२०८३, कार्तिक ४ गते

२०८३, कार्तिक ४ गते

अन्तर्राष्ट्रिय मई दिवसको उदय-जय कार्की

मई दिवस -

बिहिवार , बैशाख १७, २०८३

 
असिमित कामको घण्टालाई घटाउने आन्दोलनको नाम नै मई दिवस हो । यसको उद्गम स्थल मूलतः अमेरिकाको शिकागो शहरको हेमार्केट चोकको मजदुर सभा हो र यसका अगुवा तथा क्रान्तिकारी महानायकहरु पार्सन, फिल्डन, स्क्वाब, एंगेल, नीबे, लिङ र फिसरलाई मजदुरहरुले गरिरहेको असिमित कार्यघण्टा घटाउने आन्दोलनको अगुवाई गरेकोमा झुठा मुद्दामा फसाई फाँसीको सँजाय दिईएको थियो ।
 
 
सन १८८९ मा फ्रान्समा भएको दोश्रो अन्तर्राष्ट्रियले मजदुरवर्गको एक साझा दिवस मनाउने निर्णय गरेको थियो । विश्वमा प्रथम पटक मई दिवस सन १८९० को मई १ तारिखको दिन मनाईएको थियो । सो समयमा अमेरिका लगायत युरोपका गिनेचुनेका देशहरुमा मात्र मनाईन्थ्यो । आठ घन्टा कार्य दिनको आन्दोलनको तयारीमा अमेरिकी मजदुरहरु सन १८८४ देखि नै प्रचार, प्रसार र संघर्ष समितिको निर्माणमा जुटेका थिए । सन १८८६ देखि अमेरिकाका मजदुरहरुले एक दिनलाई तीन भागमा विभाजन गरी संघर्षको शुरुवात गरेका थिए । पहिलो भाग हो मेहनत गरी काम गर्ने, दोश्रो भागको आठ घण्टा आराम गर्ने, तेश्रो भागको आठ घण्टालाई मनोरन्जन, भेटघाटमा विताउने इत्यादि ।
 
 
जुझारु मजदुरहरुको बलिदानपछि यो संघर्षले अन्ततःसफलता पाई छाड्यो । यसको पहिलो फल अमेरिका र युरोपका मजदुरहरुले चाख्न पाएका थिए । यो मजदुर आन्दोलन आठ घण्टाको मागमा मात्र सीमित रहेन श्रमिकवर्गको राज्यसत्ता स्थापनासम्म नै अघि वढेको थियो । र, यो वर्गसंघर्ष अनन्तरुपमा चलिरहेकै छ । महान कम्युनिष्ट गुरुहरुले मई दिवसलाई आमूल परिवर्तन र मजदुरवर्गको राज्यसत्ता स्थापनाको कडिकोरुपमा व्याख्या विश्लेषण गर्नु भएको छ । सुधारवाद र अर्थवादको विरुद्धमा निर्ममतापूर्वक संघर्ष गर्नुपर्छ भन्नु भएको छ ।
अमेरिकाको सिकागो शहरमा आठ घण्टाको कार्य दिनको माग गर्दै प्रदर्शनमा उत्रिएका मजदुरमाथि अन्धाधुन्ध गोली चलाई हत्या गरेको र आन्दोलनको अगुवाई गरेका मजदुर नेताहरुलाई प्रतिक्रियावादी सरकारले झुठा मुद्दा चलाई फाँसीको सँजाय दिएकोले तीनै महान मजदुर शहीदहरुको संझनामा पेसागत मागहरु र राजनैतिक अधिकारको माग सहित मई दिवस मनाउन थालिएको कुरा त अब हरेक श्रमिकहरुलाई थाहा हुन थालेको छ ।
 
chicago m-1.jpg
 
 
हाल आएर संसारभरी नै मई दिवस मनाईन्छ र केही देशहरुमा मई दिवसको कार्यक्रमलाई गैरकानुनी घोषणा गर्दै प्रतिबन्ध लगाउने र मई दिवसको कार्यक्रममाथि निर्ममतापूर्वक दमन गर्दै आएको भएतापनि धेरैजसो देशहरुमा मजदुरलाई सार्वजनिक विदा दिने गरेको पाईन्छ भने समाजवादी तथा कम्युनिष्ट सत्ता भएका देशहरुमा मई दिवसलाई उत्सवकोरुपमा मनाईन्छ । मजदुर आन्दोलनको मूल उदेश्य अहिले पनि आमूलपरिवर्तन र श्रमिकवर्गको राज्यसत्ताकी प्रतिकृयावादीहरुको राज्यसत्ता ? भनि महान वहश र आन्दोलनमा नै केन्द्रित रहेको छ ।