प्यालेस्टाइन कवि महमूद मूसाको कविताहरु/ भावानुबाद: जय कार्की
१.अक्टोबर - तीन कविताहरु
एक..
म तर्सिन्छु
मेरो आमाको स्वर सुन्नको लागि
कान्छी बहिनीको चिठ्ठिको खातिर
सधैं बिहान सखारै बिउँझनको लागि
भतिजाको हाँसो को लागि
बुबाको अंतिम शब्दहरुको लागि
म आफैको लागि
र
म तर्सिन्छु
मेरो सानो हृदयको लागि
जुन एक खुल्ला चिहान बनेको छ ।
२). यो गाजाको अक्टुबर हो
झर्दै गरेको पातहरुको गन्ती गर्नुको सट्टामा म
शहरको बाहिरी भागमा
एक यस्तो स्थान जसको सबै विशेषताहरु
बमहरुले खोसेर लगेको छ
हराई सकेको जिन्दगीहरु गनिरहेको छु।
तीन). एक शहर बर्षभरी
आफ्नै सपनाको भग्नाबशेष मुनि दबिइरहेको छ
लगाईरहेको छु संसारसित हारगुहार
आफ्नै आवाजहीनमा डुबेर (खामोशी)
जिन्दगीको चाँदीको खोजीमा ।
दुई).
उत्तरमा रात कहिल्यै सान्त हुँदैन
लगातार बम बिष्फोटको आवाज
र मृत्युको दुर्गन्धले त्रसित छ ।
३).
मसित प्रतिज्ञा गरिएको थियो
स्वर्गको
म एक्लै रगत चुहाऊँदै उभिएँ सान्तसित
त्यही बेला मेरो अघिल्तिर रगतको समुद्र छरपष्ट छरिएको थियो ।
४). मृत्यु
आफ्नै मृत्युभएको नदेखे जस्तो नगर
यसले हर्दम तिमीलाई घेर्दै गरेको हुन्छ
चाहे तिमी निद्राबाट ब्यूँझिदै गरेको अवस्था होस
आराम गरिरहेका हौ
या निदाऊँनै लागेका हौ या
जागेका हौ ।
तिम्रो छायाँको चाँदीमा,
तिम्रो बिचारहरुमा घुमिरहेका स्वतन्त्रताको सपनाहरु
र तिमिले हुरकाएको शिशुको कमलो हृदयमा,
यो भैरहेको हुन्छ ।
आफ्नो नाजुक अस्तित्वको सत्यतालाई स्वीकार गर ;
आफ्नो मृत्युका बारेमा अलमलमा नपर।
- मोहमद मूसा
अङ्ग्रेजी भाषाबाट अनुबाद:भास्कर चौधरी पोस्टेड: बिजूका ११ अक्टोबर २०२४.
- भावानुबाद: जय कार्की
असोज ३० गते २०८३ साल
काठमाडौं नेपाल।