२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

कविता: सिधा कुरा-पाब्लो नेरुदा

सोमवार , बैशाख २१, २०८३

पाब्लो नेरुदाको कविता: सिधा कुरा, भावानुबाद: जय कार्की


शक्ति रहन्छ मौन (रुख मसित भन्छ)
र गहिराईले पनि ( जराले त्यही भन्छ)
र पवित्रताले पनि (अन्नले त्यही भन्छ)

रुखले कहिल्यै भनेन:
"म सबैभन्दा अग्लो छु!"

जराले कहिल्यै भनेन :
" म एकदम गहिराईबाट आएको हुँ !"

र रोटीले कहिल्यै (घमण्ड गरेन)भनेन:
" संसारमा म भन्दा असल अरु को छ!"

पाब्लो नेरुदा १२ जुलाई सन १९०४ मा पाराल चिलिमा जन्मिनु भएका बिश्वबिख्यात नेरुदा नोबल पुरस्कारबाट सम्मानित हुनुहुन्छ । उनको कविताहरु संसारभरका भाषामा प्रकाशित छन् । उनको निधन २३ सेप्टेम्बर १९७३ मा चिलिमा राष्ट्रपती एलेन्डेको बामपंथी सरकारलाई सैनिक "कु" गरि समाप्त गरे पश्चात् अत्यन्त शंकास्पद उपचाररत अबस्थामा भएको थियो ।
 

साहित्यकार राजेन तामांगको समीक्षा

पाब्लो नेरुदाको यो कविताले सरल तर शक्तिशाली सन्देश दिएकोछ! अनि मौनता, गहिराई र पवित्रताको महत्वलाई जोड दिएकोछ। हामीलाई सरल, विनम्र र मौन रहन सिकाउनको साथसाथै हामीलाई जीवनको गहिराईमा रहेका मूल्यहरूलाई बुझ्न र सम्मान गर्न प्रेरित गरेकोछ।
यहाँ कविताको मुख्य भावहरू विश्लेषण गर्न दुस्साहस गरिहेछु।
मौनताको शक्ति;
कविताले मौनतामा निहित शक्तिको बारेमा बताउँछ। रुखले आफ्नो उचाईको घमण्ड नगरी मौन रहन्छ, जसले उसको वास्तविक शक्ति दर्शाउँछ।
गहिराईको महत्व;
जराले आफ्नो गहिराईको बारेमा कहिल्यै घमण्ड गर्दैन, तर यसले रुखलाई बलियो बनाउँछ, अनि जीवनको गहिराईमा रहेका मूल्यहरूलाई दर्शाउँछ।
पवित्रताको मूल्य;
अन्नले आफ्नो महत्वको बारेमा कहिल्यै घमण्ड गर्दैन, तर जीवनलाई निरन्तरता दिन्छ, अनि साधारण र पवित्र चीजहरूको महत्वलाई दर्शाउँछ।
सरलताको शक्ति;
कविताले सरल र विनम्र हुनको महत्वलाई जोड दिएकोछ, अनि घमण्ड र अहङ्कारको विरुद्धमा सन्देश दिएकोछ।


जनावाह्वान क्याम्पस टाइम्स
जनवरी-मार्च मार्च २००६.
भावानुबाद: जय कार्की
चैत्र १०,२०८१ साल