२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

नेपालमा मई दिवसको प्रारम्भ- जय कार्की

बिहिवार , बैशाख १७, २०८३

 
चिनीया कम्युनिष्ट पार्टीका अध्यक्ष माओको निम्तामा मई दिवसको समारोहमा सहभागी हुनका लागि कम्युनिष्ट नेता मनमोहन अधिकारी र नरबहादुर कर्माचार्य चीन गएका थिए ।
 
 
नेपालमा २००९ सालमा ६३ औं अन्तर्राष्ट्रिय मई दिवस बीरगंजमा मनाइएको थियो । कम्युनिष्ट पार्टीमाथि त्यतिखेर प्रतिबन्ध लगाइएको हुनाले पर्चा वितरण र सभामार्फत पार्टी प्रतिबन्ध फुकुवा गर, विदेशी सेना फिर्ता गर भनि जुलुश गरिएको थियो ।
सो सभाको सभापतित्व स्व. सधाना प्रधान( एमालेका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री कमरेड मनमोहन अधिकारीको श्रीमती)ले गर्नु भएको थियो सभाका बक्ताहरु कमरेड निरन्जन गोविन्द बैद्य(संस्थापक सदस्य नेपाल कम्युनिष्ट पार्टी, बरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा, साहित्यकार मदनमणि दीक्षित लगायत हुनुहुन्थ्यो । वि.स. २०१० सालमा पनि ६४ औं मई दिवस साहित्यकार गोपालचन्द्र गौतमको सभापतित्वमा आयोजना गरिएको थियो र सो सभाले मई दिवस मजदुरहरुको पर्व भएकोले मजदुरहरुले भाग लिनु पर्दछ, उपनिवेशवादीहरु र साम्राज्यवादीहरुको नाश होस, नेपाल कम्यनिष्ट पार्टीमाथि लगाईएको प्रतिबन्ध खारेज गर, विभिन्न ठाउँमा किसान संघमाथि लगाएकोे प्रतिबन्ध खारेज गर भनि नारा जुलुश सहित माग गरेका थिए ।
बि.सं. २०१४ सालको मई दिवसको निम्तोलाई सहर्ष स्वीकार्दै अखिल नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव तथा नेकपाका संस्थापक सदस्य कमरेड नरबहादुर कर्माचार्य र मनमोहन अधिकारी जनवादी चीनका अध्यक्ष कमरेड माओको निमन्त्रणामा चीन जानुभएको थियो ।
 
May Day poster nep.jpg
undefined
२०१७ सालमा राजा महेन्द्रले फौजीकाण्डमार्फत बहुदलीय प्रजातन्त्रको अन्त्य गरि निरंकश पंचायति व्यवस्थाको भार नेपाली जनतालाई बोक्न बाध्ये बनाएका थिए । राजा महेन्द्रले संघसंस्था र पार्टीहरुमाथि प्रतिबन्ध लगाएसंगै मई दिवस र मजदुर संगठन पनि छायाँमा पर्न थाल्यो । तर पनि २०१८ सालको मई दिवसको कार्यक्रम मजदुरहरुले पंचायति व्यवस्थाको खारेजीको माग गर्दै मनाएका थिए ।
 
  • सन्दर्भ सामग्री
–मई दिवसको इतिहास नामक कृतिबाट
प्रकाशक अखिल नेपाल ट्रेड युनियन महासंघ
–श्यामप्रसाद शर्माको डायरीबाट
प्रकाशक अखिल नेपाल ट्रेड युनियन महासंघ
प्रकाशक प्रकाश पौडेल डीआर
मिति २०४९ साल, हेटौंडा