२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

नेपाली नीरोहरु-जय कार्की

कविता

बुधवार , आश्विन ७, २०८३

टपक्क टिपि भुइँमा बजारे

  • जय कार्की
उनिहरुले पहिला त भ्रष्टाचार र कमिशन विरुद्धको
जनताको खरो सरकारलाई
ठुलै षड्यन्त्र गरी ढाले
भ्रष्टहरुले क्या बात क्या बात भनि भव्य उत्सव मनाए
.
अनि अँध्यारोको दुश्मन र उज्यालोको नायकलाई
दुधमा डुबेको माखोझै चोर औंंलो र बुढी औंलाको आडमा
टपक्क टिपी भुईंमा बजारे
कमिशनखोर र दलालहरुले पटङटङ तालि बजाए
.
त्यसपछि आयो टि.यु. भिसीको गलहत्तिने पालो
फेरी एकथरीले भोजभतेर घिच्दै
बुढी औंलो र चोर औंलोप्रति कृतज्ञता जाहेर गरे
.
 
फेरी पालो आयो एक कुशल शिक्षामन्त्रीको
अकालमै राजीनामा दिन बाध्य पारे
अब उनीहरुको हौसला झन् बढेर गयो
अनि टपक्क टिपी अफालि दिए सोझो उज्यालोको पक्षधर मन्त्रीलाई
फेरी एकथरीले सिनो पस्केर गरे भब्य गिद्धे भोज
.
सडक आन्दोलन तातिरहेछ
विद्यालय ठप्प छन्
गुरुहरु आन्दोलनमा छन्
अरुहरु थुप्रै सडक आन्दोलनमा छरपष्ट छन्
.
मागप्रति बेवास्ता गरेकोले
आक्रोशले रातो पिरो भएका छन्-
आन्दोलनकारीहरु
तर निरोहरुलाई के मतलब ?
.
बुढी औंलो र चोर औंलोलाई के मतलब ?
रोम शहर जल्दा बासुरी बजाउने नीरोसित
रमाइलो मानी गरिरहेछन प्रतिष्पर्धा
नेपाली नीरोहरु।
.....................
जय कार्की
बैशाख ११ गते २०८२ साल
काठमांडू
जोरपाटी