२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

नोबेल पुरस्कार विजेता पाब्लो नेरुदाको कविता

पाब्लो नेरुदा

सोमवार , बैशाख २१, २०८३

चिलीका कवि, राजनीतिज्ञ र नोबेल पुरस्कार विजेता पाब्लो नेरुदाको कविताको एक अंश

 
ए, अमेरिका! यदि तिमी तिम्रा पाहुनाहरूलाई हतियार भिराउँछौ भने
तिनीहरूले शुद्धताको सीमाहरू नष्ट गर्नेछन्
र शिकागोका हत्याराहरूले सीमा पार गरेर,
ति क्रूर र कठोर शासककालागि,
हामीले माया गरेका स्वतन्त्र हृदयका गीतहरू चोर्छन्
घमाइलो याम झैं, हामीलाई प्यारो लाग्ने व्यवस्था छिट्टै अन्त्य गर्नेछन् ।
त्यसबेला हामी ढुङ्गा भाँच्नेछौं र हावाबाट निस्कनेछौं तिमीलाई चिथोर्न–टोक्न,
हामी तिमीहरुलाई टोक्न झ्यालबाट बाहिर
आउने अन्तिम व्यक्ति हुनेछौं।
हामी छालहरूबाट बाहिर निस्कनेछौं र
तिम्रा सिङहरू भाँच्दै तिमीहरूलाई मुन्ट्याउनेछौं।
तिमीलाई नष्ट गर्न हामी हलोको फाली भई मुट्ठी कसेर निस्कन्छौं
पक्का, त्यही बेला हामी तिमीलाई भोक र तिर्खाले सताउन ह्वारह्वार्ती बाहिर निस्कनेछौं।
हेक्का राख्नु तिमेरुलाई
नर्कको आगोमा जलाउन अवश्य निस्कन्छौं
अस्तु सिपाही!
मुलायम फ्रान्समा खुट्टा नटेक्नु
किनभने हामी त्यहाँका अंगुरका बोटहरूलाई
स्याहार गरिरहेका हुन्छौं
त्यसले तेजाबै तेजाब (अम्ल) मात्र निकाल्छ,
र त्यहाँ पक्कै पनि धेरै श्रमिक महिलाहरू हुनेछन्
उनिहरुले तिमीलाई ठेगान् लगाउछन्, लगाउछन्।
 
सन् १९७३ को सेप्टेम्बर २३ का दिन चिलीको शैन्य तानाशाह पिनोचेले नेरुदाको हत्या गराएको प्रमाणहरु अहिलेको सरकारले घोषणा गरिसकेको छ । त्यतिबेला उनको हृदयघातका कारण मृत्यु भएको खबर प्रचारमा आएको थियो । तर धेरैले उनलाई औषधि दिने क्रममा विषको सुई दिएर मारेको आशंका गरेका थिए।

 

साहित्यकार राजेन तामांगको समीक्षा:

 
पाब्लो नेरुदा चिलीका एक महान् साहित्यकार तथा विश्वव्यापी रूपमा प्रख्यात व्यक्तित्व थिए, जसको साहित्यिक योगदान र राजनीतिक सक्रियता दुवै महत्त्वपूर्ण रहेको छ। पाब्लो नेरुदाको कवितांशले साम्राज्यवादी शक्ति (विशेष गरी अमेरिकालाई सङ्केत गर्दै) र तिनीहरूको हस्तक्षेपकारी नीतिको कडा विरोध गरेको देखिन्छ।
(कविताले निम्न भावनाहरू उजागर गरेको छ।) विरोध र चेतावनी:- कविले अमेरिकालाई चेतावनी दिएका छन् कि यदि उनीहरूले आफ्ना पाहुनाहरू (सहयोगी शासकहरू वा हस्तक्षेपकारी शक्तिहरू)लाई हतियारले सुसज्जित गरेमा भने "शुद्धताको सीमाहरू नष्ट" गर्नेछ र स्वतन्त्रताका गीतहरूलाई दबाउनेछ। दमनको प्रतिवाद:- कविताले दमनकारी व्यवस्थालाई "घमाइलो याम झैं, हामीलाई प्यारो लाग्ने व्यवस्था" चाँडै अन्त्य गर्ने शक्तिको रूपमा चित्रण गरेको छ। सङ्घर्षको आह्वान:- प्रतिरोधको भावना निक्कै तीव्र छ। कवि र उनका पक्षधरहरू "ढुङ्गा भाँच्नेछौं," "हावाबाट निस्कनेछौं," "छालहरूबाट बाहिर निस्कनेछौं" जस्ता उग्र विम्ब प्रयोग गरेर शासकलाई "चिथोर्न-टोक्न," "सिङहरू भाँच्दै मुन्ट्याउन," र "नष्ट गर्न" हलोको फाली झैं मुट्ठी कसेर निस्कने प्रतिज्ञा गरेका छन्।
(अन्तिम चेतावनी) कविताको अन्त्यमा नरम फ्रान्समा समेत हस्तक्षेप नगर्न चेतावनी कविले आफ्नो लेखबाट लाखेस् गरेको छ, जहाँ श्रमिक महिलाहरूले प्रतिरोध गर्ने र अङ्गूरका बोटहरूले तेजाब (अम्ल) मात्र उत्पादन गर्ने बताइएको छ। यो प्रतीकात्मक रूपमा हरेक ठाउँमा हुने प्रतिरोध र विद्रोहलाई सङ्केत गर्दछ।
(पाब्लो नेरुदाको मृत्यु) पाब्लो नेरुदाको मृत्यु र त्यसपछिको तथ्य निकै महत्त्वपूर्ण र दु:खद् छ। नेरुदाको मृत्यु सेप्टेम्बर २३, १९७३ मा भएको थियो, जुन चिलीमा शैन्य तानाशाह अगस्टो पिनोचे ले रक्तपातपूर्ण कू (सैन्य विद्रोह) गरेर लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति साल्भाडोर अल्लेन्देको सरकारलाई ढालिदिएपछिको केही दिनमै भएको थियो। नेरुदा अल्लेन्देको घनिष्ठ मित्र र उनका समर्थक थिए।
यसकारण, शैन्य शासनविरुद्ध उनी एक शक्तिशाली र प्रतीकात्मक आवाज थिए। सुरुमा उनको मृत्युको कारण हृदयघात भनिएको थियो। तर, दशकौँदेखि उनको मृत्यु विष दिएर भएको भन्ने व्यापक आशङ्का थियो। चिलीको वर्तमान सरकारले गरेको घोषणाले यो आशङ्कालाई पुष्टि गरेको छ र पिनोचेको शासनकालमा उनको हत्या गराइएको प्रमाणहरू फेला परेको बताएको छ। यसले नेरुदालाई दमनकारी शासकविरुद्ध लड्ने एक शहीदको रूपमा स्थापित गरेको छ। नेरुदाको जीवन र उनको कविता दुवै स्वतन्त्रता, न्याय र मानव अधिकारका लागि दृढ सङ्घर्षको प्रतीक हुन्।
  • भावानुवादः  जय कार्की, असोज ७,२०८१ साल
देश देश की कविताएँ बाट
पेज नम्बर ३४–३५
केदारनाथ अग्रवाल
साहित्य भण्डार
इलाहाबाद २११ ००३