्छौ हत्या गर आफन्तहरुको
ताकी तिम्रो धर्मपिता दङ्गदास पर्न सकोस्
चाहे तिम्रा पिता गोलि लागेर ढलुन्
उनलाई रगतमा डुब्न देउ, हातको कोर्राबाट रगत तप्तप् बगिरहेको बेला
जारको रक्सी पिएर हत्यारा बनेर
बिना हिच्किचाहट आफ्नो आमाको हत्या गर
तँलाई के को डर ?