टर्कीका बिश्वविख्यात प्रगतिबादी कवि नाजिम हिक्मेत रानको कविता: आत्मकथा, भावानुबाद: जय कार्की
मेरो जन्म भयो सन १९०२ मा
जहाँ जन्मे म त्यहाँ एक पटक पनि फर्केर गईन
मलाई पछाडि फर्किन मन पर्दैन
तीन बर्षको उमेरमा अलेप्पोमा पाशाको नातिलाई सेवा गरें
२९ को उमेरमा भर्ना भए मास्को कम्युनिस्ट बिश्वबिद्धालयमा
४९ को उमेरमा चेका पार्टिको अतिथी बनेर फेरि मास्को गएँ
र १४ बर्षको उमेर देखि नै म कवि कहलिएँ
कसैलाई रुख बिरुवा र केहिलाई माछाको बारेमा धेरै ज्ञान हुंछ
मलाई अलिअलि थाहा छ बिदाईको बारेमा।
केही मानिसले युवा अवस्थाको सम्झना गर्छन ताराको नाममा
म कविता सुनाउछु अभावको बारेमा
मैले कारागारमा मात्र होईंन भब्य होटलहरुमा रात काटेको छु
मैले भोक मात्र होईन कि भोक हडतालको बारेमा पनि बुझेको छु
तर खाने चीजबीजको नामभंदा बढ़ी सबैको
स्वाद नचाखेको कुनै बांकी छैन
३० उमेरमा उनिहरुले मलाई झुन्ड्याएर मृत्युदन्ड दिन चहान्थे
४२ को उमेरमा उनिहरु दिन चहान्थे मलाई सान्ती पुरस्कार
र दिए पनि
३६ को उमेरमा चार बर्ग मीटरको कन्कृट ढलानमुनि ६ महिना बिताएँ
५९ बर्षको उमेरमा प्रागबाट भागेर १८ घन्टामा हबाना (क्यूबा) पुगें
लेनिनलाई कहिल्यै देखिन तर उनको शबपेटी नजीक थिएँ सन १९२४ मा
सन १९६४ को जुनमा समाधिको भ्रमण गरें ती थिए उनका किताबहरु
मैले सन १९६४ मा जुन समाधिको भ्रमण गरे ती थिए उनका किताबहरु।
उनिहरुले मलाई पार्टिबाट अलग गर्ने कोसिस गरे
तर असफल साबित भए
र म दबिइन, सकेको भए हाल्ने थिए मलाई खाड़लमा
सन १९५१ मा एक युबासाथिसंग खतरापूर्ण समुद्री यात्रा गरें
सन १९५२ मा मेरो टुक्रिएको मुटकासाथ चार महिना उत्तानो परी पल्टिरहें
मृत्युको पर्खाईमा
मलाई ईर्ष्या थियो ती महिलासित जस्लाई म प्रेम गर्थे
चार्ली चाप्लिनसित म फिटिक्क ईर्ष्या गर्दिन थें
मैले मेरो प्रेमिकालाई धोका दें
मेरा साथिको अनुपस्थितिमा उनीहरुको कुरा काटिन
मैले पिएँ तर सधैं होईन
खुशिको कुरा यो हो कि मैले मेरो रोटी इमान्दारीपुर्बक कमाएँ
असत्त्य बोलें यस्तरी कि अरुलाई कुनै आपत्ति नहुने गरि
यसरी झुठो बोलें की अरुलाई कुनै ठेस नलाग्ने गरि
यो मौक़ा कयन मानिसले पाउदैनन्
म ओपेरा गएको छु
धेरैलाई ओपेराको बारेमा थाहा पनि छैन
र सन १९२१ पश्चात त्यस्ता स्थानमा जांन बंद गरें, जहाँ अनेकौ मानिस जांछन-
मस्जिद, चर्च, मंदिर, सिनागैग, जादू घरमा
टेलीग्राम आफिसमा भने अबस्य गएँ
मेरा रचनाहरू ३० वा चालीस भाषामा छापिएका छन
हाम्रो देशको तुर्की भाषामा प्रकाशन गर्न प्रतिबंध छ
मलाई अहिलेसम्म क्यांसर भको छैन
अब पछी गएर हुंछ भन्ने पनि केही छैंन
म प्रधानमंत्री वा त्यो हाराहारीको पदको आसाबादी छुईन
र म त्यस्तो जिंगदी भोग गर्न चहान्न
अहिलेसम्म सामेल भईन कुनै लडाइँमा
या बम गोलाबाट जोगिन रातभर कुनै खंडहरमा( बन्कर) लुकिन
र कहिल्यै पनि गोता मारिरहेको युद्धक बिमान देखेर सडकमा लम्पसार परिन
तर मलाई प्रेमको नशा चढेको थियो झन्डै सोरह बर्षको उमेरमा
छोटो कुरा यही हो साथी
चाहे आज बर्लिन शहरमा बड्बडाई रहेको हूँ म
तर म भन्न सक्छु म राम्रो अबस्थामा नै बाँचे
र कस्लाई के थाहा म कतिन्जेल बाँचुला
र मेरो हालत कसरी बित्ला !
- यो आत्माकथा नाजीमले ११ सेप्टेम्बर सन १९६१ मा लेखेका थिए ।अंग्रेज़ीबाट अनुबाद : दीगम्बर)
- नेपालीमा भावानुबाद: जय कार्की
जेष्ठ २२ गते २०८२ साल